
बुटवल । बुटवलमा मंगलबार राती औषधि गोदाममा आगलागी हुँदा झण्डै ८ करोडको क्षति भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ औषधिको थोक पसलमा आगलागी भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको खेम इन्टरप्राइजेज र ओमी फार्मामा मंगलबार राती लागेको आगो विहान चार बजेतिर मात्रै नियन्त्रणमा आएको हो । औषधि व्यवसायी संघ लुम्बिनीका पूर्व अध्यक्ष खेम पुन खेम इन्टरप्राइजेजका सञ्चालक हुनुहुन्छ ।
पहिलो तलाको पूर्वतर्फबाट औषधिको स्टोरमा लागेको आगो चौंथो तलासम्म पुगेको थियो । आगालागीबाट औषधिहरु सम्पूर्ण जलेर नष्ट भएका छन् । रातको समयमा आगालागी भएपनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासनीले जानकारी दिनुभयो ।
साढे २ बजे आगो लागेको जानकारी बुटवल उपमहानगरपालिकाको दमकल समयमै नआएका कारण धेरै क्षति भएको पीडितले गुनासो गरेका छन् । राती विद्युत आउने जाने हुँदा आगो लागेका कारण विद्युत शर्ट भइ आगलागी भएको हुन सक्ने बताइएको छ । घरमा भएका ६ वटा सिलिण्डर र इन्भर्टर व्याट्रीमा कुनै पनि क्षति नहुँदा ठुलो दुर्घटना हुनबाट जोगिएको पीडितले बताएका छन् ।
आगलागी भएको पसलको चौथो तलमा ६ जना सुतेका थिए । चौथो तलामा रहेका उनीहरु आगलागी भएपछि छिमेकीको छतबाट बाहिर गएका थिए ।
रुपन्देही । बुटवलमा घरेलु उद्योगको रुपमा रहेका नेपाली छालाका जुत्ता, चप्पलको वजार खस्कदै गएको छ । बाहिरबाट आयात गरिएका जुत्ता चप्पलमा उपभोक्ता बढी आकर्षित हुने भएपछि नेपाली छालाका जुत्ता चप्पलको बजार खस्कदै गएको हो ।
उपभोक्ताले बलियो तथा गुणस्तरीय भन्दा सस्तो र आकर्षक देखिने जुत्ताचप्पल मन पराउने भएकाले नेपाली छाला जुत्ता चप्पलको व्यवसायमा कमी आउन थालेको व्यवसायीले गुनासो गरेका छन् । अहिले विदेशबाट आयात गरिएका जुत्ता, चप्पलको बजार फस्टा
उंदै गएपनि स्वदेशी जुत्ता चप्पलको बजार भने खस्केको छालाजुत्ता उत्पादक व्यवसयी समिति रुपन्देहीका अध्यक्ष राजेन्द्र महतो बताउनु हुन्छ ।
उंदै गएपनि स्वदेशी जुत्ता चप्पलको बजार भने खस्केको छालाजुत्ता उत्पादक व्यवसयी समिति रुपन्देहीका अध्यक्ष राजेन्द्र महतो बताउनु हुन्छ ।
स्थानीय तहमा नेपाली छालाबाट उत्पादन गरिएका जुत्ता, चप्पललाई उपभोक्ताले चिन्न नसक्दा ठूलो समस्या भोग्नुपरेको व्यवसायीहरुको गुनासो छ । घरेलु उद्योगको रुपमा उत्पादन भएका नेपाली जुत्ता, चप्पलको व्यवसाय घट्दै जाँदा नेपाली मुद्रा विदेश पलायन भैरहेको व्यवसायीहरु बताउँछन् ।
बुटवल, सालझण्डी, देवदह, सैनामैना, तिलोत्तमा नगर क्षेत्रमा करिव ४० बढी घरेलु उद्योगबाट छालाका जुत्ताचप्पल उत्पादन हुँदै आएको छ । नेपाली ए, बी र सी ग्रेडको छाला बलियो र टिकाउ भनेर विदेश निर्यात हुने तर त्यही छालाको जुत्ताचप्पल बुटवलमा उत्पादन गर्दा विक्री गर्न समस्या भएको व्यवसायीहरुको गुनासो छ ।

विकास पराजुली
बुटवल । बुटवल–१० स्थित कालिकानगर अभियानपथ हुँदै योगिकुटी गएको हाइटेन्सन लाइनका विद्युतीय पोल परिवर्तन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले एकसाताभित्रै विद्युत् पोल परिवर्तन गर्ने भएको छ ।
बुटवल । बुटवल–१० स्थित कालिकानगर अभियानपथ हुँदै योगिकुटी गएको हाइटेन्सन लाइनका विद्युतीय पोल परिवर्तन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले एकसाताभित्रै विद्युत् पोल परिवर्तन गर्ने भएको छ ।
क्षेत्रीय कार्यालय बुटवलका निमित्त प्रमुख युवराज आचार्यले स्थानीयले त्यस क्षेत्रबाट हाइटेन्सन लाइन लैजान नदिने भन्दै अवरोध गरेपछि ठेकेदारले काम गर्न नपाएको र विवाद मिलेकाले छिट्टै काम सुरु हुने बताउनुभयो । जनता टेलिभिजनको अनलाइन संस्करण जनता समाचार डट कममा विद्युत्का पोलले धराप पारेको समाचार प्रकाशन गरेपछि विद्युत् कार्यालयले त्यसको समधानमा अग्रसरता देखाएको हो ।
चौराहादेखि योगिकुटीसम्मका करिब दुई किलोमिटर सडकखण्डका २५ भन्दा बढी पोल ७५ प्रतिशत भाग खिया लागेर भाँचिने अवस्थामा पुग्दा समेत २ वर्षदेखि फेरिएको थिएन ।

विकास पराजुली ।
बुटवल ।
नेपाल राष्ट्रबैंकले सटही नगर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा चढाइएको लाखौं विदेशी मुद्रा अलपत्र परेको छ । राष्ट्रबैंकले २५ देश बाहेक अन्य देशको मुद्रा सटही नगर्ने भएका कारण विभिन्न देशबाट आउने पर्यटकहरुले चढाएको मुद्रा त्यसै थन्किएको लुम्बिनी विकास कोषले जनाएको छ ।
बुटवल ।
नेपाल राष्ट्रबैंकले सटही नगर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा चढाइएको लाखौं विदेशी मुद्रा अलपत्र परेको छ । राष्ट्रबैंकले २५ देश बाहेक अन्य देशको मुद्रा सटही नगर्ने भएका कारण विभिन्न देशबाट आउने पर्यटकहरुले चढाएको मुद्रा त्यसै थन्किएको लुम्बिनी विकास कोषले जनाएको छ ।
राष्ट्र बैंकले ९१ देशमध्ये २५ देशको मुद्रा मात्रै सटही गर्ने भएका कारण अन्य ६६ देशको मुद्रा कोषमै थन्किएको कोषका सदस्य सचिव अजितमान तामाङले बताउनु भयो । विगत १२ वर्ष देखि लुम्बिनी स्थित मायादेवी मन्दिरमा दान पेटी राखिए देखि नै पर्यटकले चढाएको मुद्रा नसाटिएको तामाङको भनाई छ ।
नसाटिएका बिदेशी मुद्रा अलग अलग कपडामा बाधेर राखिएपनि रकम कति छ भन्ने थाहा छैन ।
नसाटिएको मध्ये सबैभन्दा धेरै श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम र लाओस लगायतका मुलुकका मुद्रा रहेका कोषले जनाएको छ । चीनियाँ र भियतनामी मुद्रा नेपालमा सटही भएपनि ति देशले नयाँ चलनचल्तीमा ल्याएपछि सटहीमा समस्या भएको छ ।
नसाटिएको मध्ये सबैभन्दा धेरै श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम र लाओस लगायतका मुलुकका मुद्रा रहेका कोषले जनाएको छ । चीनियाँ र भियतनामी मुद्रा नेपालमा सटही भएपनि ति देशले नयाँ चलनचल्तीमा ल्याएपछि सटहीमा समस्या भएको छ ।
विदेशी मुद्रासँगै नेपाली सिक्का सटहीमा समस्या भएको कोषका सदस्य सचिब तामाङले बताउनु भयो । उहाँका अनुसार मन्दिर भित्र चढाईएका एक र दुई रुपैयाका ७ क्विन्टल नेपाली सिक्का समेत सटही भएको छैन् ।
सिक्का गहु्रङगो हुने र टाढाको बैंकमा लैजादा साट्ने रकमभन्दा ढुवानी भाडा महंगो पर्ने भएकोले पनि समस्या भएको उहाँले बताउनु भयो । कोषले वार्षिक ४ करोड भन्दा बढि रकम आम्दानी गर्दै आएको छ ।
- विकाश पराजुली
बुटवल । जोगीकुटीबाट लुम्बिनी मैनहीया १ सय ३२ केभीए प्रसारण लाइनको काम अवरुद्ध भएको छ ।
भैरहवा बुटवल ब्यापारिक मार्गको ग्रिनबेल्टबाट प्रसारण लाईन ल्याउन बेलहिया – बुटवल ब्यापारिक मार्ग विस्तार आयोजनासँग अनुमति मागेको थियो । तर सडक आयोजनाले बिभिन्न कारण देखाउदै अनुमति दिएको छैन । प्रसारण लाईन आयोजनाले स्वीकृतिका लागि ३ महिना अघि सडक आयोजनालाई पत्राचार गरेको थियो ।
बुटवल । जोगीकुटीबाट लुम्बिनी मैनहीया १ सय ३२ केभीए प्रसारण लाइनको काम अवरुद्ध भएको छ ।
भैरहवा बुटवल ब्यापारिक मार्गको ग्रिनबेल्टबाट प्रसारण लाईन ल्याउन बेलहिया – बुटवल ब्यापारिक मार्ग विस्तार आयोजनासँग अनुमति मागेको थियो । तर सडक आयोजनाले बिभिन्न कारण देखाउदै अनुमति दिएको छैन । प्रसारण लाईन आयोजनाले स्वीकृतिका लागि ३ महिना अघि सडक आयोजनालाई पत्राचार गरेको थियो ।
सडक आयोजनाले पत्रको नवाफ नदिंदा काम अगाडी बढाउन नसकिएको बुटवल लुम्बिनी प्रसारण लाईन अयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो ।
ब्यापारिक मार्ग बिस्तार आयोजनाले भने सडक बिभागलाई बिधुतको पत्रबारे जानकारी गराएको दावी गरेको छ । भैरहवामा सञ्चालन हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, औद्यौगिक क्षेत्रको लागि १ सय ३२ केभीएको लाइन अति आवश्यक छ । प्रसारण लाईन बिस्तारको काम सम्पन्न गर्न कुल १ अर्ब २० करोड लाग्ने आयोजनाले बताएको छ ।

बुटवल, चैत ४ - बुटवललाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन भन्दै थालिएको झुम्सा खानेपानी योजना सम्पन्न हुन अझै दुई वर्ष लाग्ने भएको छ। बुटवलबासीले लामो समयदेखि झुम्साको खानेपानी बुटवल ल्याई उपभोग गर्ने आशामा बसरिहेका छन्।
गत साउनमा आएको बाढीले खानेपानीको मुहानमा निर्माण गरिएको इन्टेक भत्काएपछि झुम्साको खानेपानी बुटवलमा ल्याउन अझै दुई बर्ष लाग्ने भएको हो। बुटवलको सर्वाधिक चासोको विषयक बनेको झुम्सा खानेपानी योजनाको बिहीबार पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रत्यक्ष अवलोकन गर्दै बुटवलमा छिटो खानेपानी योजना ल्याउन पहल गरिने बताए।
इन्टेक निर्माणपछि बाढीले भत्काएर क्षतविक्षत गराएको छ। इन्टेक निर्माणका क्रममा निर्माणपक्षको समेत चरम लापरबाही देखिएको छ। योजनाको मुख्य बाँधमा निर्माण गरिएको इन्टेकमा अत्यन्तै सानो छडको प्रयोग गरिएको छ। सामान्य घरमा प्रयोग गरिनेभन्दा कम इन्चको छड उक्त योजनामा प्रयोग गरिएको भन्दै पौडेलले इन्टेक भत्किनुको कारणबारे खोजबिन गर्नुपर्ने पौडेलले बताए।
त्यसक्षेत्रका स्थानीयको माग बाटो निर्माण, नदी व्यवस्थापन, पानीवापत दिने रोयल्टी र सिँचाइ प्रवर्द्धन सबै समस्या समाधान गरेर निर्माण अगाडि बढाउनुपर्ने उनले बताए। अहिले इन्टेक निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्ब विनियोजन भइसकेको भन्दै उनले अर्को वर्षमा नपुग हुन नदिने बताए।
बुटवलमा स्वच्छ खानेपानी छिटो उपलब्ध गराउन बजेटको अभाव नहुने भन्दै छिटो छरितो गुणस्तरीय काम गर्न उनले आग्रह गरे। बुटवलमा अहिले दैनिक दुई करोड लिटर खानेपानी वितरण भइरहेको अवस्थामा झुम्सा खानेपानी योजना सफलपछि दैनिक सवा तीन करोड लिटर पानी झर्ने छ। बुटवल खानेपानी संस्थानका प्रमुख मोहनदत्त भट्टले पहिले स्थानीयका माग पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए।
कर्मचारीको अभावका कारण पनि समयमानै काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ। झुम्सा खानेपानी योजना सफल भएपछि ५०÷६० वर्षका लागिका लागि पानीको समस्या बुटवलमा नुहने बताइएको छ। झुम्साको खानेपानी मुहानदेखि बुटवल रामफेदीसम्म १२ किलोमिटर क्षेत्रमा पाइपसमेत बिच्छाइएको छ। त्यसमा अहिलेको आवश्यकता हेरिकन झुम्सा पुलदेखि बुटवलसम्म २० इन्चको पाइपसँगै १० इन्चको पाइप बिछ्याउने बुटवल खानेपानी संस्थाले जनाएको छ।
सिस्ने खानेपानी योजना असफल भएपछि झुम्सा खानेपानी योजना थालिएको छ। खानेपानीको मुहानमा इन्टेक निर्माणपछि ट्रान्समिसन पाइप बिछ्याइने छ भने पानी प्रशोधन झुम्सा पुल र मुहानको बीचमा निर्माण गरिनेछ।
पाल्पा जिल्लाको साविक कोलडाडा र दोभान गाविसमा रहेको फिरफिरे घाटबाट बुटवलमा स्वच्छ खानेपानी ल्याउने गरी उक्त योजना अगाडि बढेको हो।

बुटवल, चैत ३० - गुल्मी क्षेत्र नं. ३ को मुख्य मार्ग तम्घास–सिमलटारी–पुर्कोटदह हुँदै प्युठान जोड्ने सडक स्तरोन्नतिको धमाधम भइरहेको छ। क्षेत्र नं. ३ को मुख्य मार्गको रुपमा रहेको तम्घास–सिमलटारी–पुर्कोटदह सडक खण्डमा अहिले ग्राभेलिङको काम भइरहेको छ।
कालिका प्यासेफिक ज्वाइन्ट भेन्चरले अहिले पहिलो चरणमा तम्घासदेखि १३ किलोमिटर चौरासीसम्म कालोपत्रे र ग्राभेलको काम गरिरहेको छ भने चौरासीदेखि सिमलटारी हुँदै भुजुङगेसम्म सडक स्तरोउन्नतिका साथै सडक फराकिलो र ग्राभेलको काम भइरहेको छ।
०७०/०७१ मा तत्कालीन पाल्पा डिभिजन सडक कार्यालयबाट टेण्डर स्वीकृत भएपछि कालिका कम्पनीले पहिलो चरणमा २१ किलोमिटर चौरासीमध्ये ८ किलोमिटर छल्दी पनाहसम्म कालोपत्रे र बाँकी १३ किलोमिटरको ग्राभेल गर्नेगरी ठेक्का स्वीकृत पाएको तम्घास सिमलटारी, प्युठान सडक आयोजनाका इन्जिनियर अच्युत पन्तले जानकारी दिए। अहिलेसम्म सडकको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ।
तम्घासदेखि एक किलोमिटर अर्खलेसम्म अहिले कालोपत्रेका लागि सानो गिट्टी बिछ्याउने काम भइरहेको र चालु आर्थिक वर्षभित्रै छल्दी पनाहसम्म कालोपत्रे गरिने गरी काम भइरहेको ईन्जिनियर पन्तको भनाइ छ। कालिका प्यासेफिक ज्वाइन्ट भेञ्चरले तम्घासदेखि चौरासीसम्म १९ करोड, चौरासीदेखि भजुङ्गेसम्म १३ करोड रुपैयाँको लागतमा सडक स्तरोन्नति गर्नेछ। त्यससँगै भुजुङ्गेदेखि प्युठान जोड्ने सडकको स्तरोन्नति एसबिए प्यासेफिक रामेछापले १६ करोडको ठेक्का पाएको छ।
नमूना सडकको रुपमा लिइएको उक्त सडक ग्राभेल ७ मिटर, वेष कोर्ष ७ मिटर र ६ मिटरमा कालोपत्रे हुने चौरासी–भुजुङगे खण्डका सव ओभरसिएर गोपाल पौडेलले जानकारी दिए। सडकमा अहिले वेस कोर्षको काम भइरहेको छ ।
नाकाबन्दीको समयमा समेत सडक स्तरोन्नतिको काम नरोकिएको भन्दै निर्माण कम्पनीले काम गर्नका लागि बजेटको अभावसमेत नभएको बताएको छ। गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टको पहलमा निर्माण आरम्भ भएको सडक स्तरोन्नतिको कामका लागि सुरूको चरणमा ४० करोड बजेट विनियोजित भएको थियो। क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले कालोपत्रे निर्माण सम्पन्न गर्न करिब ८० करोड बढी लाग्ने बताए।
निर्वाचनको समयमा जनतासामु गरेको बाचा अनुसार तम्घास–प्युठान सडकमा कालोपत्रे काम आफूबाट पहल भएर अगाडि बढेको भन्दै सांसद विष्टले जनतासामु गरेको बाचा आफूले पूरा गरेको बताए।
तानसेनदेखि तम्घाससम्मको सडकभन्दा दोब्बर फराकिलो हुने उक्त सडकको गुणस्तरीय कामका लागि प्रमुख जिल्ला अधिकारी रहने गरी अनुगमन समिति समेत गठन गरिएको बताइएको छ।

बुटवल, वैशाख २- केही वर्षयता रुपन्देही जिल्लामा निजी डेरी उद्योगले लगानी बढाउँदै लगेका छन्। अहिले भइरहेका डेरी उद्योगले हालसम्म १५ करोड रुपैयाँ लगानी गरिसकेको डेरी उद्योगीहरूले बताएका छन्।
डेरी उद्योगहरूले लगानी बढाएसँगै आधुनिक प्रविधियुक्त मेसिनको जडान र जनशक्ति समेत बढाउँदै लगेका छन्। जिल्लामा प्रशोधित प्लानेट डेरी उद्योगको रुपमा पवित्रा डेरी उद्योग, लुम्बिनी डेरी उद्योग, गायत्री डेरी उद्योग शिवगंगा डेरी उद्योगहरू सञ्चालनमा रहेका छन्। त्यस्तै, रुपन्देही डेरी व्यवसायी संघमा २ सय २५ डेरीहरू आबद्ध भए पनि जिल्लामा करिब ३ सय ५० भन्दा बढी डेरी उद्योग रहेको बताइन्छ।
उक्त डेरी उद्योगमा ३ देखि ५ लाखसम्म लगानी रहेको रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेशसिंह भण्डारी (अमृत) ले बताए। प्रशोधित उद्योग एवम् प्लानेट यी उद्योगहरूले प्याकेजिङ दुध समेत बिक्री वितरण गर्दै आइरहेका छन्।
उक्त उद्योगबाट जिल्लामा ५ देखि ७ हजार लिटर दुध खपत हुँदै आएको र दैनिक ५० हजार लिटर दुध बाहिर पठाउने गरेको नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष मेघराज भण्डारीले बताए। रुपन्देहीबाट काठमाडौं, पोखरा, हेटौडा, चितवन लगाएका जिल्लाहरूमा दुध निर्यात हुँदै आएको उनको भनाइ छ।
यहाँ रहेका उद्योगहरूले दुध, दही, घ्यू, पनिर, नौनी, क्रिम उत्पादन गर्दै आइरहेका छन्। रुपन्देही जिल्ला दुधमा आत्मनिर्भर भए पनि किसानको दुधलाई प्रोत्साहन नगर्नेहरूले लुकिछिपी भारतबाट पाउडर दुध आयात गर्ने गरेको रुपन्देही डेरी व्यवसायी संघले जनाएको छ। नेपालमा हाल साना, मझौला र ठूला गरी एक हजार भन्दा बढीको संख्यामा निजी डेरी उद्योग रहेको बताइन्छ।
एसोसिएसनमा अहिले साढे ३ सय सदस्य रहेको र उक्त उद्योगहरुमा १० अर्ब भन्दा बढी लगानी भइसकेको बताइएको छ। हाल नेपालमा दैनिक ४६ लाख ६० हजार लिटर दुध उत्पादन हुने बताइन्छ। केही वर्षयता दुध उत्पादनमा ३ दशमलव २२ प्रतिशत वृद्धि भएको भण्डारीले जानकारी दिए। मुलुकमा ४ लाख ५० हजार परिवार प्रत्यक्ष रूपमा दुग्ध उत्पादनमा संलग्न रहेको र उद्योग स्तरमा २० हजारले रोजगारी पाएको भण्डारीको भनाइ छ ।

विकास पराजुली
बुटवल, जेठ १०– धान खेतीका लागि उर्बर भूमिको रुपमा परिचित रुपन्देहीमा अनुदानको धानको बीऊ वितरण सुरु भएको छ।
बुटवल, जेठ १०– धान खेतीका लागि उर्बर भूमिको रुपमा परिचित रुपन्देहीमा अनुदानको धानको बीऊ वितरण सुरु भएको छ।
धानको बीऊ राख्ने समय सुरु भएकाले किसानका लागि अनुदानको धानको बीऊ वितरण सुरु गरिएको हो।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार ४० प्रतिशत अनुदान सम्म धानको बीऊ वितरण भएको छ। कार्यालय प्रमुख भोजराज सापकोटाले जिल्लामा बर्खेधानका लागि २ सय ७० मेट्रिकटन धानको बीऊ अनुदानमा वितरण गर्न लागिएको जानकारी दिए।
धानको बीऊ राख्न जेठको अन्तिमसम्म पनि उचित भएकाले साता दिन अघि देखि अनुदानमा बीऊ वितरण गरिएको उनको भनाई छ।
रुपन्देहीमा यस वर्ष जिल्ला कृषि विकास कार्यालयले ५ वटा बीऊलाई मात्र अनुदान दिएको छ। साभा सव १, राम धान, सुख्खा ३, सुख्खा ६ र सोर्ण सव १ धानको बीऊ मात्र अनुदानमा वितरण गरिएको सापकोटाले जानकारी दिए। त्यसमध्ये सुख्खा ६ नयाँ जातको धानको बीऊ हो ।
साभा सव १ धानको बीऊलार्ई प्रतिकेजी अनुदानमा ३१ रुपैयाँ ६८ पैसा र बाँकी सबै धानको बीऊलाई अनुदानमा २८ रुपैयाँ ९८ पैसामा वितरण गरिएको हो। प्रति किसानले ३ विघा क्षेत्रफलमा चाहिने धानको बीऊ अनुदानमा पाउन सक्नेछन।
गत वर्ष ३ सय ५० मेट्रिक टन धानको बीऊ अनुदानमा वितरण गरेको गरिएको थियो।
– विकाश पराजुली
बुटवल, १५ चैत । रुपन्देही पहिलोपटक चैते धानको खेती यस बर्षदेखि सुरु गरिएको छ ।
बुटवल, १५ चैत । रुपन्देही पहिलोपटक चैते धानको खेती यस बर्षदेखि सुरु गरिएको छ ।
धानखेतीमा पकट क्षेत्र मानिने रुपन्देही जिल्लामा यसअघि असार महिनामा मात्र धान रोपाई गरिने गरिन्थ्यो तर यस बर्ष देखि जिल्लाका विभिन्न स्थानमा चैते धान लगाउन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
यसबर्ष ४५ विगाहा खेत अर्थात ३० हेक्टर क्षेत्रफलमा धान लगाउन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले जानकारी दिए ।
“जिल्लामा पहिलो पटक यो चैते धान रोपाई सुरु गरिएको हो”, सिक्टह्न ७ छोट्की गुम्मीमा सामुहिक बहुउद्देशिय कृषि उपज तथा वितरण समुह द्वारा आयोजित चैते धान रोपाई कार्यक्रमा उनले भने ।”
कृषि विकास कार्यालयले गत महिना मात्र चैते धान लगाउने कृषकका लागि अनुदानमा करिव १५ क्यिुन्टल विउ वितरण गरेको थियो । हर्दिनाथ–१ र चैते–२ नामक उन्नत जातको वीउ वितरण गरेको हो । सोमबार सिक्टह्नमा आयोजित धान रोपाई कार्यक्रममा उनले पानी सञ्चीत हुने जमिन खाली नराख्न सवैलाई आग्रह गरे ।
उनले भने–“सरकारले यस बर्ष देखि धानको उत्पादनमा बृद्धि गराउन तराईका १३ जिल्लाहरुमा बृहत्तर धान उत्पादनको कार्यक्रम लागु गरेको छ, त्यही कार्यक्रम अन्तर्गत रुपन्देहीमा पनि सुरु गरिएको हो ।”
रुपन्देही सँगै झापा, मोरङ, सुनसरी, सर्लाही, पर्सा, दाङ, कपिबस्तु, बारा, बर्दिया, कैलाली, बाँके, कञ्चनपुर जिल्लामा पनि चैते धान लगाईदैछ । जिल्ला कृषि विकास कार्यालयले आगामी बर्ष करिव १ सय हेक्टरमा धान खेती लगाउने योजना बनाएको छ । तर त्यसका लागि किसानहरुलाई एक हेक्टर क्षेत्रफलको लागि ५ हजार रुपैया सम्म अनुदान दिने, धान रोप्ने र गाड्ने मेसिन भित्राउने कार्यालयको योजना छ । सापकोटाका अनुसार सरकारले आगामी तीन बर्ष सम्म ३ लाख हेक्टरमा चैते धान खेती गरी बढ्दो धान आयातलाई कम गराउने योजनामा लागेको छ ।
रुपन्देहीमा चैते धान १७ गते सम्म सकिसक्नुपर्ने भएपनि अहिले सम्म जम्मा ७० प्रतिशत खेतमा धान रोपाई भएको बताए । रुपन्देहीमा यस बर्ष करिव ५ टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
सिचाई सुविधान नहुँदा धेरै क्षेत्रमा चैते धान लगाउन नसकिएको सापकोटाले बताए । बढ्दो खाद्यय संकट कम गरी उत्पादनलाई बृद्धि गर्न धान उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाई छ । अहिले सम्म १२ जिल्लाको करिव १ लाख १२ हजार हेक्टरमा चैते धान खेती गरिदै आएको छ ।
चैते धान रोपाई कार्यक्रम सम्पन्न
यसैगरी जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देहीको सिक्टहनमा पहिलो पटक ‘सामुहिक बहुउदेश्यि कृषि उपज तथा वितरण समुह’मा चैते धान रोपाई कार्यक्रम गरिएको छ ।
यसैगरी जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देहीको सिक्टहनमा पहिलो पटक ‘सामुहिक बहुउदेश्यि कृषि उपज तथा वितरण समुह’मा चैते धान रोपाई कार्यक्रम गरिएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमको आयोजना चैते धान रोपाई सुभारम्भ गरिएको हो । ‘सामुहिक बहुउदेश्यि कृषि उपज तथा वितरण समुह’का अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि बरिष्ठ कृषि विकास अधिकृत सापकोटाले नेपाल लाई धानमा आत्मनिर्भर बनाउनको लागि यो अभियानको सुरुवात गरिएको जानाकारी गराएका थिए ।
उनले नेपाल सरकार कृषि मन्त्रालयको केन्द्रीय कार्यक्रम अनुसार देशभरका १३ जिल्लाहरुमा चैते धान विकास कार्यक्रम अगाडी बढाइएको जानकारी दिए । कार्यक्रममा बोल्दै युवा संघ नेपाल कृषि तथा बन पैदावार विभागका प्रमुख देवराज पोखरेलले अवको बाटो भनेको कृषिको बाटो भएको भन्दै कृषिबाट नै परिर्वतन संभव भएको बताएका थिए । कार्यक्रममा समुहका उपाध्यक्ष नवराज फुल्लेले स्वागत मन्तव्य राखेका थिए भने बरिष्ठ पत्रकार तथा विविसी नेपाली सेवाका संवाददाता माधव नेपाल, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत विनोद ज्ञवाली लगायतले बोलेका थिए ।
पथरी (मोरङ), १५ असोज । विराटनगर–१३ मा अवस्थित विराटेश्वर वृद्धाश्रमका सञ्चालक जगत अज्र्यालले विगत १२ वर्षदेखि वृद्धाश्रमको सहयोगका लागि मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन गर्नुभएको हो ।
उहाँले वार्षिकरुपमा रु एक हजार ९२ जनासँग एक लिँदै आउनुभएको छ । त्यस्तै अहिलेसम्म रु चार लाख ७२ हजार ६६५ जना बाट पाँच लिनुभएको छ । उहाँले अझै पनि इच्छुक र सहयोगीसँग एक रुपैयाँ र पाँच रुपैयाँ लिँदै आउनुभएको छ । त्यो मागेको रकमबाट सञ्चालक आज्र्यालले रु ६३ लाखमा वृद्धाश्रमका लागि विराटनगरमा ११ कट्ठा तीन धुर जमिन खरिद गर्नुभयो ।
उहाँले वृद्धाश्रमका लागि ११ कट्ठामा १२ ÷१५ को सातकोठे भवन रु ६० लाखको लागानीमा निर्माण गर्नुभयो । सो वृद्धाश्रममा अहिले ४७ वृद्धवृद्धा बस्दै आएका छन् ।
त्यस्तै सातजना कामदार र पाँचवटा गाई रहेका छन् । आश्रमका अध्यक्ष जगत अज्र्यालले भन्नुहुन्छ–“काम लाग्ने छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन् । म उहाँहरुको भरणपोषण गरेर बस्छु ।”
विहान सबेरै टोकरीमा तरकारी बोकेर बुटवल
बजार आईपुग्छिन् रुपन्देही सालझण्डीकी जमुना थारु । तरकारी बेच्नु जमुनाको
दैनिकीनै बनेको छ । बेलुकी १० बजे नै आफ्नो करेसाबारीबाट सिजन अनुसारको
तरकारी जम्मा गर्छिन र विहान ४ बजे नै उनी बुटवल आईपुग्छिन । त्यसपछि उनको
तरकारी व्यापार सुरु हुन्छ । यहि व्यवसायबाट उनले जिविकोपार्जन गर्दै आएकी
छन् । त्यसो त उनी जस्ता कयौ महिलाहरु त्यही गाउ“बाट तरकारी बेच्न दिनहु“
जसो बुटवल आउने गर्दछन् ।
सालझण्डी वडा नंं २ मा स्थायी बसोबास गर्ने जमुना विगत ६ बर्षदेखि टोकरीमा विभिन्न सिजन अनुसारका तरकारी बेच्न बुटवलका विभिन्न गल्ली–गल्लीहरुमा हिड्ने गरेकी छन् । उमेरले ३७ बर्ष पार गरेकी जमुनाको तरकारी विक्रि गर्न कुनै समस्या नै नरहेको बताउछिन् । ‘मेरो तरकारी प्रायः सबैले चाखेका छन् जमुना भन्छिन – कुनै–कुनै बेला त तरकारी पु¥याउनै मलाई धौ–धौ पर्छ ।’ बुटवल बजार भित्रका उपभोत्ताहरु पनि गाउ“बाट ल्याइएका ताजा तरकारी घरमै पाउदा खुसी छन् । बुटवल १३ कि देवी थापाले टोकरीमा ल्याएको तरकारी सधै किन्ने गरेको बताईन । ‘ताजा तरकारी त्यसमा पनि बजार मूल्य भन्दा सस्तो मै पाईने ह“ुदा सधै किन्ने गरेकी छु उनले भनिन् ।’ उनले बुटवल बजारमा तरकारी मध्ये हरियो साग बढी मात्रामा विक्री हुने गरेको बताईन । उनी जस्ता दर्जनौ महिलाहरु तरकारी बोकेर बुटवलका प्रायः सबै टोलहरुमा पुग्ने गर्दछन् ।
मध्यम बर्गिय परिवारकी जमुनालाई यो पेशा दैनिक गुजारा चलाउने माध्यम भएको छ । उनले दैनिक ५ सय देखि एक हजार रुपैया“ सम्मको तरकारी विक्री गर्दै आएको बताईन । उनले भनिन् ‘मेरो तरकारी प्रति ग्राहकहरु लोभिदा मलाई खुसी लाग्छ । ’ जमुनाले यहि पेशाबाट ५ जनाको परिवार धानेकी छन् । उनले सुरु गरेको तरकारी व्यवसायबाट अन्य महिलाहरु पनि आकर्षित भएको उनको भनाई छ ।
उनीसंगै तरकारी बेच्न बा“सगढिकी विमला चौधरी पनि यो व्यवसायबाट आफु सन्तुष्ट रहेको बताईन । उनले ‘आजकल ग्राहकहरुले देख्ने वित्तिकै टाढैबाट बोलाउने गरेको बताईन । उनी भन्छिन ‘यो विहानको व्यापारले आफ्नो बाकी समय अन्य काममा पनि लगाउन सकिएको छ ।’
तर तरकारी खेतीका लागि सिंचाइको समस्या रहेको उनको भनाइ छ । उनले सिचाईको सुविधा नहु“दा प्रयाप्त मात्रामा तरकारी उत्पादन गर्न नसकेको बताईन । उनले तरकारी खेती गर्दा युरिया मलको साटो गोबरको मल, किटनाशकको बिकल्पमा गाइको गउत, खरानी प्रयोग गर्ने गरेको अनुभव सुनाईन । युरिया र बिÈादी प्रयोग नगरे पनि तरकारी उत्पादनमा कुनै कमी नआएको उनको अनुभव छ । उनले साग, आलु, धनिया, भन्टा, कोभी, करेला, बोडी, परवल, टमाटर, लौका, भिन्डी, घिरौलाजस्ता तरकारी खेती गरेको बताईन । ‘उपभोक्ताले पनि किटनाशक मल प्रयोग नगरी उत्पादन भएका तरकारी बारे थाहा पाएपछि तरकारी सजिलै किन्ने गरेका छन् उनले भनिन्– लगेको तरकारी कहिल्यै फिर्ता ल्याउनु पर्दैन ।’
सालझण्डी वडा नंं २ मा स्थायी बसोबास गर्ने जमुना विगत ६ बर्षदेखि टोकरीमा विभिन्न सिजन अनुसारका तरकारी बेच्न बुटवलका विभिन्न गल्ली–गल्लीहरुमा हिड्ने गरेकी छन् । उमेरले ३७ बर्ष पार गरेकी जमुनाको तरकारी विक्रि गर्न कुनै समस्या नै नरहेको बताउछिन् । ‘मेरो तरकारी प्रायः सबैले चाखेका छन् जमुना भन्छिन – कुनै–कुनै बेला त तरकारी पु¥याउनै मलाई धौ–धौ पर्छ ।’ बुटवल बजार भित्रका उपभोत्ताहरु पनि गाउ“बाट ल्याइएका ताजा तरकारी घरमै पाउदा खुसी छन् । बुटवल १३ कि देवी थापाले टोकरीमा ल्याएको तरकारी सधै किन्ने गरेको बताईन । ‘ताजा तरकारी त्यसमा पनि बजार मूल्य भन्दा सस्तो मै पाईने ह“ुदा सधै किन्ने गरेकी छु उनले भनिन् ।’ उनले बुटवल बजारमा तरकारी मध्ये हरियो साग बढी मात्रामा विक्री हुने गरेको बताईन । उनी जस्ता दर्जनौ महिलाहरु तरकारी बोकेर बुटवलका प्रायः सबै टोलहरुमा पुग्ने गर्दछन् ।
मध्यम बर्गिय परिवारकी जमुनालाई यो पेशा दैनिक गुजारा चलाउने माध्यम भएको छ । उनले दैनिक ५ सय देखि एक हजार रुपैया“ सम्मको तरकारी विक्री गर्दै आएको बताईन । उनले भनिन् ‘मेरो तरकारी प्रति ग्राहकहरु लोभिदा मलाई खुसी लाग्छ । ’ जमुनाले यहि पेशाबाट ५ जनाको परिवार धानेकी छन् । उनले सुरु गरेको तरकारी व्यवसायबाट अन्य महिलाहरु पनि आकर्षित भएको उनको भनाई छ ।
उनीसंगै तरकारी बेच्न बा“सगढिकी विमला चौधरी पनि यो व्यवसायबाट आफु सन्तुष्ट रहेको बताईन । उनले ‘आजकल ग्राहकहरुले देख्ने वित्तिकै टाढैबाट बोलाउने गरेको बताईन । उनी भन्छिन ‘यो विहानको व्यापारले आफ्नो बाकी समय अन्य काममा पनि लगाउन सकिएको छ ।’
तर तरकारी खेतीका लागि सिंचाइको समस्या रहेको उनको भनाइ छ । उनले सिचाईको सुविधा नहु“दा प्रयाप्त मात्रामा तरकारी उत्पादन गर्न नसकेको बताईन । उनले तरकारी खेती गर्दा युरिया मलको साटो गोबरको मल, किटनाशकको बिकल्पमा गाइको गउत, खरानी प्रयोग गर्ने गरेको अनुभव सुनाईन । युरिया र बिÈादी प्रयोग नगरे पनि तरकारी उत्पादनमा कुनै कमी नआएको उनको अनुभव छ । उनले साग, आलु, धनिया, भन्टा, कोभी, करेला, बोडी, परवल, टमाटर, लौका, भिन्डी, घिरौलाजस्ता तरकारी खेती गरेको बताईन । ‘उपभोक्ताले पनि किटनाशक मल प्रयोग नगरी उत्पादन भएका तरकारी बारे थाहा पाएपछि तरकारी सजिलै किन्ने गरेका छन् उनले भनिन्– लगेको तरकारी कहिल्यै फिर्ता ल्याउनु पर्दैन ।’
काठमाडौं, जेठ ३२ ।
बैकिङ कसुरको अभियोगमा पक्राउ परेका तत्कालिन बुटवल फाईनान्स लिमिटेडका कार्यकारी अध्यक्ष देवेन्द्र प्रसाद ध्वजु छुटेका छन् ।
राष्ट्र बैंकको वि.स. २०७१ जेठ १४ गते बसेको नियमित बैठकले बैकिङ कसुर ऐन २०६४ अन्तर्गत कारबाहीमा परेका ध्वजु अदालतको माग बमोजिम तीन करोड ३५ लाख रुपैया धरौटी बुझाएर जेठ २६ गते छुटेको केन्द्रीय अनुसन्धान व्युरो सीआईवीले जनाएको छ ।
तत्कालिन समयमा बुटवल फाईनान्सबाट आफन्त, फाईनान्सको कर्मचारी समेत गरी
झण्डै १२ जना व्यत्तिको नाउँमा पटक- पटक गरी ३० करोड रुपैयाँभन्दा बढि
कर्जा निकालेर संस्थालाई हानी, नोक्सानी पुराएको अभियोगमा राष्ट्र बैक
समेतको पत्रको आधारमा सीआईबीले ध्वजुलाई वि.स. २०७१ मसिर २२ गते ललितपुरबाट
पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै अदालतको आदेशअनुसार जेलचलान भएका
ध्वजु उपर ११ वटा मुद्धा रहेकोमा पुनरावेदन अदालतको बाणिज्य ईजालासले आठवटा
मुद्धामा ३५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । कुल धरौटी मध्ये सरास्वती
थापा सम्बन्धी मुद्धामा चार लाख, रोशन चिउरा सम्बन्धी मुद्धामा तीन लाख,
गुण केशरी सम्बन्धी मुद्धामा तीन लाख, फुलबारी सम्बन्धी मुद्धामा तीन लाख,
कुल प्रसाद पोखरेल सम्बन्धी मुद्धामा चार लाख, दिपा गिरी सम्बन्धी मुद्धामा
पाँच लाख, मनोज कुमार सम्बन्धी मुद्धामा पाँच लाख सहित कुल ३५ लाख रुपैया
धरौटि तोकिएको थियो ।राष्ट्र बैंकको वि.स. २०७१ जेठ १४ गते बसेको नियमित बैठकले बैकिङ कसुर ऐन २०६४ अन्तर्गत कारबाहीमा परेका ध्वजु अदालतको माग बमोजिम तीन करोड ३५ लाख रुपैया धरौटी बुझाएर जेठ २६ गते छुटेको केन्द्रीय अनुसन्धान व्युरो सीआईवीले जनाएको छ ।
पुनरावेदनको निर्णयपछि पुर्पक्षको लागि
थुनामा गएका ध्वजुलाई सर्वोच्च अदालतले बैकिङ कसुर सम्बन्धी थप तीन वटा
मुद्धामा थप तीन करोड रुपैया धरौटि माग गरेको थियो । सोही अनुसार अदालतले
माग गरे बमोजिमको तीन करोड ३५ लाख रुपैया धरौटि बुझाएर ध्वजु गत २६ गते
छुटेका हुन । धरौटिमा छाड्ने प्रक्रिया सुरु भए पश्चात ध्वजु उपर रुपन्देही
जिल्ला अदालतमा ठगि सम्बन्धी परेको मुद्धामा ध्वजुलाई रुपन्देही लगिएको
थियो । त्यस लगत्तै अदालतको माग अनुरुपको उनले धरौटिको लागि गनहुँ लगाएका
विभिन्न जिल्लामा रहेको जग्गा समेत राखेका थिए ।
बैकिङ कसुर सम्बन्धी ध्वजुको मुद्धामा न्यायाधीशहरु शिवनारायण यादव, दुर्गादत्त भटट् सहितको इजालसले फैसला गरेको थियो । ठगिको आरोपमा झण्डै एक बर्ष अघि पक्राउ परेकी ध्वजु पत्नी पार्वती पनि झण्डै ६ महिना अदालतको माग बमोजिम चार करोड रुपैया धरौटि बुझाएर रिहा भएकी थिईन ।
तत्कालिन समयमा ध्वजुले फाइनान्सलाई पारिबारिक रुपमा चलाएका थिए । संस्थाका सञ्चालकहरुमा राजेन्द्र ध्वजु (दाई), निर्मला सुवाल (दिदि), ईन्द्र्रलाल श्रेष्ठ (जेठान), चिजकुमार श्रेष्ठ (जेठान) महाप्रबन्धक राजेश किरण श्रेष्ठ (ज्वाइँ), बरिष्ट कर्जा अधिकृत राकेशमान कर्माचार्य(भाईको सालो) समेतलाई राखेर पारिबारिक अखडाको रुपमा फाईनान्सलाई चलाएका थिए ।
स्रोतका अनुसार ध्वजुको परिबार र आफन्तको नाउँमा सपना अटो मोबाईल्स, सुजुकी बाईक शोरुम, किया मोटर्सको शोरुम, जेके टायरको शोरुम, हेभी इक्विपमेन्ट, स्वर्णिम बचत तथा क्रृण सहकारी, सपना बहुउद्देश्यीय सहकारी संस्था, बोर्डिङ स्कुल, रियलस्टेट कम्पनी रहेका छन् । त्यी कम्पनीहरुमा तत्कालिन बुटवल फाइनान्सको करोडौ रुपमा कर्जा रहेको अभियोग लागेको थियो ।
आर्थिक दैनिकबाट
बैकिङ कसुर सम्बन्धी ध्वजुको मुद्धामा न्यायाधीशहरु शिवनारायण यादव, दुर्गादत्त भटट् सहितको इजालसले फैसला गरेको थियो । ठगिको आरोपमा झण्डै एक बर्ष अघि पक्राउ परेकी ध्वजु पत्नी पार्वती पनि झण्डै ६ महिना अदालतको माग बमोजिम चार करोड रुपैया धरौटि बुझाएर रिहा भएकी थिईन ।
तत्कालिन समयमा ध्वजुले फाइनान्सलाई पारिबारिक रुपमा चलाएका थिए । संस्थाका सञ्चालकहरुमा राजेन्द्र ध्वजु (दाई), निर्मला सुवाल (दिदि), ईन्द्र्रलाल श्रेष्ठ (जेठान), चिजकुमार श्रेष्ठ (जेठान) महाप्रबन्धक राजेश किरण श्रेष्ठ (ज्वाइँ), बरिष्ट कर्जा अधिकृत राकेशमान कर्माचार्य(भाईको सालो) समेतलाई राखेर पारिबारिक अखडाको रुपमा फाईनान्सलाई चलाएका थिए ।
स्रोतका अनुसार ध्वजुको परिबार र आफन्तको नाउँमा सपना अटो मोबाईल्स, सुजुकी बाईक शोरुम, किया मोटर्सको शोरुम, जेके टायरको शोरुम, हेभी इक्विपमेन्ट, स्वर्णिम बचत तथा क्रृण सहकारी, सपना बहुउद्देश्यीय सहकारी संस्था, बोर्डिङ स्कुल, रियलस्टेट कम्पनी रहेका छन् । त्यी कम्पनीहरुमा तत्कालिन बुटवल फाइनान्सको करोडौ रुपमा कर्जा रहेको अभियोग लागेको थियो ।
आर्थिक दैनिकबाट
रुपन्देहीको दक्षिपूर्ण सिक्टहन को
वडा नं। ७ मा एक बर्ष पहिले बाँझो रहेको स्थान अहिले त्यतिमै सिमित रहेन ।
त्यहि बाँझोमा गर्न सके सुन फल्छ भन्ने अभिप्रायले अभिप्रायले बुटवलका १९
जना युवाहरु लागि परे र एक बर्षमा नै त्यो झाडिलाई व्यवसायी कृषि फर्मको
रुपमा परिचित गराए ।
गत वर्षदेखि सुरु भएको कृषि फर्म पछिल्लो समय कृषकहरुका लागि प्रेरणाको स्रोत मात्र हैन नमुना पनि बन्दै गएको छ । बुटवलका १९ जना साना व्यवसायीहरुको जागरुकतामा सुरु गरिएको कृषि खेती रुपन्देहीमा नमूना कृषि फर्म बन्दै गएको हो । फर्मले कुनै निश्चित बस्तु उत्पादन गर्दैन । त्यहा अनेकन बस्तुहरुको उत्पादन हुने गर्दछ । कतै माछाका पोखरी, कतै कुखुरा फर्म, कतै मौरी । बेसार, अडहर, काउली, टमाटर, भान्टा, करेलाले दुई वर्ष अगाडिको बाँझो जमिन अहिले कृषि उपजले हराभरा भएको छ ।
सामूहिक बहुउद्देश्यीय कृषि उपज तथा वितरण समूह सिक्टहन स्थापना गरी उत्पादित तरकारी, दूध, मह, माछा, बजारसम्म पु¥याउन थालेको छन् । समूहका अध्यक्ष प्रकाश खनालले बाँझो जमिनलाई व्यवासायिक खेती गर्ने भन्दा कसैले नपत्याएको बताउ“दै अहिले आफूहरुले नमूना कृषि फर्म बनाउने अभियानमा जुटेको बताए ।
सुरुमा करिब ५० लाख लगानीमा २४ विगाहाा जग्गामा सामूहिक व्यावसायिक कृषि खेती सुरु गरिएको हो । फार्ममा समूहका सबै सदस्यले पहिलो चरणमा दुई लाखका दरले लगानी गरेका थिए । सिक्टहन गाविस–७ छोट्की गुम्मीमा सञ्चालनमा
आएको कृषि फर्ममा पहिलो वर्षमै करिव ७ लाख आम्दामी गर्न सफल भएको समूहका सदस्य रमेश कुमारी भण्डारीले बताए । सिक्टहन माविको बर्षदेखि बाझो रहेको १८ बिघा र व्यक्तिगत ६ बिघा गरी २४ बिघा जग्गा १० बर्षका लागि
भाडामा लिएर व्यावसायिक खेती सुरु गरिएको हो । दुई बर्ष अघिसम्म उजाड रहेको जग्गा अहिले खेतीपाती र माछापालन गरेर हराभरा देखिएको छ ।
फार्ममा अहिले दुई बिघामा पाँचवटा पोखरी खनेर विभिन्न जातका ३२ हजार माछापालन गरिएको छ, त्यस्तै ४० घार मौरी, ३ हजार कुखुराका चल्ला, २५ वटा भैसी, ५ विगाहामा वेशार खेती, र यस वर्षदेखि धान खेती पनि सुरु गरिएको फार्मका उपाध्यक्ष नवराज फुल्लेलले जानकारी दिए । सहकारी भ्रमणको क्रममा पूवी जिल्ला झापा सर्लाहीमा मिलेर गरिएका कृषि फार्महरुबाट प्रभावित भई आफूहरु व्यावसायिक कृषिमा होमिएको अध्यक्ष खनाल बताउँछन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जयबहादुर महत्राले छोटो समयमा नमूना कृषि फर्म बनाउने व्यवसायीहरु सफल भएको बताए । उनले कृषि कार्यालयबाट सहयोग गर्न तयार रहेको बताए । व्यवसायीहरुले अहिले समूहमा आबद्ध रहेका व्यवसायीहरुले काम गरिरहेका छन् । आगामी वर्ष लागानीलाई १ करोड पु¥याई अन्य व्यवसाय पनि सञ्चालन गर्ने बताएका छन् । समूहका सदस्यहरु आफै हाटबजारमा आएर पनि उत्पादित तरकारी विक्री गर्न थालेका छन् । रुपन्देहीमा व्यावसायिक कृषि बढ्दै गएको छ । जमिन लिजमा लिएर व्यावसायिक कृषि गर्ने समूह मध्ये पाँचौ भित्र यो समूह पर्छ । तरकारी खेती, पशुपालन, अष्ट्रिज पालनको व्यावसायिक अगाडि बढी सकेको छ । व्यावसायिक कृषिका लागि बाँझिएका जमिनहरु खन्ने क्रम सुरु भएको छ । व्यवसायिहरुले २४ विगाहा जग्गा वार्षिक १ लाख ७१ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन् । व्यवसायीहरुले
रोहणी खोला र वन क्षेत्रबाट बदेल, नीलगाई फर्ममा प्रवेश गरेर तरकारी रअन्य बालीलाई नष्ट गर्ने समस्या देखिन थालेको भन्दै त्यसको निराकरणका लागि सम्बन्धित निकायले पहल गरिदिन आग्रह गरेका छन् ।
गत वर्षदेखि सुरु भएको कृषि फर्म पछिल्लो समय कृषकहरुका लागि प्रेरणाको स्रोत मात्र हैन नमुना पनि बन्दै गएको छ । बुटवलका १९ जना साना व्यवसायीहरुको जागरुकतामा सुरु गरिएको कृषि खेती रुपन्देहीमा नमूना कृषि फर्म बन्दै गएको हो । फर्मले कुनै निश्चित बस्तु उत्पादन गर्दैन । त्यहा अनेकन बस्तुहरुको उत्पादन हुने गर्दछ । कतै माछाका पोखरी, कतै कुखुरा फर्म, कतै मौरी । बेसार, अडहर, काउली, टमाटर, भान्टा, करेलाले दुई वर्ष अगाडिको बाँझो जमिन अहिले कृषि उपजले हराभरा भएको छ ।
सामूहिक बहुउद्देश्यीय कृषि उपज तथा वितरण समूह सिक्टहन स्थापना गरी उत्पादित तरकारी, दूध, मह, माछा, बजारसम्म पु¥याउन थालेको छन् । समूहका अध्यक्ष प्रकाश खनालले बाँझो जमिनलाई व्यवासायिक खेती गर्ने भन्दा कसैले नपत्याएको बताउ“दै अहिले आफूहरुले नमूना कृषि फर्म बनाउने अभियानमा जुटेको बताए ।
सुरुमा करिब ५० लाख लगानीमा २४ विगाहाा जग्गामा सामूहिक व्यावसायिक कृषि खेती सुरु गरिएको हो । फार्ममा समूहका सबै सदस्यले पहिलो चरणमा दुई लाखका दरले लगानी गरेका थिए । सिक्टहन गाविस–७ छोट्की गुम्मीमा सञ्चालनमा
आएको कृषि फर्ममा पहिलो वर्षमै करिव ७ लाख आम्दामी गर्न सफल भएको समूहका सदस्य रमेश कुमारी भण्डारीले बताए । सिक्टहन माविको बर्षदेखि बाझो रहेको १८ बिघा र व्यक्तिगत ६ बिघा गरी २४ बिघा जग्गा १० बर्षका लागि
भाडामा लिएर व्यावसायिक खेती सुरु गरिएको हो । दुई बर्ष अघिसम्म उजाड रहेको जग्गा अहिले खेतीपाती र माछापालन गरेर हराभरा देखिएको छ ।
फार्ममा अहिले दुई बिघामा पाँचवटा पोखरी खनेर विभिन्न जातका ३२ हजार माछापालन गरिएको छ, त्यस्तै ४० घार मौरी, ३ हजार कुखुराका चल्ला, २५ वटा भैसी, ५ विगाहामा वेशार खेती, र यस वर्षदेखि धान खेती पनि सुरु गरिएको फार्मका उपाध्यक्ष नवराज फुल्लेलले जानकारी दिए । सहकारी भ्रमणको क्रममा पूवी जिल्ला झापा सर्लाहीमा मिलेर गरिएका कृषि फार्महरुबाट प्रभावित भई आफूहरु व्यावसायिक कृषिमा होमिएको अध्यक्ष खनाल बताउँछन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जयबहादुर महत्राले छोटो समयमा नमूना कृषि फर्म बनाउने व्यवसायीहरु सफल भएको बताए । उनले कृषि कार्यालयबाट सहयोग गर्न तयार रहेको बताए । व्यवसायीहरुले अहिले समूहमा आबद्ध रहेका व्यवसायीहरुले काम गरिरहेका छन् । आगामी वर्ष लागानीलाई १ करोड पु¥याई अन्य व्यवसाय पनि सञ्चालन गर्ने बताएका छन् । समूहका सदस्यहरु आफै हाटबजारमा आएर पनि उत्पादित तरकारी विक्री गर्न थालेका छन् । रुपन्देहीमा व्यावसायिक कृषि बढ्दै गएको छ । जमिन लिजमा लिएर व्यावसायिक कृषि गर्ने समूह मध्ये पाँचौ भित्र यो समूह पर्छ । तरकारी खेती, पशुपालन, अष्ट्रिज पालनको व्यावसायिक अगाडि बढी सकेको छ । व्यावसायिक कृषिका लागि बाँझिएका जमिनहरु खन्ने क्रम सुरु भएको छ । व्यवसायिहरुले २४ विगाहा जग्गा वार्षिक १ लाख ७१ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन् । व्यवसायीहरुले
रोहणी खोला र वन क्षेत्रबाट बदेल, नीलगाई फर्ममा प्रवेश गरेर तरकारी रअन्य बालीलाई नष्ट गर्ने समस्या देखिन थालेको भन्दै त्यसको निराकरणका लागि सम्बन्धित निकायले पहल गरिदिन आग्रह गरेका छन् ।
तस्वीर: विकाश पराजुली
विकाश पराजुली
बुटवल, माघ ५ ।
बुटवलको सडक पेटीमा नियम विपरित सवारी चलाइ“दा पैदल यात्रीहरु समस्यामा पर्ने गरेका छन् । डिभाईडरका कारण नियमसंगत सडक प्रयोग गर्दा बढी दुरी पर्ने भएकाले मोटरसाईकल चालकले सडक पेटी प्रयोग गरेको पाइन्छ । यसमा ट्राफिक प्रहरी उदासिन बन्ने गरेको सर्वसाधारण पैदलयात्रुको गुनासो छ । फुटपाथबाट सवारी चलाएको देख्दा समेत प्रहरीले कुनै कारवाही नगर्दा मोटरसाईकल चालकको मनोबल बढेको पैदलयात्रुहरु बताउछन् । विशेषगरी राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्मको सडकपेटीमा मोटरसाइकल गुडेका देखिन्छन् ।
६ लेन सडक रेखाङ्कन भैसकेको अवस्थामा पेटीबाट सवारी चलाउदा दूर्घटनाको जोखिम समेत बढेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले केही समयअघि यसरी सवारी साधन चलाउनेहरुलाई कानुनी दायरामा ल्याउने प्रयास गरेको थियो । तर अहिले ट्राफिक प्रहरीको आखा अगाडिबाटै सडक पेटीमा सवारी दौडाउ“दा प्रहरीले नदेखेजस्तै गर्ने स्थानीय शुसिल अर्यालले बताए ।
‘पैदल यात्रीहरुलाई गा¥हो हुने गरी सडक पेटीबाट मोटरसाईकल दौडाउ“छन् त्यस्ता चालकलाई प्रहरीले कारबाही गर्नुपर्दछ’,उनले भने, ‘पेटीबाट मोटरसाईकल चलाउ“दा यात्रुहरु बढी दुर्घटनामा पर्न सक्ने सम्भावना रहन्छ ।’ पैदलयात्रीहरु हिडिरह“दा पछिबाट आउने सवारीले एक्कासी साईरन बजाउदा कतिपय यात्रुहरु त अत्तासिन्छन् । यता, सडक विस्तारका क्रममा प्रहरीले सडक क्षेत्रभित्र पर्ने सम्पुर्ण निर्माण सामग्रीहरु हटाएको भएपनि फेरि सडक क्षेत्रमा सामग्री राख्ने प्रवृत्ति बढेको छ । व्यापारीहरुले अहिले सडक क्षेत्र नै अतिक्रमण गरी निर्माणका सामग्रीहरु समेत राख्दै आइरहेका छन् ।
सडक विस्तारका लागि गरिएको रेखाङकन सम्म कुनै पनि त्यस्तो निर्माण सामग्री राख्न नपाइने भएपनि व्यापारीहरुले त्यसलाई अटेर गरी निर्माणका सामग्रीहरु राखेका हुन् । बुटवलको राजमार्ग चौराहा र मिलनचोक क्षेत्रमा बढी मात्रामा व्यापारीहरुले निर्माणका सामग्रीहरु सडक क्षेत्रभित्र राख्ने गरेको भेटिएको छ । त्यसका अलवा निर्माणका क्रममा रहेको कालिकानगर क्षेत्रका केही व्यापारिक प्रतिष्ठानहरुले पनि सडकमा नै निर्माण सामग्री राख्ने गरेका छन् ।
कतिपय स्थानमा समान लोड÷अनलोड गर्न ठुला सवारी साधन सडक पेटीमा राख्दा सडक पेटीनैं भत्किन थालेको छ । क्षमता भन्दा बढी तौलका त्यस्ता सवारीसाधन सडक पेटीमा राखी सामानहरु लोड÷अनलोड गर्दा पेटी भत्किएर ढलको पानी सडकमा आउने छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी शुसिल कुमार यादवले यदि सडक किनारमा निर्माण सामग्री राखिएको भेटिएमा त्यस्ता व्यापारीहरुलाई कारबाही गरिने बताए । उनले सडक पेटीबाट सवारी साधन नचालउनका लागि पहिले अनुरोध गरी चेतना दिएको बताउ“दै अब कारबाही नै गर्ने जनाए ।‘सडकमा कसैले केही राख्न पाउ“दैन, पैदल यात्रुहरुलाई अप्ठ्यारो पर्ने गरी नियम विपरित सवारी चलाउने कारबाहीको भागेदारी बन्नुपर्छ ।’ उनले भने । केही समय अघि सडक पेटीमा सवारी साधन चलाउनेलाई आफुहरुले कारबाही गरेको समेत उनले बताए । ट्राफिक प्रहरीले नियम विपरित कार्य गर्नेलाई कुनै पनि हालतमा नछाड्ने जनाएको छ ।

शंकरनगरमा रहेको बनबाटिकामा माया साट्दै गरेका एक प्रेम जोडि ।
बुटवल, माघ १० ।
अर्घाखाचीको हंसपुरबाट छोरालाई भेट्न बुटवल आएका मनिष घिमिरे यही मौकामा शंकरनगरमा रहेको शंकरनगर वनवाटिका जाने निर्णय गरे । छोरा अनिललाई साथै लिएर शंकरनगर घुम्न गएका उनले त्यहा पुगेपछि प्राकृतिक मनोरम मात्र होइन भर्खरका युवायुवतीका गतिविधि देखेर चकित परे । छोरास“गै रहेकाले उनलाई ती दृश्यले फरक अनुभूति गरायो ।
पर्यटकीय गन्तव्य बन्दै गएको बनबाटिका घुम्न पुगेका घिमिरेले युवायुवतिका लागि ‘डेटिङ स्पट’ समेत बन्दै गरेको निष्कर्ष निकाले । ‘पार्कमा फेमिलीस“ग नआउ“दो राम्रो हुने रहेछ, बाटिका हालै भेटिएका घिमिरेले मेचीकाली दैनिकलाई भने– ‘कलेज पोशाकमै आएका विद्यार्थीहरुलाई केन्द्रले रोक्नुपर्छ ।’ शंकरनगर वनवाटिमा मात्र होइन, यस क्षेत्रमा रहेका बुटवलको हिलपार्क, फुलबारी पनि डेटिङ स्पट बन्दै भएका छन् ।
हिजोआज यस क्षेत्रमा रहेका पर्यटकीय स्थानहरुमा आन्तरिक पर्यटन भन्दा बढी माया, प्रेम र मस्तीलाई नै जीवन ठान्ने जोडी अधिकमात्रामा देखिन थालेका छन् । पछिल्लो समयमा उनीहरुका लागि होटल र रेस्टुरा, पार्क र सिनेमा हलभन्दा पार्क र एकान्त जंगल नै उपयुक्त ‘डेटिङ स्पट’ बन्ने गरेको छ । आफूलाई २१ औं शताब्दीको युवापुस्ता ठान्ने त्यस्ता जोडीले नेपाली सामाजको मूल्य–मान्यताविपरीत सार्वजनिक स्थललाई माया गर्ने स्थानको रुपमा परिणत गर्न थालेकाले त्यहा घुम्न जाने आन्तारिक एवं बाह्य पर्यटकहरु अप्ठ्यारोमा पर्ने गरेका हुन् ।
बढ्दो भीडभाड र सहरीकरणले दिनदिनै शान्त र एकान्त स्थान भेटिन छाडेपछि डेटिङ जानेहरुका लागि बुटवलको फुलबारी, हिलापार्क, सिद्धबाबा, शंकरनगरको वनवाटिका पछिल्लो समय डेटिङ स्पटको विकल्प बन्न थालेका छन् । शान्त, रमणीय र सुरÔित स्थान भएको कारण आफूहरुको रोजाईमा यस्ता पार्कहरु पर्ने गरेको युवायुवतीहरु बताउछन् ।
फुलबारी, हिलपार्क, वनवाटिका, सिद्धबाबालगायतका क्षेत्रका एकान्त ठाउ“मा आलिंगन जोडी प्रशस्तै देखिन्छन् । कतिपय दृश्य यस्ता पनि हुने गर्दछन् जस्लाई परिवारस“ग गएकाहरुले नदेखेको झैं गरी हिंड्नुपर्ने समेत बाध्यता आइलाग्ने गर्छ । कतिपय त यस्ता युवायुवती पनि भेटिन्छन् जस्ले पार्कको मुख्य क्षेत्रमा अपाच्य गतिविधि पनि पनि गरिरहेका हुन्छन् ।
अमर्यादित क्रियाकलाप बढेको प्रत्यÔ देख्दा पनि नियन्त्रण्ँका लागि भएको प्रयास सफल हुन नसकेको पार्कका कार्यालय प्रमुखहरु बताउ“छन् । मणिमुकुन्द सेन उद्यानका कार्यालय प्रमुख विक्रम बस्यालले युवायुवतिहरुको जोडी आउने गरेको स्वीकार गर्छन् । ‘यहा“ हरेक समुहका घुम्न आउ“छन् । युवायुवतीहरु पनि आउ“छन् तर ति विद्यार्थीनै हुन्छन् भन्ने छैन ।’ उनले भने, ‘विद्यार्थीहरु पोशाकमा आउनेहरुलाई सोधिखोजी गरेर मात्र भित्र प्रवेश गर्न दिन्छौं ।’ फुलबारीमा घुम्नका लागि पारिवारिक व्यक्तिहरु समेत आउने हु“दा युवायुवतीलाई आफ्ना कर्मचारीले निगरानी गर्ने गरेको उनले बताए । फुलबारीमा प्लस टु तहका विद्यार्थीहरु बढी मात्रामा पार्कमा घुम्न आउने गरेको कार्यालयले जनाएको छ ।
फुलबारीमै भेटिएकी अनिषा गुरुङले प्रेमजोडीका लागि मनका कुरा साट्ने वातावरण उपयुक्त भएको कारण यहा आएको बताइन् । उनले भनिन् ‘प्रेम फस्टाउन र कुरा मिल्न वातावरणले नि प्रभाव पार्छ ।’ शान्त वातावरणमा उठेको रिस पनि शान्त हुने उनको अनुभव छ । पार्क मात्र नभई धार्मिक तथा पर्यटकीय स्थल शिद्धबाबामा पनि युवापुस्ताहरुको भरपर्दो डेटिङ स्पट बन्दै गएको छ । धार्मिक स्थल, प्राकृतिक भिन्नता र तल तिनाउ नदी पनि भएकाले सिद्धबाबा पनि युवायुवतीको रोजाई बन्दै गएको छ । शंकरनगर वनवाटिकाका अध्यक्ष बावुराम अर्यालले कलेज पोशाकमा आउने विद्यार्थीहरुलाई विहारभित्र प्रवेश गर्न नदिइने बताए ।
युवायुवतीहरु पार्कमा घुम्ने आउने भएपनि सवै माया साट्नकै लागि भने नआउने गरेको उनको भनाइ छ ।
विकाश पराजुली
बुटवल, पुस ४ ।
अनुदान रकम बढेपछि बायोग्यास प्लान्टका उपभोक्ता बढ्दै गएका छन् । सरकारले नविकरणीय उर्जा अनुदान परिचालन कार्यविधि पारित गरेर अनुदान नीतिमा परिमार्जन गरेपछि गोवरग्यास प्लान्ट प्रयोगकर्ता बढ्दै गएका हुन् । कार्यविधि पारितसंगै अनुदान रकम बढेको हो । यसअघिको तुलनामा गोवरग्यास प्लान्ट निर्माण गर्दा प्लान्ट धनीले अहिले अनुदान रकम दोव्वर पाउने गरेका छन् । यसअघि भौगोलिक क्षेत्रअनुसार २ घन मिटर क्षमताको प्लान्ट निर्माण गर्दा ९ हजार ७ सय रुपैया अनुदान दिने गरेकोमा अहिले १६ हजार रुपैया सम्म अनुदान प्रदान गरिन्छ । यसैगरी ४ घन मिटर क्षमताको प्लान्ट निर्माण गर्दा पहिले ९ हजार ७ सय पाइने गरेकोमा अहिले अनुदान २० हजार रुपैया पुगेको नेपाल बायोग्या“स प्रबद्र्धन संघ क्षेत्रीय कार्यालय बुटवलका कार्यक्रम अधिकृत नारायण काफ्लेले जानकारी दिए । यसैगरी ६ घन मिटर प्लान्ट निर्माण गर्दा ९ हजार ७ सय दिने गरेकोमा अहिले २४ हजार तथा ८ घन मिटर क्षमताको प्लान्ट निर्माण ९ हजार बाट बृद्धि गरी अहिले त्यो अनुदान रकम २५ हजार पु¥याइएको छ ।
सरकारले आर्थिक वर्ष २०६९/०७० मा अनुदान रकम परिमार्जन गरेको हो । उपभोक्ताले २ घन मिटर क्षमताको प्लान्ट निर्माण गर्दा जम्मा ४० हजार रुपैयाको लागत रकम लाग्ने बताइएको छ । यसैगरी ४ घन मिटर क्षमताका लागि ४८ हजार ८ सय, ६ घन मिटर क्षमताको प्लान्ट निर्माणका लागि ५७ हजार ७ सय ६१ तथा ८ घन मिटर क्षमताको प्लान्ट निर्माणका लागि उपभोक्ताले कुल ६७ हजार ८ सय ४६ रकम लाग्ने जनाइएको छ ।
बायोग्या“स प्लान्ट निर्माणको माग बढ्दो रहेपनि अनुदान रकम लिने प्रक्रिया झन्झटिलो तथा अनुदान रकम समयमानै नपाउदा प्लान्ट निर्माण धनीले सास्ती बेहोर्नुपरेको छ । किसानले पाउनुपर्ने अनुदान रकम सरकारले कम्पनीहरुलाई समयमानै भुक्तानीको व्यवस्था नमिलाईदिदा बढी सास्ती बेहोर्नु परेको बुटवल–१४ नयागाउका प्रेम प्रकाश पौडेलले बताए ।
बायोग्या“सले विद्युतीय आवश्यकता पुर्ति गर्ने तथा जलवायु परिर्वतनबाट हुने प्रभावलाई कम गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा अघि दिइने अनुदान रकमलाई सरकारले बढाएको हो ।
अनुदान रकम बढेसंगै प्लान्ट निर्माणको संख्या पनि लुम्बिनी अञ्चलमा बढ्दै गएको कार्यक्रम अधिकृत काफ्लेले बताए । लुम्बिनी अञ्चलमा सवैभन्दा बढी यस्ता प्लान्ट पाल्पा जिल्लामा निर्माण भएका छन् । पाल्पामा अहिलेसम्म ९ सय ९३ प्लान्ट निर्माण भैसकेका छन् । यस्तै नवलपरासीमा ७ सय ८४, कपिलबस्तुमा ५ सय ४२, रुपन्देहीमा ५ सय ४१, गुल्मीमा ९३ तथा अर्घाखाचीमा ५२ प्लान्ट निर्माण भएको उनले जानकारी दिए ।
त्यस्तै अनुदान रकम लक्षित परिवारका लागि पनि छुट्टै व्यवस्था हु“दा लक्षित समुहहरुमा पनि गोवरग्या“स प्लान्ट निर्माण गर्नेहरुको संख्या बढ्दै गएको बायोग्या“स प्रबद्र्धन संघ क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ । सरकारले एकल महिला, पिछडिएको बर्ग, विपद पीडित, गरिव, द्वन्द्व पीडित तथा सरकारले पहिचान गरेको लोपोन्मुख जनजातिलाई थप अनुदान रकम दिने व्यवस्था गरेको छ । यस्तै स्थानीय स्तरमा जिविस, गाविस, सामुदायिक वनले पनि बायोग्यास प्लान्टमा सहयोग गर्दै आएका छन् ।
सरकारले भौगोलिक क्षेत्र अनुसार लक्षित समुहका लागि २ घन मिटर क्षमताको प्लान्ट निर्माण गर्दा २ हजार, ४ घन मिटर क्षमताको प्लान्ट निर्माण गर्दा २५ सय तथा ६ घन मिटर क्षमताको प्लान्ट निर्माण गर्दा ३ हजार रुपैया थप अनुदान दिंदै आएको छ ।
बैकल्पिक उर्जाको रुपमा यसको प्रयोग बढाउनका लागि सरकारले बायोग्यासमा विभिन्न कायक्रमहरु सञ्चालन गरी बायोग्यास प्लान्ट निर्माणतर्फ आर्कषित बनाउदै गएको छ । यसअघि प्लान्ट निर्माण गरेको ३ बर्ष ग्यारेन्टी भएकोमा अहिले त्यो अवधि बढाएर ४ बर्ष गराएको छ ।
यसैगरी वि।स। २०५१ देखि २०५९ साल सम्म बनेका गोवरग्या“स प्लान्टलाई पुर्न स्थापना तथा क्षमता अभिबृद्धि परियोजना कार्यक्रम समेत अहिले सञ्चालनमा ल्याइएको छ । निकै पुराना भइसकेका त्यस्ता प्लान्टहरुलाई पुर्न स्थापना गर्नका लागि ३ प्याकेजमा विभाजन गरी कार्यक्रमलाई अगाडि बढाइएको छ ।यही असोजदेखि सुरु भएको यो कार्यक्रम प्रभावकारी भएको बताइन्छ । न्यूनतम प्याकेजमा पाईप लाईनमा चुहावट हुने, मध्यम प्याकेजमा चुहावट नियन्त्रण सगै उपकरणहरु फिटिङ तथा पुर्ण प्याकेज अन्तर्गत कुनै पनि सिभिल इनलेट, आउटलेट तथा अन्य मर्मतका कार्यहरु सो कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका छन् ।
विकाश पराजुली
बुटवल, पुस १३ ।
तपाईको भान्सा तथा घरबाट दैनिक कति फोहोर निस्कन्छ ? दैनिक रुपमा निस्कने फोहोर त्यतिकै खेर फाल्नु भएको छ ? भान्साबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न तपाईलाई गा¥हो भएको छ ? यदि यस्तो भएको छ भने अब तपाईले फोहोर व्यवस्थापनका लागि शहरी घरेलु बायोग्या“स प्लान्टको प्रयोग गर्न सक्नुहुनेछ । जसले गर्दा तपाईलाई बातावरणीय फाईदासं“गै आर्थिक फाईदा पनि हुनेछ ।
बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले शहरी घरेलु बायोग्या“स प्लान्ट निर्माणको कार्यक्रम अहिले नमुनाको रुपमा बुटवल उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य महासंघ काठमाडौंले आयोजना गरेको १४ औं औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला–२०७० पश्चिमाञ्चलमा प्रदर्शन गरेको छ । शहरी घरेलु बायोग्या“सले दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनमा टेवा पुग्ने र स्वच्छ ऊर्जा उत्पादन गरी ऊर्जासंकटलाई केही कम गर्नका लागि बैकल्पिक ऊर्जा कार्यक्रम अन्तर्गत यो बायोग्या“स प्लान्टलाई बुटवलमा प्रदर्शन गरिएको हो ।
राजधानी र पोखरामा यो बायोग्या“स प्लान्ट कार्यक्रम अहिले सञ्चालन भइरहेको छ । राजधानी तथा पोखरामा यो कार्यक्रम प्रभावकारी भएकाले यसलाई अन्य शहरहरुमा पनि विस्तार गर्नका लागि मेलामा नमुनाको रुपमा राखिएको नेपाल बायोग्या“स प्रबद्र्धन संघ क्षेत्रीय कार्यालय बुटवलका कार्यक्रम अधिकृत नारायण काफ्लेले बताए । भान्सा तथा घरबाट निस्कने फोहोरबाट घरमा खाना बनाउने इन्धनका रुपमा तथा ऊर्जाकै रुपमा यसको प्रयोग गर्न सकिने छ । ‘खेर जाने जैविक फोहोरलाई गलाएर ग्या“स उत्पादन गरिन्छ । उनले भने, ‘जलवायुको प्रभाव तथा दाउराको खपत कम गर्ने यो उत्तम विकल्प हो ।’ मेलामा आउने अधिकांश दर्शकहरुले यसको प्रयोग गर्न इच्छा देखाएको उनको भनाइ छ ।
यो प्लान्ट जडान पश्चात् सरदर ३३ प्रतिशत एल.पि.जी ग्या“स बचत हुने हु“दा महिनाको एक सिलिन्डर ग्या“स खपत हुने घरधुरीमा बार्षिक ४ सिलिन्डर ग्या“समा लाग्ने खर्चको बचत हुने हु“दा उपभोक्तालाई आर्थिक फाईदा हुने र त्यसैगरी फोहोरबाट निस्कने लेदो मलको प्रयोगबाट माटोको उर्वरा शक्ति कायम रहने र अर्गानिक फलफूल र तकारी उत्पादन गर्नमा सघाउ पुग्ने हु“दा यसबाट वातावरणीय र आर्थिक दुवै फाईदा लिन सकिने उनले बताए ।
शहरी क्षेत्रहरुमा फोहोर व्यवस्थापन राम्रोस“ग नहु“दा दिनप्रतिदिन समस्या बढिरहेकाले शहरमा घरेलु बायोग्या“स जडान गर्न सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत १० हजार रुपैया“ अनुदान दिन गरेको छ । सरकारले घरबाट दैनिक रुपमा उत्पादन हुने जैविक फोहोरलाई तह लगाउ“दै सानै भएपनि शहरमा घरेलु ग्या“स उत्पादन गर्ने नमुना अवधारण्ाँ ल्याएको हो । शहरमा घरबाट निस्कने फोहोरलाई घरमै तह लगाई त्यसबाट दैनिक खपत हुने बायोग्या“स उत्पादन हुने जस्तो राम्रो र अनुकरण्ँीय काम केन्द्रले सुरु गरेको भएपनि शहरवासीको कम चासो भएकाले यसको प्रचार प्रसार गर्न मेलामा नमुनाको रुप बनाई प्रदर्शन गरिएको काफ्लले बताए ।
घरमा उत्पादन हुने जैविक फोहोरलाई यसरी घरमै व्यवस्थापन गरे वातावरण पनि राम्रो हुने र आर्थिक रुपमा पनि फाईदाजनक हुने उनको भनाइ छ । एउटा उपभोक्ताले यो प्लान्ट जडान गर्नका लागि २० हजार खर्च गर्नुपर्ने छ । ‘फोहोरलाई व्यवस्थापन गर्न सजिलो हुने र ऊर्जा पनि प्राप्त हुने हु“दा यो कार्यक्रम राम्रो लाग्यो, शनिबार मेला स्थलमा भेटिएका आमा गाविसका अनुप थापाले भने, यो प्लान्ट जडान गर्ने योजना बनाएको छु ।’ उनले शहरहरुमा हुने फोहोरलाई व्यवस्थित गर्ने माध्यम यो शहरी घरेलु बायोग्या“स प्लान्ट बनेको बताए ।
घरमा प्रयोग भएर खेर गएका खाद्यान्न, सागसब्जी लगायत गल्ने कुरालाई बिशेÈ किसिमले बनाइएको एक घनमिटरको Ôेत्रफलको एउटा प्लाष्टिकको ट्यांकीमा जम्मा गरेको दुई महिना पछि त्यसबाट बाल्न मिल्ने ग्या“स निस्कने बताइएको छ ।
‘यसबाट ग्या“सको अभावलाई केही हदसम्म पूर्ति गर्न र फोहोर व्यवस्थापनमा सहयोग पुग्नेछ ।’ उनले भने ‘दर्शकहरुले प्लान्ट निर्माणमा चासो देखाएका छन् ।’ भारतमा यस्ता प्लाण्ट सफलतापूर्वक सञ्चालन भएकाले पनि शहरी क्षेत्रमा यस्तो प्लाण्ट जडान गरी बायोग्या“स उत्पादन गर्ने तयारीका साथ यो कार्यक्रमालाई अगाडि बढाइएको बताइएको छ । (बाकी ४ पेजमा)
विज्ञहरुका अनुसार प्रत्येक दिन २ किलो फोहोर संकलन गर्न सकिएमा ४ जनाको परिवारलाई बिहान र बेलुका दुवै समयमा खाना पकाउने ग्या“स आपूर्ति गर्न सकिन्छ । शुरुमा ३० किलो फोहोर संकलन भएपछि बायोग्या“स उत्पादन गर्न सकिने छ । ‘यो फोहोरबाट बायोग्या“स उत्पादन गर्दा लाग्ने खर्च ४ वर्Èमै उठ्ने रहेछ, यो कार्यक्रम राम्रो लाग्यो मेला स्थलमा भेटिएका सेमलारका अर्जुन न्यौपानेले भने ।’ यसको प्रयोग गर्ने सोंच बनाएको छु ।’ अन्य ग्या“सप्रयोग गर्नुभन्दा बायोग्या“स प्रयोग गर्नु सस्तो पर्ने भएकाले पनि आफुले यसको प्रयोग गर्ने योजना रहेको उनले बताए । बायोग्या“स प्लाण्ट सञ्चालन गर्नका लागि दुई ओटा ट्याङकी आवश्यक पर्छ । एउटा ट्याङकी फोहोर कुहाउन र अर्को कुहेको फोहोरबाट बायोग्या“स उत्पादनका लागि प्रयोग गरिन्छ ।
विकाश पराजुली
बुटवल, मंसिर २१ ।
रुपन्देही जिल्लामा रहेका कृषकले तरकारीमा हानिकारक विषादीको प्रयोग गर्न क्रम झन् बढ्दै गएको छ । आफैले खानुपर्ने खाद्यान्यबालीमा विषादी प्रयोग गर्न नहुने जानकारी कृषकहरुमा भए पनि तरकारी बढी फल्ने लोभले कृषकहरुले घातक विषादीको प्रयोग गर्न नछाडेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले बताएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार पुराना कृषकले पनि प्रतिवन्धित विषदी प्रयोग गर्ने गरेको पाइएको कार्यालयका बालीसंरक्षण अधिकृत जमाल खा“ले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा कृषकले प्राङ्गारिक खेती प्रणाली अपनाउने गरेको भएपनि अझै प्रभावकारी भने हुन सकेको छैन ।
‘एउटा किसानले मात्रै प्राङ्गारिक खेती गरेर हुदैन, एउटा क्षेत्रका सबै कृषकले गर्नुपर्ने हुन्छ, खा“ ले भने ‘उचित सरकारी नीतिकै अभावमा यो संभव हुन सकेको छैन ।’ जिल्लाका अधिकांश कृषकहरुले प्राङ्गारिक मलको अभाव देखाउ“दै तरकारीमा विषादीको प्रयोग गर्ने गरेका छन् । शंकरनगरका कृषक कृष्ण गैरेले प्राङ्गारिक मलको प्रयोग गर्दा फल त्यति धेरै नलाग्ने कारण पनि विषादीको प्रयोग गर्न बाध्य भएको बताए । उनले प्राङ्गारिक मलको प्रयोग जिल्लाका कृषकहरुले कमै मात्रामा प्रयोग गर्ने गरेको बताए ।
विषादी प्रयोग नगरेको बालीमा राम्रोस“ग उत्पादन नहुने भएकाले पनिे घातक विषादीको प्रयोग गर्नुपरेको गैरेले बताए । कुनै किसानले प्राङ्गारिक खेती गरेपनि स“गैका अर्का किसानले विषादी प्रयोग गरेपछि त्यो क्रम बढ्दै गएको बताइएको छ । बढ्दो विषादीका कारण बालीनाली घट्ने मात्र नभई मानिसको स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भएकाले विषदी न्यूनीकरण गर्न र हानीकारक विषादी भने प्रयोग नै गर्न नहुने बालीसंरक्षण अधिकृत खा“को भनाइ छ । नेपालमा थायोडान, विएचसी, फस्मामेडिनलगायत १५ प्रकारका हानिकारक औषधि प्रयोगमा बन्देज लगाइएको छ । रातो लेबलका औषधि खतरनाक हुने र पहेंलो, निलो र हरियो सङकेतका औषधि प्रयोग गर्न मिल्ने भएपनि कृषक यसप्रति सचेत भने हुन सकेका छैनन् । यी औषधिले वातावरण स“गै मानव स्वास्थ्यमा निकै असर पर्ने भएकाले सचेत हुनुपर्ने उनले बताए ।
बढ्दो विषादीका कारण बस्तुभाउमा पनि नराम्रो असर परिरहेको विज्ञले बताएका छन् । उत्पादन बढाउने नाममा प्रयोग गरिएको विषाीले सत्रु जीव बढ्दै गएको भन्दै आवश्यक परेमा पनि प्राविधिकको सल्लाहमा मात्र औषाधि प्रयोग गर्न कार्यालयले सबैलाई अनुरोध समेत गरेको छ । रुपन्देही जिल्लामा ८२ हजार ६ सय ५० हेक्टर खेतीयोग्य जमिन रहेको छ । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत भिमनाथ शर्माले कृषकहरुले सानो लगानीमा बढि आम्दानी खोज्ने कारणले पनि तरकारीमा विषादीको प्रयोग गर्ने गरेको बताए ।
रुपन्देही जिल्लामा करिव २५ सय हेक्टर क्षेत्रफलमा हिउदे तरकारी खेती गरिन्छ । त्यसैगरी करिव ५० हेक्टर क्ष्ेत्रफलमा प्राङगारिक तरकारी खेति गरिने तथ्याङ छ । यद्यपी त्यो तथ्याङमा भने जस्तो पछिल्लो समय तरकारीमा प्राङगारीक मलको प्रयोग भने कम भएको कार्यालयले जनाएको छ । रुपन्देहीमा खुरावगर, आमा, सुर्यपुरा, कमरिया, पर्रोहा, मानमटेरिया, मक्रहर, देवदह, खड्क बनगाई,मझगावा क्षेत्रमा विशेष गरी तरकारी खेति हुने गर्दछ ।
विकाश पराजुली
बुटवल/
प्राविधिक विषयतर्फ नर्सिङ अध्ययन गर्नेहरुको जमात निकै ठूलो छ । नर्सिङप्रति जति क्रेज छ, उति नै प्रतिस्पर्धा पनि । स्टाफ नर्स तथा अनमी कोर्स सकेपछि सोझै रोजगार वजारमा प्रवेश गर्ने भएकाले यस्तो प्रतिस्पर्धा बढेको हो । नेपाली रोजगार बजारमा बर्सेनी ४ हजार नर्स थपिने तथ्यांक छ । प्रमाण्ँपत्र तहको स्टाफ नर्सपछि स्नातक र स्नातकोत्तरसम्म अध्ययन गर्न सकिने भए पनि पढाई छाडेर रोजगारीको खोजीमा लाग्ने धेरै छन् । त्यसो त स्टाफ नर्स पछि नर्सिङमा स्नातक गर्न केही बर्ष स्वास्थ्य क्षेत्रमा काम गरेको हुनुपर्ने प्रावधानले गर्दा पनि यस्तो अवस्था आएको हो ।
नर्सिङ पढ्नेहरुको संख्या बढ्दै गएको छ । त्यही अनुपातमा विभिन्न नर्सिङ कलेजहरु खोल्ने क्रम पनि बढ्दै छ । देख्दा भलाद्मी पनि हुने यो पेशा सामाजिक पेशा पनि हो । त्यसैले पनि सवैको आकर्षण बन्दै गएको छ नर्सिङ पेशामा ।
रोगीलाई औषधी खुवाउने, सुई दिने तथा रक्तचाप ९प्रेसर० नाप्नेमा मात्र सीमित छैन, नर्सको भूमिका बिरामीलाई औषधीमूलोसंगै सम्पूर्ण स्याहार गर्ने, रोगका बारेमा बताउने, परामर्श दिने एवं चौबीसै घण्टा प्रत्यक्ष निगरानी गर्ने जिम्मेवारी बहन गर्नुपर्छ उनीहरुले । वार्डको सम्पूर्ण वातावरणको व्यवस्थापन गर्ने जिम्मेवारी पनि नर्सकै हुन्छ । यी कामलाई राम्रोसंग सञ्चालन गर्ने, गराउने र निगरानी राख्ने काम बिएससी नर्सिङ ९ब्याचलर इन नर्सिङ साइन्स० तथा बिएन ९ब्याचलर इन नर्सिङ० ले गर्नुपर्छ । यी त केही उदाहरण मात्र हुन नर्सले गर्ने काम । देख्दा सामान्य देखिने यस्ता कार्य आफैमा जटिल छन् जुन आफ्नो ज्यानलाई नै जोखिम मोलेर गर्नुपर्नेहुन्छ ।
बाहिरबाट हेर्दा सवैलाई राम्रो र सजिलो काम हो यो पेशा भन्दा कोही गलत हु“दैन । तर, यति भलाद्मी पेशाभित्र पनि केही खोटहरु हुने गर्दछन् । विरामीको सेवा सत्कारमा दिनरात विताउने नर्सहरुका आफ्नै पीडा छन्
अध्ययन गरी नर्स पेशामा लागेकाहरुको यहा“ सहि सम्मान भएको पाईदैन । सेता कपडा लगाएर विरामीको हेरचारमा दिनरात खट्ने नर्सहरुको श्रम धेरै नै शोषण भएको छ । लाखौ रकम खर्च गरेर पढ्ने नर्सहरु अहिले सामान्य पारिश्रमिकमा काम गर्न बाध्य छन् ।
बुटवलको एक अस्पतालमा मासिक चार हजारबाट काम थालनी गरेकी सिमा श्रेष्ठ त्यसको एक उदाहरण हुन् । ६ महिनासम्म स्वयंसेवक बनेकी उनले चार हजार पनि नियमित पाउ“दिनन् । त्यति मात्र होइन गाडीभाडा र खाजा खाने तलब पनि पाईदैन । ‘पा“च लाख खर्च गरेर पढ्यो जागिर पाईदैन । पाईएपनि यति थोरै तलव पाईन्छ उनले भनिन् ।’
तर कतिपय विद्यार्थीहरुले भने पढ्दा सिकेको सीप नबिर्योस् भनेर मात्रै कम तलबमा काम गर्नुपर्ने बाध्यता रहेको बताउछन् । पाल्पामा नर्सिङ अध्ययन गरी बुटवलको तिलोत्तमा अस्पतालमा काम गर्ने सुकु काउछाको भनाइ पनि सिकेको सीपलाई नुभुल्नकै लागि भएपनि कम पारिश्रमिकमा काम गर्नुपरेको बताउ“छिन् ।
अरु विषय पढ्न भन्दा नर्सिङ विषय पढ्दा अरुको सेवा गर्न पाईने कारणले यो पेशालाई रोजेको उनको भनाइ छ । सामाजसेवाको भावनालाई आत्मसाथ गर्दै रोगीहरुको सेवा गर्न मन पराउने कारण पनि उनी यो पेशा अंगालेको बताइन् । देशमा बढ्दो बरोजगारीका कारणले नर्सहरुले कम पारिश्रमिकमा काम गर्नुपरेको उनको बुझाई छ ।
त्यस्तै बाग्लुङबाट नर्सिङ अध्ययन गरेका रामबहादुर परियार यो पेशा संवेदनशील पेशा भएपनि सरकारी स्तरबाट राम्रो नियम कानुन बन्न नसक्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताउछन् । उनले स्वास्थ्य युनियन भएपनि केही काम नगरेकाले पनि नर्सहरुले उचित सम्मान पाउन नसकेको बताए । अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि प्रतिस्पर्ध बढेसंगै उत्पादन पनि बढी हु“दा कामको उचित मुल्यांकन नहुने गरेको उनले बताए । अन्य कलेजको भन्दा सीटीईभीटी अन्तर्गत अध्ययन गरेका विद्यार्थीले जागिर पाउन मुस्किल रहेको उनको भनाइ छ । त्यसो त काम पाइहाले पनि व्यापक पहुचको उपयोग हुने गरेको छ । सेवा भावको कार्य रहेको नर्सिङ पेशामा बर्सेनी चुनौती पनि थपिंदै गएको छ । उनका अनुसार एक÷दुई भाग्यमानी बाहेक निजी क्षेत्रका ठूला अस्पतालमा समेत पुराना नर्सलाई ठीकै भए पनि नया“हरुको स्थिति भने अत्यन्त दयनीय भएको बताउ“छन् ।
सेवा छिटो र छरितो हुने आशा गर्दै विरामीहरु निजी क्षेत्रका अस्पतालमा धाएका हुन्छन् । यस कारण जनताले पैसा सबैभन्दा बढी निजी क्षेत्रको अस्पतालमै तिर्छन् तर त्यहा“ भर्ना गरिएका नया नर्सिङ स्टाफले अत्यन्त न्यून तलब पाउ“छन् । अझ स्वयंसेवक पनि हुन पुग्छन् । पढ्दा रमाईलो मान्ने भएपनि पढाई सकिएपछिको अवस्था नर्सिङ पेशामा नया आउनेहरुको लागि त अत्यन्तै दयनीय स्थिति छ । यसरी नर्सिङ पेशामा लागेकाहरुको यस्तो अवस्था हुदा पनि किन आकर्षण बढेको छ त रु प्रश्न सवैका लागि गम्भीर छ । कारण यो बाढी आए जस्तो उत्पादनले गर्दा भएको हो ।
बर्सेनी स्वदेश र विदेशबाट अध्ययन गरी करिब एक हजार ६ सय सम्म नर्स उत्पादन हुदै आएका छन् । यसमध्ये ७५ प्रतिशतभन्दा बढी बेरोजगार छन् । धेरै बढी उत्पादन हुदा आवश्यकता एकवटा नर्स भएको ठाउ“मा सयभन्दा बढीले आवेदन दिने गर्दछ । यस कारणले पनि नर्सहरु धेरै भएकै कारणले पनि अस्पतालका हाकिमहरुले बढी भन्दा बढी श्रमशोषण गरेको उनको बुझाई छ ।
तर, कतिपय नर्सहरुले भने सिटिईभिटिले रोजगारको ग्यारेन्टी गरेर मात्र विद्यार्थीहरु उत्पादन गर्नुपर्ने बताउ“छन् । बुटवल हस्पिटल प्रा।लि की नर्स सृष्टि श्रेष्ठ सामान्य पसल सञ्चालन भएजस्तै निजी अस्पतालहरु सञ्चालनमा आएपनि त्यस्ता अस्पतालहरुले नर्सलाई अझ बढी हेपाहा प्रवृत्ति समेत गर्नेगरेको बताउ“छिन् । उनका अनुसार सरकारी अस्पतालबाहेक सवै निजी अस्पतालहरुमा नर्सहरुलाई डोमिनेट गर्ने तथा डाक्टरहरुको नजरमा नराम्रो मान्ने गर्दछन् । त्यस्तै अर्की नर्स रिता खासु पनि नेपालमा नर्सहरुको अवस्था अत्यन्तै दयनीय भएको उनी पनि स्वीकार गर्छिन । धेरै रकम खर्च गरेर पनि राम्रो पैसा नेपालमा कमाउन नसक्ने उनले बताईन् । निजी अस्पतालहरु खोल्ने संख्या बढेको भएपनि त्यहा नर्सलाई उचित पारिश्रमिक नदिने गरेको उनको भनाइ छ । काममा मात्र बढी लगाउने तर तलव भने साधारण कर्मचारीको भन्दा धेरै नहुने उनको भनाइ छ । यता अस्पताल सञ्चालकहरु भने मुख्य गरी सवै क्षेत्रमा नै यस्तो भएको बताउछन् । मेडिटेक अस्पतालका लेखापाल गोविन्द प्रसाद नेपाल बेरोजगारका कारण नै मुख्य समस्या रहेको बताउ“छन् । उनले सवै क्षेत्रमा यस्तै प्रवृत्ति हावी भएको बताए ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा दÔ नर्सिङ जनशक्तिको माग बढे पनि प्रतिनिधी पात्रहरुले जस्तै समस्या धेरै नर्सले भोगिरहेका छन् । कतिपय विज्ञहरुले भने रोजगारी समस्या प्रमुख चुनौती भएकाले नर्सिङमा पनि यो समस्या देखिएको बताउ“छन् ।
नेपाली समाजमा हसौली–ठट्यौलीका रुपमा बोलि“दै आएको छोरी बिग्रिए नर्स र छोरा बिग्रिए कमर्श भन्ने आख्यान अहिले बेकारको उखान सावित भएको सवैले बुझेका छन् । आफ्ना छोरीहरुलाई नर्स नै बनाउने गरी अभिभावकको सोंचमा आइरहेको परिवर्तनस“गै नर्सिङ शिक्षा पनि लोकप्रिय हु“दै गएको पाइन्छ । अन्य शिÔाभन्दा मह“गो शिक्षाको रुपमा रहेको नर्सिङ शिक्षालाई नेपालमा रोजगारीको अवसर तथा सामाजिक प्रतिष्ठास“ग जोडेर अभिभावकले हेर्ने दृष्टिकोणमा अहिले भने केही परिर्वतन आएको छ । अभिभावकले धेरै रकम खर्च गरी छोरा छोरीहरुलाई नर्सिङ पढाएपनि त्यहि अनुपातमा रोजगार नपाउदा अहिले अभिभावकहरुको मन बदलिन लागेको छ ।
स्वास्थ्य सेवाको कुरा गर्दा नर्सबिनाको सेवाको कल्पना गर्न सकि“दैन । नेपालमा मात्र होइन, संसारका हरेक मुलुकमा नर्सको महत्व उत्तिकै छ । आज नर्सिङ शिक्षा, सेवा र भूमिका निकै ठूलो परिवर्तन आएको छ । नेपालमै नर्सिङ शिÔामा डिग्रीसम्मको अध्ययन सम्भव छ र नेपालमा अध्ययन गरेका नर्सहरुले विश्वका अति विकसित मुलुकहरुमा पनि सेवा दिइरहेको पाइन्छ । जुनसुकै शल्यक्रियामा सहयोग गर्नु, प्रसव गराउनु, बच्चालाई दुध खुवाउन मद्धत गर्नुजस्ता अनगिन्ती काम जिम्मेवारीका साथ बहन गर्नुपर्ने नर्सहरु आफैंमा एक चिकित्सक, प्रशासक, बिरामी, बिरामीका आफन्त र शिक्षिकाका रुपमा देखिन्छन् । तर पनि लगानीकर्ताहरु नर्सको काम केही देख्दैनन् र श्रमअनुसारको उचित पारिश्रमिक दिन सक्दैनन् । तर यसको अर्थ नलागोस्की सवै ठाउ“मा नर्सको श्रमको सम्मान हुदैन भनेर ।












