लुम्बिनी अञ्चलमा ट्राफिक राजश्व ३ करोड बढी


मोटरसाईकल सवैभन्दा बढी कारबाहीमा
विकाश पराजुली
बुटवल, साउन ६ । 
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले आर्थिक बर्ष २०७०÷०७१ मा लुम्बिनी अञ्चलमा ३ करोड बढी राजश्व संकलन गरेको छ । लुम्बिनी अञ्चलका ६ जिल्लाबाट प्रहरीले गत आवमा ३ करोड ८२ लाख ६३ हजार ५ सय रुपैया राजश्व संकलन गर्न सफल भएको हो । प्रहरीले लुम्बिनी अञ्चलबाट  आ.ब ०६९÷०७० मा ३ करोड १३ लाख ८१ हजार ६ सय २५ रुपैया“  राजश्व संकलन गरेको थियो ।
लुम्बिनी अञ्चलमा सवैभन्दा बढी राजश्व संकलन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गरेको छ । ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले १ करोड १३ लाख ८७ हजार  रुपैया“  राजश्व संकलन गरेको हो । यस बाहेक प्रहरीले पश्चिम Ôेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलबाट ५४ लाख ५३ हजार ४ सय  रुपैया“, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीबाट ६४ लाख ६७ हजार ४ सय रुपैया“ राजश्व संकलन भएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपि शुसिलकुमार यादवले जानकारी दिए ।


त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुबाट ७५ लाख ४५ हजार ७ सय ५० रुपैया“, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाबाट ४५ लाख ३३ हजार ३ सय रुपैया“, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीबाट १८ लाख ४१ हजार १ सय रुपैया“ र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखा“चीबाट १० लाख ३५ हजार ५ सय ५० रुपैया राजश्व संकलन भएको छ । अन्य जिल्लाहरुको तुलनामा रुपन्देही जिल्लामा सवारी कारबाहीको संख्या पनि बढ्दो रुपमा रहेको छ । सवारी साधनको चाप बढ्दै गएकाले पनि सवारी कारबाही हुनेको संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘सवारी चाप बढेपछि नियम उल्लघंन बढी हुने गर्दछ त्यसैले पनि राजश्वमा बृद्धि भएको हो’ एसपी यादवले भने ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले अन्य जिल्लाको तुलनामा सवैभन्दा बढी सवारी कारबाही गरेको छ । प्रहरीले आर्थिक बर्ष ०७०÷०७१ मा ६४ हजार ३ सय ७ सवारीलाई कारबाही गरेको बताएको छ । ट्रक, बस, कार तथा जिप, ट्याक्टर र मोटरसाईकल कारबाहीमा परेका हुन । त्यस्तै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले ३६ हजार २ सय ६० सवारी कारबाही गरेको बताएको छ । जिल्लाको समग्र तथ्याङकलाई हेर्दा रुपन्देही जिल्लामा सवैभन्दा बढी कारबाहीमा मोटरसाईकल परेका छन् । सानो सवारी र नजिकको यात्राका लागि सहज हुने हुदा मोटरसाईकलको प्रयोग पनि बढ्दै गएपछि ट्राफिक नियमको उल्लघंन बढी भएपछि जिल्लामा मोटरसाईकलहरु बढी कारबाहीमा परेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा एक बर्षमा १० हजार ७ सय ३२ मोटरसाईकललाई कारबाही गरेको छ । त्यस्तै बुटवलले ६ हजार ८ सय ९४ मोटरसाईकललाई कारबाही गरेको बताएको छ ।
त्यस्तै नवलपरासीमा ३४ हजार ७ सय २०, कपिलबस्तुमा ४८ हजार ६ सय ३८, पाल्पामा २५ हजार ९ सय ४३, गुल्मीमा १० हजार ८ सय ९२ र अर्घाखा“चीमा ४ हजार ४ सय ७८ सवारी कारबाहीमा परेको तथ्याङकमा उल्लेख छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.