मेचीकालीकर्मी पराजुली सम्मानित



रूपन्देही रुद्रपुरकी तेरिया फौजा मगरलाई डीआईडी लिटिल मास्टर्स-३ को विजेता बनाउन पत्रकारिताको क्षेत्रबाट उल्लेख्य योगदान गरेको भन्दै मेचीकालीकर्मी सम्मानित भएका छन्। तेरिया जिताउ अभियान रुद्रपुरले मेचीकालीका संवादददाता विकाश पराजुलीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो। सो अवसरमा अभियानका संयोजक एवं कलाकार गिरीप्रसाद पुनले  तेरियाको समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित गरिदिएर उनको जितका लागि भुमिका खेलेको भन्दै सम्पुर्ण सञ्चार जगतको सराहना गरे। मेचीकाली कर्मी पराजुली संगै बीबीसीका बुटवल संवाददाता माधव नेपाल, साप्ताहिकका बुटवल संवाददाता टोपराज शर्मा, नेपाल टेलिभिजनका हरिश ढकाल, स्थानीय सञ्चारकर्मी सीपी खनाल, झविन्द्र देवकोटा, रमेश अर्याल तथा कृष्ण खनाल पनि सम्मानित भएका थिए। डीआईडी लिटिल मास्टर्स(३ उपाधि जितेपछि १२ वषर्ीया तेरिया अहिले आफ्नो घर रुद्रपुरमा छिन्।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.