बेसहारा बृद्धालाई नियन्त्रणमा लिएर बलात्कार
विकाश पराजुली
बुटवल, असार २१ ।
बुटवलमा रिक्सा चालकद्वारा एक बेसहारा वृद्धा बलात्कृत भएकी छन् । सडक, मन्दिर तथा घरमा ओत लागि रात गुजारा गर्ने ७१ बर्षीय अनुजा ठकुरी ९नाम परिर्वतन० लाई रिक्सा चालक कुलबहादुर परियारले बलात्कार गरेका हुन् ।लामो समयदेखि घरविहीन भएकी त्यी महिला केही महिनादेखि बुटवलको सिद्देश्वरी लाल कुमारी उच्च माविको सभाहल मा बस्दै आएकी थिईन् । उनलाई बलात्कार गर्ने पाल्पा रामपुर–४ का ३४ बर्षीय परियारलाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । परियारले मंगलबार सा“झ दिपनगरमा रहेको सिद्देश्वरी लालकुमारी उच्च माविको सभाहलमा रक्सीले मातेर बुद्धाको दुवै हात बाधेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलत्कारबाट जोगिन खोज्दा शरीरमा सामान्य चोट लागेको छ भने वृद्धाको दाहिने हात मर्किएको इलाका प्रहरी कार्यालयका डिएसपी दिनेशकुमार आचार्यले बताए । ‘बृद्ध बलात्कार गर्ने परियारलाई नियन्त्रणमा लिएका छौं । सात दिनको म्याद थपी अनुसन्धान जारी राखेका छौं’ डिएसपी आचार्यले भने–‘अहिले बृद्धको अवस्था सामान्य छ ।’
रगताम्य उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बृद्धालाई उद्दार गरी लुम्बिनी अञ्चल अस्पताल पु¥याएको थियो । अहिले वृद्धालाई महिला पुनस्र्थापना केन्द्र ओरेकको संरÔण्ँमा राखिएको ओरेक पश्चिमाञ्चलकी क्षेत्रीय कार्यक्रम संयोजक इन्दिरा आचार्यले जानकारी दिईन् ।
वृद्धाको स्थायी घर बाग्लुङ भएपनि धेरै लामो समयदेखि बुटवलमा बस्दै आएको बताइएको छ । उमेर सक्दा सम्म जंगलबाट दाउरा खोजी बिक्री गरेर जीवन गुजारा चलाउ“दै आएकी वृद्धाले केही महिना देखि मागेर दैनिकी गुजारा चलाउ“दै आएको पीडितको भनाई उदृत गर्दै संयोजक आचार्यले बताईन् । ९ बर्ष अघि श्रीमानको मृत्यु भइसकेको र भएका दुई छोरीको समेत मृत्यु भएपछि उनी बेसाहारा भएकी हुन् । गुल्मीको अश्लेवामा उनको माईत रहेको बुझिएको छ । परियारलाई जिल्ला अदालत रुपन्देहीमा जवरजस्ती करण्ँीको मुद्दा दायर गरी अनुसन्धान थालिएको बताइएको छ । संरक्षणमा रहेकी बृद्धालाई उपचारपछि बृद्धा आश्रममा व्यवस्थापन गरिने बताइएको छ ।


0 comments