दुर्घटना न्युनीकरण गर्न ट्राफिक शिक्षा


विकाश पराजुली
बुटवल, असार १३ ।

सवारी दुर्घटनालाई कम गर्ने उद्देश्यले विभिन्न जनचेतना मुलक काम गर्दै आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले अहिले चालक तथा सहचालकलाई ‘ट्राफिक शिक्षा’ कार्यक्रम सुरु गरेको छ ।
सवारी दुर्घटनाको संख्या दैनिक बढ्दै गएकाले प्रहरीले त्यसको न्युनीकरणका लागि विभिन्न यातायात सम्बद्ध व्यवसायीहरुसंग समन्वयन गरी ट्राफिक शिक्षा कार्यक्रम सुरु गरेको हो । प्रहरीले बुटवलमा केही महिना अघि दुर्घटना न्युनीकरणका लागि सडकमै ट्राफिक शिक्षा समेत दिएको थियो ।
सामान्य नियम पनि पालना नगरी सवारी चलाउनेहरुलाई लक्षित गरी सञ्चालन गरिएको ट्राफिक शिक्षा कार्यक्रमले राम्रो उपलब्धी प्राप्त गरेपछि अहिले चालकहरुलाई ट्राफिक शिक्षा दिइन थालिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एस पि सुशील कुमार यादवले जानकारी दिए । पश्चिम नेपाल वस व्यवसायी समिति, सिद्धार्थ यातायात व्यवसायी समिति, पश्चिमाञ्चल यातायातात व्यवसायी समिति लगायतका विभिन्न समितिमा आबद्ध चालकहरुलाई ट्राफिक शिक्षा प्रदान गरिएको उनको भनाइ छ ।
नेपालका अधिकांश सडक सुरÔित समेत नभएकाले पनि ट्राफिक शिक्षा अहिलेको आवश्यकता भएकाले यो कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए । ट्राफिक शिक्षामा सवारी साधनमा यात्रु चढाउने र ओराल्नेदेखि बसको गति, सडक र सवारी साधनको यान्त्रिक अवस्था ट्राफिक सन्देश लगायतका विभिन्न विमा शिक्षा दिइएको छ । यही असारदेखि सुरु गरिएको ट्राफिक शिक्षामा १० गते सम्म ४ सय ६७ जना चालकलाई शिक्षा दिइ सकेको प्रहरीले जनाएको छ ।
चालकले बसको भार Ôमता कति छ, सडक कस्तो छ, ख्यालै नगरी बस दु्रत  गतिमा कुदाउने, सामान्य नियम पनि पालना गर्ने गर्दा दुर्घटना बढेको समेत  बताइन्छ । प्रहरीले सुरुको चरणमा चालकलाई मात्र शिक्षा दिने र दोस्रो चरणमा सह चालकहरुलाई शिक्षा दिने बताएको छ ।

ट्राफिक शिक्षा लिएका बस चालक अनुप थापाले आफुले ट्राफिक शिक्षाबाट निकै ज्ञान हासिल गरेको बताए । ‘सैद्धान्तिक ज्ञान हामीहरुले पायौ र धेरै कुराहरुको ज्ञान पनि पायौ उनले भने ।’ प्रहरीले बस, ट्रकका चालकहरुलाई मात्र शिक्षा दिएको हो । दोस्रो चरणमा सह चालक सहित अन्य जिप, ट्याक्टरका चालकहरुलाई पनि ट्राफिक शिक्षा दिइने बताइएको छ । प्रहरीले ट्राफिक शिक्षा दिएपछि दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताएको छ ।
बढ्दो सहरीकरणसंगै दुर्घटना पनि बढेकाले प्रहरीले दुर्घटना न्यूनीकरणका लागि अन्य कार्यक्रमहरु समेत आयोजना गर्दैै आएको छ । प्रहरीले विभिन्न कलेज तथा स्कुलहरुमा गई कक्षा कक्षामा ट्राफिक शिक्षा दिदै आईरहेको छ । ‘स्कुलहरुमा पनि हामीले सुरु गरेका छौ, अब त्यसलाई पनि तीब्र रुपमा अगाडि बढाउने छौ’ एसपी यादवले भने, ‘सानो उमेर यस बारेमा जानकारी दिदा पनि दुर्घटना कम हुन सक्छ ।’
ट्राफिक प्रहरीले यसअघि थालेको सडकमै ट्राफिक शिक्षा कार्यक्रम निकै फलदायी भएपछि चालकलाई पनि यो शिक्षा दिन थालेको हो । यसअघि विभिन्न प्रशिक्षण दिएपनि यसमा विल्कुलै सैद्धान्तिक ज्ञान दिने ट्राफिक शिक्षा रहेको बताइएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.