ट्राफिक राजश्व ८ महिनामा ६ करोड बढि
बुटवल, १३ चैत ।
पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लामा चालु आ.व. को ८ महिनामा ६ करोड बढि राजश्व संकलन भएको छ ।
गत आ.व. को ८ महिनामा ५ करोड २७ लाख ४६ हजार ३ सय राजश्व संकलन भएकोमा चालु आव.को ८ महिनामा ६ करोड ६६ लाख ८६ हजार रुपैया संकलन भएको छ । जुन गत आव को तुलनामा १ करोड ३९ लाख ३९ हजार ७ सय बढि हो ।
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सवैभन्दा बढि राजश्व चालु आवमा फागुन महिनामा बढि संकलन भएको ाछ । फागुनमा पश्चिमाञ्चलमा १ करोड ३ लाख ७९ हजार ६ सय रुपैया संकलन भएको बताइएको छ ।
ट्राफिक प्रहरीले साउनमा ४९ लाख ६१ हजार ८ सय, भदौमा ५९ लाख ४६ हजार ३ सय ५०, असोजमा ७४ लाख ४८ हजार ८ सय ५० र कात्तिकमा ९२ लाख ५८ हजार २ सय रुपैया राजश्व उठेको पश्चिम क्षेत्रिय ट्राफि प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेले जानकारी दिए ।
यसैगरी मंसिरमा १ करोड ३ लाख ७० हजार ६ सय, पुसमा ८६ लाख ४८ हजार ४ सय र माघमा ९६ लाख ७२ हजार २ सय रुपैया राजश्व संकलन भएको छ ।
0 comments