विद्यालयले अझै भर्ना लिन मानेन



विकाश पराजुली
बुटवल, असार १६ ।
 विद्यालयले भर्ना नलिएको भन्दै अदालतको शरणमा पुगेकी बुटवल नपा–१३ देविनगरकी सृष्टि टण्डनलाई विद्यालयले अझै भर्ना लिएको छैन् । बुटवल १३ देविनगरमा रहेको नविन औद्योगिक करदबहादुर–रिता उच्च माविमा पढन पाउनुपर्ने माग गर्दै टण्डनले पुनरावेदन अदालतमा मुद्दा दिएकी थिइन् ।
अदालतले तत्काल भर्ना नगर्नुको कारण माग गर्दै भर्नाका लागि आदेश दिएको थियो । अदालतले आदेश दिएको एक साता वितिसक्दा पनि भर्ना नलिएको भन्दै पीडितका परिवारले सहयोग गरिदिन सञ्चारकर्मीहरुसित अपिल गरेका छन् । पीडितका परिवारले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी अदालतले आदेश दिदा समेत भर्ना नलिएको गुनासो गरेका थिए ।

विद्यालयले भने भर्नाको म्याद सकिएको र भर्नाका लागि लिइएको परीक्षामा सृष्टि सहभागी नभएको कारण र प्रमाण अदालतमा पेश गरिसकेको बताएको छ । सृष्टिकी आमा सावित्रीले परीक्षा अघि नै छोरीलाई पढ्ने व्यवस्था मिलाईदिन आग्रह गरे पनि विद्यालयले वास्ता नगरेको दाबी गरिन् । १४ वर्षीया सृष्टि कक्षा ६ मा अध्यय्नका लागि विद्यालयमा भर्ना हुन गएकी थिइन् । उनी मुटुको रोगी रहेको परिवारले बताएको छ । रोगी भएकाले घरपायकको विद्यालयमा पढ्न चाहेको परिवारले बताएको छ ।
विद्यालयले भर्ना लिन नमानेपछि उनीहरुले विद्यालयमा पढ्न पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा निवेदन समेत दिए । जिल्ला शिक्षा कार्यालयले ०७१ जेठ ७ गते विद्यालयलाई पत्र पठाउदै ‘विद्यार्थीको मौलिक अधिकार हनन हुन नदिने र विद्यार्थीलाई भर्ना गर्न’ भन्दै विद्यालयलाई पत्र पठाएको थियो । प्रति उत्तरमा नविन औद्योगि करद बहादुर रिता उच्च माविले शिक्षाा कार्यालयलाई पत्र पठाउदै ‘विद्यालयले शैक्षिक गुणस्तरको सुधारका लागि प्रत्येक कक्षाहरुमा प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्ने व्यवस्था भएको हुदा विद्यार्थीले प्रवेश परीक्षा नदिइएकाले भर्ना गर्न सम्भव नभएको’ भन्दै विद्यार्थी भर्ना गर्न असमर्थ रहेको चलानी नं १६८ नं. पत्र जिल्ला शिक्षा कार्यालयलाई पठाएको छ ।

नीजि विद्यालयमा अध्ययान गर्न ग्राहो हुने भएकाले उनले कक्ष्ाँ पाच सम्म पढेको होराइजन स्कुल छाडेर नजिकको सामुदायिक विद्यालयमा पढन चाहेको बताएकी छन् ।
शिक्षा कार्यालयको पत्रलाई समेत अटेर गरी विद्यालयले विद्यार्थी भर्ना लिन नमानेको भन्दै पिडितले विद्यार्थीलाई जसरी पनि उसको नैर्सगिक अधिकार बाट बञ्चीत नबनाउन आग्रह गरेका छन् । छिमेकी लोकनाथ पोखरेलले विद्यालयले जसरी पनि भर्ना लिनुपर्ने बताए । प्रवेश परीक्षाका नाममा उसको अधिकार बाट बञ्चीत गराउन नहुने आमा सावित्री टण्डनको भनाई छ । विद्यायलले शिक्षा कार्यालयको निर्देशन अटेर पछि पिडितले जिल्ला प्रसासन कार्यालयमा पनि विद्यार्थीलाई भर्ना व्यवस्था मिलाईदिन भन्दै निवेदन
दिएका छन् । प्रशासन कार्यालयले विद्यालयलाई विरामी विद्यार्थीले नजिकको पायक पर्ने स्कुलमा भर्ना भई पढ्न पाउने मौलिक अधिकारको पालना गर्न लगाउन र अटेर गरी निवेदनमा उल्लेखित विरामी विद्यार्थीको हक हनन् गरेमा हदै सम्मको कारबाही गर्दै विद्यार्थीको पढ्न पाउन हक सुनिश्चित गर्ने व्यवस्था हुन
आदेशाअनुसार अनुरोध छु पत्रमा भनेको छ । विद्यालयले जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालयको निर्देशन अटेर गरी अझै सम्म विद्यार्थीलाई भर्ना लिन मानेको छैन् । विद्यार्थीलाई ३ बर्ष देखि मुटु
सम्बन्धी समस्या हुदै आएको छ । उनको काठमाण्डौमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट??ान्सप्लान्ट सेन्टरमा उपचार हुदै आएको छ । उनलाई प्रा. डा. भगवान कोईरालले उपचार गरी रहेका छन् । उपचारका लागि बारम्बार काठमाण्डौ जानु पर्ने भएकाले उनले न्यू होराईजन पढ्न छाडेकि हुन।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.