लाइसेन्सको लागि टोकन लिन रातभर लाइनमा



विकाश पराजुली
बुटवल, असार ३० ।
 सवारी चालक अनुमति पत्र (लाईसेन्स) का लागि आवेदन फाराम लिन सेवाग्राहीहरु रातभर लाईनमा बस्न बाध्य भएका छन् ।  यातायात व्यवस्था कार्यालय लुम्बिनीले सूचना जारी गरी एक दिन मात्र लाईसेन्सको आवेदन खुल्ला गरेपछि सेवाग्राही रातभर लाइनमा बसी टोकन लिन बाध्य भएका हुन ।
कार्यालयले साप्ताहिक रुपमा एक दिन सूचना जारी गरी आवेदन खुल्ला गर्दै आएको छ । एक दिन मात्र सूचना जारी हुने र त्यसमा पनि ४ सय भन्दा बढिको आवेदन कार्यालयले लिन नसक्ने बताएपछि सेवाग्राहीहरु रातभर लाईनमा बसी टोकन लिन बाध्य भएका हुन । 

कार्यालयले आइतबार आवेदनका लागि फाराम खुल्ला गर्ने सूचना जारी गरेपछि सोमबार सवैर बिहानै देखि नै सेवाग्राहीहरुको लाइनमा बसेका थिए । एक पटकममा ४ सय मात्रको आवेदन लिने भनिएपनि सेवाग्राहीको चाप बढेपछि कार्यालयले टोकनको व्यवस्था गरेको छ । सोमबार मात्र कार्यालयले ३ हजार जनालाई टोकन वितरण गरेको बताएको छ । ‘सेवाग्राहीको चाप बढेपछि टोकन दिएका हौ’ यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत बालकृष्ण हुमागाईले भने–‘फर्केर जान दुःख मात्र हुन्छ भनेर टोकन बितरण गर्न बाध्य भएका हौ ।’
एक दिन आवेदनका खुल्ला गर्दा छिटो लाइसेन्स वितरण एकै हप्तामा दिन सकिने र पारदर्र्शी पनि हुने भएकाले एक दिन आवेदन खुल्ला गरेको उनको भनाइ छ । एक दिन आवेदन खुल्ला गर्दा सयौ संख्यामा युवाहरु राति नसुती लाइनमा बसेर भएपनि आवेदन फाराम बुझाउन बाध्य भएका छन् । ‘राति नसुती आवेदनका लागि लाइनमा बसेको हु“, बुटवल गोलपार्कका रमेश खरेलले भने–‘एक दिन मात्र आवेदन खुल्ला गर्दा यस्तो भएको हो ।’ आवेदन फाराम बुझाउन लाईनमा बसेका अधिकांश सेवाग्राहीले एक दिन मात्र आवेदन खुलाउन नहुने बताएका छन् । सोमबार यातायात कार्यालय परिसरमा सेवाग्राहीको भीड बढे सं“गै प्रहरीलाई समेत व्यवस्था गर्न हम्मे हम्मे परेको थियो । त्यस्तै लाइनमा बसेका केही सेवाग्राहीस“ंगै प्रहरीको भनाभन समेत भएको थियो ।
सोमबार ३ हजार टोकन वितरण गरेपछि अब साउन महिनाभर ती तीन हजार सेवाग्राहीको ‘ट्रायल’ भएपनि मात्र अर्को सूचना जारी गरी आवेदन खुलाउने कार्यालयले बताएको छ । ‘हामीले दुःख दिने मनसायले यस्तो गरेका हैनौ, उहा“हरुलाई रातमा आउनुहोस पनि हामीले भनेका हैनौं’ हुमागाइले भने  । अहिले कार्यालयमा पुरुषको तुलनामा महिलाहरु संख्या कम हुदै आएको छ । एक दिन मात्र आवेदन खुल्दा बढी भीड हुने र  टाढा बाट आउन नसक्ने भएकाले पनि महिलाहरु बढी आवेदनका लागि आउन नसकेको  फाराम लिन शंकरनगरबाट आएकी आरती लम्सालले बताइनु ।
नया“ पूर्वाधार निर्माण भएसं“गै यातायात कार्यालयले मोटरसाइकल चालक अनुमति पत्रको परीक्षा दिदै आएको छ । बुटवल– १३ देविनगरमा रहेका बगरमा नया“ पुर्वधार निर्माणको अहिले स्थायी संरचना निर्माण गरी यातायात कार्यालयले लाइसेन्सको परीक्षा दिएको हो । यता मोटरसाइकलको लाईसेन्सका लागि चाप बढेस“ंगै चार पांग्रे कारको ट्रायल अनिश्चित बनेको छ । मोटरसाइकलको लागि आवेदन दिनेहरुको संख्या बढ्दै गएपछि कारको ट्रायल कहिले भन्ने बारे बताउन नसकिने कार्यालयले जनाएको छ । पूर्वाधार निर्माण भएपनि अझै कारको लागि विभागीयबाट स्वीकृत भने आएको छैन । ‘स्वीकृत अब छिट्टै आउ“छ तर कहिले गर्ने भन्ने बारेमा बताउन ग्राहो छ’ शाखा अधिकृत हुमागाइले भने ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.