बुटवलका डीएसपी आचार्यलाई निलम्बन गर्न अख्तियारको निर्देशन


विकाश पराजुली
बुटवल, साउन ९ । 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेश कुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । घुस लिदै गर्दा प्रक्राउ परेका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेलको बयानका आधारमा अख्तियारले डीएसपी आचार्यलाई निलम्बन गर्न निर्देशन दिएको हो ।
अख्तियारले अनुसन्धानमा प्रभाव पार्न सक्ने र प्रमाण नष्ट समेत गर्न सक्ने भएकाले आचार्यलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी पठाइएको जनाएको छ ।

बुधबार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक पौडेललाई काठमाडौंबाट आएको अख्तियारको टोलीले घुस लिदालिदै लक्ष्मीनगरबाट पक्राउ गरेको थियो । अख्तियारको नियन्त्रणमा रहेका पौडेलले कार्यालय प्रमुखको आचार्यको निर्देशनका घुस लिएको बताएपछि आचार्यलाई निलम्बन गर्न अख्तियारले निर्देशन दिएको हो ।
लेनदेनको कारोबारमा क्रृणि फरार भएपछि जिम्मा जमानी रहेका व्यक्तिलाई कारबाहीका लागि पीडितले दिएको उजुरीको अनुसन्धानका क्रममा जमानीमा बसेका व्यक्तिबाट १ लाख ५० हजार घुस लिदै गर्दा पौडेल पक्राउ परेका थिए । अख्तियारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘प्रहरी सहायक निरीÔक रामप्रसाद पौडेलले उक्त कार्य कार्यालय प्रमुख प्रहरी नायब उपरिÔक आचार्यको निर्देशनमा गरेको भन्ने अनुसन्धानको क्रममा खुल्न आएकाले पदमा रहि काम गर्दा अनुसन्धान प्रभावित हुने भन्दै आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ ९३० वमोजिम निलम्बनका लागि प्रहरी प्रधान कार्यलयलाई अनुरोध गरिन्छ ।’
डीएसपी आचार्य साउन ४ गते देखि बिदामा बसेका छन् । बिदा बस्नु अघि नैं उनले प्रहरी सहायक निरीÔक पौडेललाई घुसका लागि निर्देशन दिएको स्रोतको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुड्डमा दरबन्दी रहेका पौडेल ईलाका प्रहरी कार्यालय बुटवलमा लामो समयदेखि काजमा रहेका थिए ।
सिआईविको कार्यालय काठमाडांैको आर्थिक विभागमा रहेका आचार्य गत पुसमा बुटवल आएका हुन् । डीएसपी आचार्य निलम्बन गर्न अख्तियारले निर्देशन दिएको सम्बन्धमा ईलाका प्रहरी कार्यालयले केही भन्न नमिल्ने बताएको छ । कार्यवाहक प्रमुख प्रहरी निरीक्ष्ँक सोम थापाले आफूहरुलाई यस बारेमा पत्र नआएको र अहिलनैं केही भन्न नसकिने बताए । अख्तियार कार्यालय बुटवल शाखाका उपसचिव निराजन घिमिरेले पनि अनुसन्धानकैं क्रममा रहेकाले केही भन्न नसकिने बताए ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.