पश्चिमाञ्चलमा मापसे गर्नेहरूको संख्या बढ्दो
रुपन्देही, १७ चैत । पछिल्लो समयमा मापसे गरी सवारी चलाउने क्रम बढ्दै गएको छ ।
सरकारले मापसे अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाएको भएपनि बर्षेनी यो संख्या बढ्दो क्रममा रहेको छ । पश्चिमाञ्चल विकास क्षेत्रमा पनि चालु आ.व.को ८ महिनामा मापसेमा परी २७ सय ६१ जना कारबाहीमा परेका छन् । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको तथ्याङक अनुसार गत आवको तुलनामा चालु आ.व मा यो संख्या बढेको देखिन्छ ।
आ.व. ०७०/०७१ को ८ महिनामा १४ सय ८३ जना मापसेमा कारबाहीमा परेकोमा चालु आव.मा त्यो संख्या बढेर २७ सय ६१ जना रहेको छ । चालु आ.व. को साउन देखि कात्तिक सम्म १४ सय ९५ जना कारबाहीमा परेका थिए । सरकारले दुर्घटना बढेको भन्दै कडाईका साथ दुर्घटना न्यूनिकरण अभियान सुरु गरेपछि कात्तिक महिना यता भने त्यो संख्यामा कमि देखिएको छ । चालु आव.को ४ महिनामा १४ सय ९५ जना मापसे कारबाहीमा परेकोमा मंसिर देखि फागुन सम्म त्यो संख्या घटेर १२ सय ६६ रहेको छ ।
पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लामा साउनमा ३ सय ४१ ज्ना, भदौमा ३ सय ३२, असोजमा ४ सय १८ र कात्तिकमा ४ सय ४ जना मापसे कारबाहीमा परेका छन् । यसैगरी मंसिरमा २ सय ९४ जना, पुसमा ३ सय ४७ जना, माघमा २ स
0 comments