'चालकको लापरवाही र तीव्र गतिले दुर्घटना'
विकाश पराजुली
बुटवल, साउन ८ ।
आर्थिक बर्ष २०७०/०७१ मा लुम्बिनी अञ्चलमा ५ सय १० वटा सवारी दुर्घटना भए । जसमध्ये ३ सय ५२ वटा दुर्घटनाको कारण ट्राफिक प्रहरीले पहिचान गरेको छ । चालकको लापरबाहीले रुपन्देही जिल्लामा ५३, नवलपरासीमा ९८, कपिलबस्तुमा ४१, पाल्पामा २१, गुल्मीमा २८ र अर्घाखाचीमा ६ गरी २ सय ४७ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा छ ।
यस्तै तीव्र गतिका कारण लुम्बिनी अञ्चलमा ६७ वटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिका कारण रुपन्देहीमा बढी दुर्घटना भएका छन् । रुपन्देहीमा ४४ वटा दुर्घटना तीव्र गतिकै कारण भएको प्रहरीको तथ्याङ्कमा छ ।
त्यस बाहेक रुपन्देहीमा यात्रुको गल्तीले ७, ओभरटेक ४, मापसे १, ओभरलोड २, सडकको अवस्थाले ३ दुर्घटना भएका छन् । गत आर्थिक बर्षमा रुपन्देही जिल्लामा १ सय ६० दुर्घटना भएका थिए । त्यस्तै नवलपरासीमा १ सय ५७, कपिलबस्तुमा ७५, पाल्पामा ५२, गुल्मीमा ४६ र अर्घाखा“चीमा २० दुर्घटना भएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी शुसिल कुमार यादवले जानकारी दिए ।
गत आर्थिक बर्षमा लुम्बिनी अञ्चलमा ५ सय १० सवारी दुर्घटना हु“दा २ सय २४ जनाले अकालमै ज्यान गुमाउनु प¥यो । नवलपरासीमा भएका दुर्घटना धेरै जनाको मृत्यु भएको छ । नवलपरासीमा १ सय २ जनाको मृत्यु भएको छ । त्यस्तै रुपन्देहीमा ७६, कपिलबस्तुमा ४९, पाल्पमा ४७, गुल्मीमा १८ र अर्घाखाचीमा ३२ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसमा २ सय २० जना पुरुष रहेका छन् । त्यस्तै ६९ महिला, २६ बालक र ९ जना बालिका रहेका छन् ।
ट्रक, टेक्ट्र, बस, कार तथा जिप, ट्याङकर, मोटरसाईकल र सार्वजनिक संस्थानका सवारीहरु दुर्घटनामा पर्दै आएका छन । दुर्घटनामा परी गम्भीर घाईते हुनेको संख्या पनि बढ्दो छ । अघिल्लो आर्थिक वर्षमा गम्भीर घाईते हुनेको संख्या ३ सय ४२ रह्यो । बर्षेनी दुर्घटना बढी रह“दा प्रहरीले दुर्घटना न्युनीकरणका लागि अभियाननैं सञ्चालन गरी न्यूनीकरणको अभियान थालनी गर्ने भएको छ ।
दुर्घटना हुनुका कारण र त्यसको समधानका विषयमा प्रहरीले स्कुल स्तरदेखि ट्राफिक शिक्षा सञ्चालन गर्ने तयारी गरेको हो । विद्यालयमा यसरी शिक्षा दि“दा विद्यार्थीहरुले अभिभावकहरुलाई जानकारी गराउने हु“दा पनि दुर्घटना कम हुन सक्ने भन्दै अभियानको थालनी गर्न लागिएको एसपी यादवले जानकारी दिए । यात्रुहरुले ट्राफिक नियमको पालना नगर्ने, सडकमा छाडा चौपाया हुनु र चालकले सामान्य नियम पनि पालना नगर्ने कारणले दुर्घटना हुने गरेको भन्दै यात्रु र चालक लक्षित सन्देशमुलक कार्यक्रम सुरु गर्न लागिएको उनको भनाइ छ ।
यता नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) रुपन्देहीका अध्यक्ष्ँ हरि कार्कीले दुर्घटना हुनुको मुख्य कारण चालकको दोष नभएको बताएका छन् । उनले कहि सामान्य लापरबाही भएपनि तथ्याङकमा भएजस्तै लापरबाही चालकहरुको नभएको बताए । ‘बाटोको अवस्था, पैदल यात्रीको कारण यस्तै धेरै कारण छन’ उनले भने–‘यस बारेमा बैज्ञानिक अनुसन्धानको खा“चो छ ।’ उनले चालकहरुलाई मात्र दोषि देखाउनु आफुहरुलाई सैय नहुने बताए ।
0 comments