भैरहवाका दई क्यासिनोमा प्रहरीको छापा, ३२ जना पक्राउ


- विकाश पराजुली
रुपन्देही, १५ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई क्यासिनोमा छापा मारेको छ । प्रहरीले  भैरहवामा रहेका मिनि क्यासिनोहरूमा नेपालीहरूलाई पनि प्रवेश गराई जुवा खेलाउने र स्वीकृत पनि नलिई सञ्चालन गरेको सूचनाका आधारमा क्यासिनोहरूमा छापा मारेको हो ।
प्रहरीले रक इन्टरनेशनल र ह्याप्पी हर्ज क्यासिनोमा छापा मारेको हो । प्रहरीले ह्याप्पी हावर बाट २२ जना भारतीय नागरिक र रक इन्टरनेशनलबाट १० जना भारतीय नागरिक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी राजेन्द्र ढकालले जानकारी दिए । प्रहरीले क्यासिनोको दुई कर्मचारीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । 
अबैध सामान भन्सार चलान
शनिबार भारतबाट भन्सार छली ल्याएको कपडा प्रहरीले भन्साल चलान गरेको छ । शनिबार  गोनाहा–६ स्थित बेथरीमा भारत महाराजगंज नौतनवा थाना बस्ने दिनेशकुमार पासवान र अशोककुमार चौरासियालाई अबैध समान लिदै गर्दा पक्राउ गरेको थियो । प्रहरीले उनीहरूबाट युपि ५६एल ५१६४ नं.को मोटर साईकल सहित सुट पाइन्टको कपडा १० रोल पक्राउ गरेको छ । 

, , , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.