मध्य असारसम्म ८ प्रतिशत मात्र रोपाइँ


विकाश पराजुली
बुटवल, असार १४ ।
मानो रोपेर मुरी फलाउने असार महिनाको दोस्रो सातासम्म रुपन्देहीमा करिव ८ प्रतिशत खेतमा रोपाइ भएको छ । समयमानैं वर्षा सुरु नभएकाले जिल्लामा असारको दोस्रो सातासम्ममा थोरै खेतमा रोपाइ“ भएको हो । यो समयसम्म ३५ देखि ४० प्रतिशत रोपाइ हुनुपर्दथ्यो । कृषि विकास कार्यालयले दोस्रो सातासम्म थोरै मात्र रोपाइ“ भएपनि किसान आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाएको छ ।कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रामबहादुर थापाले असार अन्तसम्म रोपाइ“ गर्दा उत्पादनमा खास भिन्नता नहुने बताउ“दै किसानलाई नआत्तिन आग्रह गरे । मनसुनले कृषकहरुलाई साथ नदिएकाले असार १५ लागि सक्दा पनि रोपाई न्यून मात्रामा भएको हो । यस क्षेत्रमा केही दिन अघि सक्रिय भएको भनिएको मनसुन अहिले निष्किृय छ ।
कृषि कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रमा ५ प्रतिशत र दक्षिणी क्षेत्रमा करिब ३ प्रतिशत मात्र रोपाइ“ भएको छ ।
बाली विकास अधिकृत थापाका अनुसार कृÈकले ब्याड लगाउने काम सबै सके पनि दक्षिणी क्षेत्रमा भने केही स्थानमा धानका ब्याड अझै तयार हुन बा“की छ । रुपन्देहीमा ८४ हजार खेती योग्य जमिन रहेको छ । कुल खेतीयोग्य जमिनको ७२ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये सिंचाई सुविधा पुगेको खेत ५० हजार ६ सय १७ हेक्टर रहेको छ ।
धान खेती गरिने मध्ये करिब ३५ हजार हेक्टरमा छिटो पाक्ने जातका राधा–४, सुख्खा–३, गोरखनाथ, सर्जु–५२, हर्दिनाथ–१ लगायत धान रोपिने थापाले जानकारी दिए । जिल्लामा अहिले बढि मात्रामा चिनिया, भारतीय हाईव्रिड जातका डि वाई–२८, डि वाई–६९, तारा, सुरज, एटाईज–६४–४४, राजा, युएस–३१२, गोरखनाथ–५०९, सावा, सावित्री, रामधान लगाएतको धान रोपिने गरिएको छ । यस्ता धान रोप्दा उत्पादन बढि र छिटो पाक्ने भएकाले कृषकको आकर्षण बढेको हो । जिल्लाका धकधई, पोखरभिन्डी, पजरकट्टी, छिपागढ, बोधवार, पटखौलीलगायत भैरहवा आसपास र उत्तरी क्षेत्रमा छिटो पाक्ने धान रोपिन्छ भने रुपन्देहीको दक्षिणी क्षेत्र विशेष गरी मर्चवार, भगवानपुर, सुर्यपुरा,लुम्बिनीलगायतका स्थानमा ढिलो पाक्ने धान रोपिने गरिन्छ ।
ढिलो पाक्ने धानमा स्वर्ण साभा–१, साभा सव–१, मकवानपुर–१, राम, सावा मन्सुली, बास्मती, कालानमकलगायत रहेका छन् । रुपन्देही मुलुकमा सबैभन्दा बढी धान उत्पादन गर्ने मध्येको तेस्रो जिल्लाको रुपमा पर्दछ । गत बर्ष समयमै मनसुन सक्रिय भएकाले मध्य असारसम्म १३ प्रतिशत रोपाइ“ भएको थियो ।
0 comments