भैरहवा । देशका विभिन्न जिल्लालाई साक्षार जिल्ला घोषणा गर्ने क्रममा रुपन्देही जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गरिएको छ । काठमाडौं उपत्यकाको ललितपुर जिल्लालाई सबैभन्दा पहिले साक्षार जिल्ला घोषणा गरिएको थियो भने योसँगै रुपन्देही जिल्ला १६ औँ साक्षर जिल्लाका रूपमा दरिएको छ ।
कुनै पनि गााविस, नगरपालिका, उपमहानगरपालिका तथा जिल्लामा रहेका १६ वर्षदेखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशतभन्दा बढी जनसंख्या साक्षर भएपश्चात् साक्षर घोषणा गर्ने युनेस्कोको प्रावधान रहेको छ । नेपाल सरकारले सन् ०१५ सम्ममा सबैलाई साक्षर बनाउन राष्ट्रिय साक्षरता अभियानअन्तर्गत रुपन्देहीमा पनि आर्थिक वर्ष ०६९/०७० देखि साक्षरता अभियान सञ्चालन भएको थियो । साक्षर प्रतिशतलाई ९५ प्रतिशतभन्दा बढी अर्थात् ९६ दशमलब १७ प्रतिशत पु¥याएर साक्षर जिल्ला घोषणा गरिएको हो । स्थानीय सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार एक कार्यक्रमकाबीच शिक्षामन्त्री चित्रलेखा यादवले रुपन्देहीलार्ई साक्षर जिल्ला घोषणा गरेकी हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा शिक्षामन्त्री यादवले यसरी साक्षर जिल्ला घोषणा गरेसँगै यस जिल्लाका मानिस साक्षर भएको संकेत गरेकी थिइन् । उनले शिक्षालाई धनसम्पत्तिको संज्ञा दि“दै शिक्षालाई बेचेर धन किन्न सकिने तर धन बेचेर शिक्षा प्राप्त गर्न नसकिने बताउ“दै कुनै पनि राष्ट्रलाई विकसित बनाउन शिक्षा मुख्य अंगको रूपमा रहने समेत बताइन् ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले ०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या ८ लाख ८० हजार एक सय ९६ रहेकामा आठ लाख ४६ हजार चार सय ८४ जना साक्षर भएको बताए । योसँगै ०६९ वा अभियान सुरु गरे यता करिब ६ करोड लगानीमा हालसम्म ९५ हजार एक सय ७२ जनालाई साक्षर बनाइएको समेत थापाले जानकारी दिए ।

बुटवल, २३ जेठ । गुल्मी जिल्लाको अर्जै उच्च मा.वि. मा राजनितीले उग्र रुप लिएपछि शिक्षकहरूबीच नै हात हालाहाल भएको छ ।
भनिन्छ, विद्यालय शिक्षाको ज्योति दिने
ठाउँ हो । तर अर्जै उच्च मा.वि मा कार्यरत शिक्षकहरूले आफ्नो पदीय दायित्व
विर्सदै पाटीको झण्डा बोकेर हिड्न लागेपछि विद्यालयले नै यतिबेला अस्त
व्यवस्थ भएको छ । महिना दिनमा नै प्रध्यानध्यापकको राजिनामाा आउने
विद्यालयमा पछिल्लो एक साता अघि शिक्षकहरू बीच कुटपिट भएको घटना सार्वजनिक
भए सँगै विद्यालयको यथार्थ बाहिर आएको छ ।
जेठ १२ गते विद्यालय समयमा बैद्य माओवादी
निकट मानिने शिक्षक जोरासिंह पुनले विद्यालयमा मादक पर्दाथ सेवन गरी प्र.अ
लाई अपच शव्द प्रयोग गर्दै बेईज्जती गरेको स्रोतले बताएको छ । तर यो कुरा
भने शिक्षक पुन पक्षले स्वीकार गर्ने पक्षमा भने देखिएको छैन । कांग्रेस,
एमाले शिक्षकहरू एक पक्षमा उभिएका छन् भने एमाओवादी, बैद्य माओवादी
शिक्षकहरू अर्को पक्षमा उभिएका छन् ।
जेठ १२ गते जोरा पुनले प्र.अ को
कार्यकक्षमा पुगि गुप्ताङग देखाएको आरोप कांग्रेस, एमाले निकट मानिने
शिक्षकहरूको दावी छ । “अर्मादित कार्य जोरासरले गरेका हुन” स्रोत भन्छ“
शिक्षक धनिश्वर अर्याल र शिक्षक पदम पाण्डेलाई जोरासरले हानेर उनी भागे ।”
पदम पाण्डेलाई जोरासिंहले आखामा चोट लाग्ने
गरि मुक्का प्रहार गरेको बुझिएको छ । रुकुम जिल्ला स्याल पाखा गाविसका
जोरासिंह पुन ०६२ असार १६ गते अस्थायी दरबन्दीमा माविका गणित शिक्षक हुन ।
मुक्का प्रहार गरेपछि जोरासिंह भागेको र
अर्को विहान १३ गते प्रहरी चौकी ईस्मामा गई गल्ती भएको र माफ पनि मागेको
कांग्रेस, एमाले निकट शिक्षकहरूले बताएका छन् । “गल्ती जोरासिंहको मात्र
छैन, यहाँ धेरै संडयन्त्र रचिएका छन्” बैद्य निकट मानिने स्रोतले
भन्यो–“जोरालाई पिल्लरमा बानेर समेत पिटेका छने ।”
पुनलाई त्यहाँका शिक्षकहरूले पिल्लरमा
बानेर पिटेको बुझिएको छ । “पदमको रगत देखिएर पिटेको प्रमाणित भयो, तर
जोरासिंहलाई पनि पिल्लरमा बानेर पिड्दा पनि चोट लाएन, त्यहि भएर प्रमाण
भएन” स्रोतले भन्यो ।
प्रत्यक्षदर्शिका अनुसार जोरासरलाई
पिल्लरमा बाधेको बताएका छन् । “म जाँदा पिल्लरमा बाधिएको थियो, हामीले यसो
गर्न हुन्न भन्यौ” नाम नभन्ने सर्तमा प्रत्यदर्शीले भने ।

विद्यालय क्षेत्रभित्र मदिरा
विकाश पराजुली
बुटवल, बैशाख ८ । विद्यालय क्षेत्र वरपर कुनै पनि मदिरा एवं मदिराजन्य वस्तुको विक्री वितरण गर्न नपाईने भएपनि यस क्षेत्रका केही विद्यालय नजिकका पसलहरुमा मदिरा तथा मदिराजन्य वस्तुको विक्री हुदै आएको पाइएको छ ।
सरकारले सार्वजनिक स्थान तथा विद्यालय क्षेत्रको १ सय मिटर नजिक कुनै पनि सुर्तिजन्य व्यापार व्यवसायी एवं विक्री गर्न नपाईने भनेको छ । तर नियम भएपनि त्यसको ठोस कार्यान्वयन अझै हुन सकेको छैन् ।
सरकारले ०६८ साउन २२ गतेदेखि लागु हुने गरी सार्वजनिक स्थान तथा विद्यालय क्षेत्रभित्र धुम्रपान एवं मदिरा जन्य वस्तुको विक्री वितरणमा रोक लगाएको थियो । बुटवल क्षेत्रका केही प्रतिष्ठित निजी तथा सामुदायिक विद्यालयहरु परिसरमा खुलेयाम रुपले प्रतिबन्धित मदिरा एवं चुरोट विक्री वितरण ह“ुदा समेत सम्बन्धित निकायले त्यसको रोकथामका लागि कुनै कदम चाल्न सकेको छैन् । अझ कुनै विद्यालयहरुले त विद्यालयकै सटरमा होटल सञ्चालन गरी मदिरा समेत विक्री वितरण गर्दै आएका छन् । बुटवल ५ मा रहेको तिलोत्तमा माविले आफ्नै माताहातमा रहेका सटरहरुमा मदिरा विक्रीका पसलहरु समेत भाडामा दिएको छ ।
विद्यालयले भाडामा लगाएको सटरमा यसरी मदिरा विक्री वितरण हु“दा जिल्ला शिक्षा कार्यालयले पनि यस बारेमा केही बोलेको छैन । विद्यालयका प्राचार्य बावुराम विश्वकर्माले सो पसल हटाउनका लागि समितिमा छलफल अगाडि बढिसकेको र अब छिट्टै पसल हटाउनका लागि विद्यालयले पत्रचार गर्ने बताए । नीति नियमलाई कार्यान्वयनमा ल्याउने जिल्ला शिक्षा कार्यालयको काम भएपनि विद्यालय क्षेत्रमा के भएको छ भन्ने बारे अनुगमन गर्न नसक्दा यस्तो समस्या देखिएको अभिभावक संघ रुपन्देहीले जनाएको छ ।
अभिभावक संघ रुपन्देहीका अध्यक्ष्ँ लोकनाथ ज्ञवालीले विद्यालय क्ष्ँेत्रभित्र मदिरा विक्री वितरण गर्नु दुःखत कुरा भएकाले त्यसको नियन्त्रणका लागि जिल्ला शिक्षा कार्यालयले तदरुकता देखाउनुपर्ने बताए । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले विद्यालयले क्षेत्रमा कुनै पनि प्रतिवन्धित व्यवसाय गर्न नपाईने र यदि त्यस्ता विद्यालयहरु भेटिए कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
त्यस्तै बुटवल १३ देविनगरमा रहेको नविन औद्योगिक कदर बहादुर रिता उच्च मावि नजिकैका पसलहरुमा पनि खुलेयाम रुपले मदिरा एवं चुरोट विक्री हु“दै आएको छ । जिल्लामा तिलोत्तमा र नविन औद्योगिक जस्ता कयौ विद्यालयहरुले नियम विपरित यस्ता कार्यहरु गर्दै आइएको बुझिएको छ । केही निजी स्कुलहरु नजिकका पसलहरुले पनि नियमको उल्लंघन गर्दै चुरोट तथा मदिराको विक्री गर्दै आएका छन् । त्यसैगरी प्लस टु मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाकमा होटल तथा रेष्टुरेन्ट भित्र प्रवेश गर्न नपाईने नियममा उल्लेख भएपनि यसको पनि कार्यान्व्यन हुन सकेको छैन । जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म विद्यार्थी पोशाकमा होटल तथा रेष्टुरेन्टमा जाने विद्यार्थीहरुलाई कुनै पनि कारबाही गरेको रेकर्ड छैन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएपी दिनेश कुमार आचार्य यदि विद्यालयले आफ्नै हातबाट त्यस्तो कार्य गरेको भए आफुहरुले कारबाही गर्ने बताए । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रणका लागि दस्ता खडा गरेर नियन्त्रणको प्रयास गरेपनि सो दस्ता विद्यालय नजिकका पसलहरु सम्म अझै पुग्न सकेको छैन् । ‘तपाईले भन्नुभएको कुरा जायज हो, हामीले यसको नियन्त्रणका लागि अब एक्सनको थालनी गर्छौ आचार्यले भने ।’

विकाश पराजुली
एसएलसी, एसएलसी भन्दा भन्दै परीक्षा दिन पनि आउनै लाग्यो भोली देखि त एसएलसी परीक्षा नै हो । कतै मन आत्तिएको छ होला हैन ? के हुन्छ, कसो हुन्छ भनेर । तर आत्तिनु पर्दैन तिमीले यस अघि दिएका परीक्षा जस्तै हो यो परीक्षा पनि । कतिले तिमीलाई भन्छन होला यो त फालामे ढोका हो तर त्यो होइन यो त उच्च शिक्षा जाने एउटा फुड्किलो हो । के फुडकिलो उक्लन पनि डर मान्ने हो त ? विचार गर यस अघि दिएको परीक्षा भन्दा यो परीक्षा विल्कुलै फरक छैन ।
बर्षभरी एसएलसीको तयारीमा तिमीहरु लागेको छौ । कतिले अतिरिक्त कक्षा लिएर थप अध्ययान गरेका छौ होला त कतिले नियमित स्कुल तथा घरमा अध्यायन गरेका छौ होला । जे जस्तो भएपनि अब तिमीहरु डराउनु पर्दैन यो परीक्षा कस्तो हुने हो । कतिलाई पास, कतिलाई फेल त कतिलाई राम्रो नतिजा चाहिएको छ तिमीहरुलाई । क्षमतावान भएका विद्यँर्थीहरु उत्कृष्ट नतिजा खोज्नेछन् भने कमजोर विद्यार्थीहरु मात्र पासको प्रतिक्षामा छन् । अझ सुरुको दिन त अंग्रेजीको परीक्षा । आफ्नो मातृभाषा भित्र नपर्ने यो अंग्रेजी विषय विशेषतः सामुदायिक विद्यालयमा अध्ययान गर्ने विद्यार्थीहरुलाई निकै ग्राहो पर्दछ । हो परीक्षा सुरु हुनै लाग्यो भन्दा यतिबेला विद्यार्थीहरुको मुटुले ठाउ छाडेको छ । परीक्षामा कस्तो हुने होला, कस्तो प्रश्नपत्र आउछ ? कति विद्यार्थीहरुलाई अर्को समस्या पनि छ जुन समस्या हो, प्रश्ननै राम्रो संग नबुझी उत्तर लेख्नु । प्रश्नले भन्न खोजेको एउटा तर तराई भने फरक यो कारणले तिमिहरुले राम्रो अंक परीक्षामा ल्याउन सक्दैनौ ।
तिमीहरुले नियमित पक्रिया जस्तै यो एसएलसी परिक्षालाई पनि बुझ । सधै दिए जस्तै यो परीक्षालाई उहि दर्जामा राखी आफ्नो आत्मबल बढाउ । तिमी परीक्षामा डराउनु पर्दैन । यस अघि तिमीहरुले धेरै परीक्षा दिईसकेका छौ । अब तिमीहरु अन्तिम तयारीमा छौ किनभने परीक्षा भोलीबाटै सुरु हुदै छ । बजारमा पाईने अनेगिन्ती सहयोगि पुस्तकहरु तर्फ पनि तिमीले ध्यान नदेउ । क्षणिकको लागि मात्र यस्ता सहयोगि गेसपेपरले मद्दत पु¥याउन सक्ला त्यो एउटा पाठ हो तर भोली गएर व्यवहारिक ज्ञान पाउन यसबाट ग्राहो हुन्छ ।
यो तिमीले राम्रो संग बुझेका छौ त्यसैले पनि मैले बारम्बार भन्दा ठिक नहोला । भोलीबाट परीक्षा तिमीले अब आफ्नो मेन्टालिटि ठिक बनाउ । नडराउ तिमीहरु, नलेउ चिन्ता पनि । चिन्ता लिएर आफ्नो आत्मबललाई कमजोर नबनाउ । अब दिमागमा धेरै कुराहरु खेलाएर आफुलाई कमजोर नबनाउ । भनिन्छ कहिले काही बादर पनि रुखबाट लड्छ, परीक्षामा उत्कृष्ट नतिजा ल्याउन रातदिन गरेको मेहनतलाई अब तिमीले सहि सदुपयोग गर्नुपर्छ । तिमीले मनमा कुनै पनि चिन्ता लिन भने हुदैन ।
अब तिमीले दैनिक अभ्यास गरी पढ् तर धेरै बोझ हुने गरी भने नपढ । राती अबेर सम्म कसैको पढ्ने बानी हुन्छ । त्यसो गर्नुपनि ठिक होईन । राती छिट्टै सुत बरु त्यसको साटो विहान सवैरै उठी आफ्नो कार्य गर । दिमागमा चिन्ता, डर केही नमानी अन्य परीक्षा जस्तै गरी मनमा लिने गर । यसो गरेमा तिमीलाई पढाईमा बाधा पुग्दैन ।
नबुझेका प्रश्नहरुलाई टिपोट गरी गुरुहरुलाई सोध । साथीहरु संग मिलेर अध्यास गर । यसो गर्दा समस्याको समाधान निकाल्न सहयोग पुग्दछ । विद्यँर्थी जिवनमा पढ्नु नितान्त आबश्यक हो । तर पनि दिमागलाई बढि बोझा दिने गरी पढ्ने भने होइन । परीक्षलाई ध्यानमा राखी पुर्व तयारी अभ्यास पनि गर्ने गर ।
एसएलसी दिने विद्यँर्थीमा मनोबैज्ञानिक त्रास बढि हुने भएकाले यो हटाउन जरुरी रहेको शिक्षाविदहरु बताउछन । परीक्षामा हल गर्दा धेरै आत्तिनु हुदैन । तिमीहरुले यो परीक्षालाई पहिले दिने जस्तै गरी मनमा लिएर राम्रो संग अध्ययन गर्दै गर । जति तयारी तिमीहरुले राम्रो ग¥यो अब त्यसलाई पुनः सम्झने प्रयास गर । रातभरी असुतिकन नपढ । निद्रा र थकानमा दिएको परीक्षा राम्रो हुदैन । त्यति मात्र हैन । तिमीले परीक्षा समय भर आफ्नो स्वास्थ्यको पनि ख्याल गर । सानो गल्तीले स्वास्थ्यमा ग्राहो भयो भने परीक्षा नराम्रो हुन्छ ।
त्यसैले खानेकुरामा तिमीले विशेषत ध्यान दिनु पर्दछ । एसएलसी जस्तो ठुलो परीक्षा दिदै छु भनेर मनमा चिन्ता नलेउ । मैले पहिले पनि परीक्षा दिएको हो, त्यो र यो परीक्षामा केही फरक छैन भन्ने बुझ्ने गर । परीक्षामा म चिट चोरेर भएपनि पास गर्छु भन्ने भावना भने दिमाग लिदै नलेउ । यसरी तिमीले आफुलाई कमजोर ठान्यौ भने परीक्षामा नतिजा उल्टो पाउन सक्छौ । अब कुरा गरौ परीक्षा दिन के गर्ने त ?
विहान सवैर उठ, हात, मुख घोउ समय छ भने पुरा शरीर नै नुहाएदा ठिक हुन्छ । खाना खाउ । परीक्षा हुने पहिलो दिन भएकाले परीक्षा हलमा आधा घन्टा भित्रै केन्द्रमा पुग । त्यहाको बातावरण कस्तो छ बुझ्ने प्रयास गर । परीक्षाका लागि चाहिने प्रबेशपत्र, दुई, तीनवटा कलम, स्केल जस्ता आबश्यक सामग्री सम्झेर साथमा लैजाउ । संगै रहेका अरु विद्यार्थी र गार्डलाई आफ्नै स्कुलका सहपाठी र शिक्षक गुरुहरु हुन भन्ने सोचेर परीक्षा दिने गर ।
उत्तरपुस्तिका हात परेपछि नआत्तिउ । हात परेपछि राम्रो सित आफ्नो सिम्बल नं. लेख । आबश्यक विवरण स्पष्ट र बुझिने गरी भर । प्रश्नपत्र हात परेपछि एक पटक सवै प्रश्नहरु नविराई हेर । हत्तिारिएर लेख्न नथाल । प्रश्नको अंक हेरी समय विभाजन गर । यो कार्य तिमीले यस अघि स्कुलमा पनि सिकिसकेको हुनुपर्छ । हो त्यसै गरी समय विभाजन गर । एउटा प्रश्नका लागि धेरै समयबेर अलमल नपर । आफुलाई सजिलो र छिटो आउने प्रश्न पहिले लेख जसले गर्दा जानेको प्रश्न छिट्टै सकिन्छ । उत्तर लेखिसकेपछि सवै प्रश्नउत्तरलाई एकपटक हेर । कतै छुटेको पनि हुन सक्छ । आफ्नो सिम्बोल नम्बर पनि पुनः चेक गर । यदि उत्तरपुस्तिका थप गरेको हो भने राम्रो संग त्यसलाई स्टीच गर र बुझाउ । परीक्षा सकिएपछि हलबाट बाहिर निस्कदा मनमा खुसी लिएर निस्क । पहिलो परीक्षा कस्तो भयो होला भन्ने आशंका तिमीहरुको स्वभाविक हो । कतै केही गल्ती नै लेखिएको रहेछ भने त्यसलाई चिन्तै नगर । जे हुनु भयो । तिमी अर्को परीक्षाको तयारीमा लाग । घरमा गएर अंकको मुल्याकङमा समय खर्च नगर । यसो गर्दा तिम्रो अर्को परीक्षामा बाधा पुग्न सक्छ ।
शान्त बातावरणमा ध्यान केन्द्रीत गरी अर्को दिनको लागि अध्यासमा जुट । यसरी एसएलसी दियो भने पक्कै पनि राम्रो नतिजा आउनेछ ।
विकाश पराजुली
बुटवल, साउन १२ । बुटवलका विद्यालय क्षेत्रभित्र सञ्चालित मदिरा पसल हटाउन सम्बन्धित निकायहरु मौन देखिएका छन् । विद्यालय क्षेत्रमा कुनै पनि मदिरा तथा मदिराजन्य बस्तुको विक्री वितरण गर्न पाइदैन् । तर, यस क्षेत्रका अधिकांश विद्यालय क्षेत्रमा मदिरा र मदिराजन्य पसलहरु सञ्चालित छन् । विद्यालय क्षेत्रभित्र मदिरा विक्री विरतण भइरहदा नियन्त्रण गर्ने मध्येको एक निकाय जिल्ला शिक्षा कार्यालयले भने अनभिज्ञता प्रकट गरेको छ ।
विद्यालय क्षेत्र वरपर कुनै पनि मदिरा एवं मदिराजन्य वस्तुको विक्री वितरण्ँ गर्न नपाईने भएपनि केही विद्यालयहरुका व्यबसायिक प्रयोजनका पसल घर तथा सटरहरुमा होटल सञ्चालन गरी मदिरा विक्री वितरण भइरहेको छ । विद्यालय भवनसंगै जोडिएर बनेका व्यबसायिक पसल घरमा मदिराका पसलहरु सञ्चालनमा रहेको बारे जिल्ला शिक्षा कार्यालयसित प्रतिक्रिया लिदा त्यसबारे जानकारी नपाएको बताएको छ ।
बुटवल नपा–५ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयले भाडामा लगाएको स्कुलको सटरमा मदिरा विक्री गर्ने गरी होटल सञ्चालन भएको छ । जुन नियम विपरित हो । विद्यालयले भाडामा दिएका दुई सटरमा मदिरा तथा मदिराजन्य बस्तुको विक्री हुदै आएको छ । विद्यालयले यस अघि भाडामा रहेका होटलहरु हटाउनका लागि छलफल भएको भएपनि चार महिना बितिसक्दा पनि होटलहरु हटाइएको छैन् । विद्यालयले विभिन्न कारण देखाउदै ती होटलहरुलाई त्यहा“बाट हटाउन आनकान गरेको छ । विद्यालयका प्राचार्य बावुराम विश्वकर्माले विद्यालय विदा भएकाले प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले अब छिट्टै नै पसलहरु हटाउन निर्देशन दिने बताए ।
त्यस्तै बुटवल नपा– ७ हाटबजारलाइनमा रहेको कान्ती उच्च मावि नजिकका सटरहरुबाट रहेका पसलहरुबाट मदिरा तथा मदिरा जन्य बस्तुको विक्री वितरण हुदै आइरहेको छ । त्यसैगरी बुटवल १३ देविनगरमा रहेको नविन औद्योगिक कदरबहादुर रिता उमाविको परिसर भित्र पनि निषेधित १ सय मिटर नजिकै मदिरा तथा मदिराजन्य बस्तुहरुको विक्री बढ्दै गएको छ ।
लुम्बिनी बाणिज्य क्याम्पस, सिसिटी कलेज र नविन औद्योगिक कदरबहादुर रिता उ।मा।वि जस्ता शैक्षिक संस्थाहरु एकै स्थानमा हुदा नजिकै रहेका पसलहरुमा चुरोटको धुवा उडाउने पोशाकसहितका विद्यार्थीहरुको संख्या समेत बाक्लो देख्न सकिन्छ । विद्यालय क्षेत्रमा यस्ता गतिविधिहरु रोक्न बनाइएका नीति नियमको कार्यान्वयनमा सम्बन्धित पक्षले कुनै तत्परता देखाएका छैनन् ।
नीति नियमलाई कार्यान्वयनमा ल्याउने जिल्ला शिक्षा कार्यालयको काम भएपनि विद्यालय क्षेत्रमा के भएको छ भन्ने बारे अनुगमन हुनेगरेको छैन् ।
अभिभावक संघ रुपन्देहीले विद्यालय क्षेत्र शान्ति क्षेत्र घोषणा भइसकेकाले यस क्षेत्रको नियमित अनुगमन जरुरी रहेको बताएको छ । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यालय क्षेत्रभित्रका पसलहरुमा मदिरा विक्री वितरण गर्नु दुःखत कुरा भएकाले त्यसको नियन्त्रणका लागि जिल्ला शिक्षा कार्यालयले तदारुकता देखाउनुपर्ने बताए । यता जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले यस बारेमा आफुले बुझेर अगाडि बढ्ने बताए । ‘नितिगत कुरालाई कसैले पनि नर्कान मिल्दैन, मैले यस बारेमा बुझेर कारबाही गर्छु’–थापाले भने ।
सरकारले सार्वजनिक स्थान तथा विद्यालय क्षेत्रको १ सय मिटर नजिक कुनै पनि सुतिर्जन्य व्यापार व्यवसायी एवं विक्री गर्न नपाईने भनेको छ । तर नियम भएपनि त्यसको ठोस कार्यान्वयन अझै हुन सकेको छैन् । सरकारले ०६८ साउन २२ गतेदेखि लागु हुने गरी सार्वजनिक स्थान तथा विद्यालय क्षेत्रभित्र धुम्रपान एवं मदिरा जन्य वस्तुको विक्री वितरणमा रोक लगाएको थियो ।