कान्ति सभागृह जीर्ण


मर्मतसम्भारमा ध्यान पुगेन

विकाश पराजुली

बुटवल, असार १० । 

मासिक हजारौ रुपैया“ आम्दानी गर्ने बुटवलकोे कान्ति सभा गृहको अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । ठुला मन्त्री देखि ठुला उद्योगी व्यवसायी, कलाकार एवं अन्य व्यक्तिहरुका समेत कार्यक्रम हुने हाटबजारमा रहेको कान्ति उच्च माविले सञ्चालनमा ल्याएको हल जीर्ण बन्दै जा“दा त्यसको मर्मतसम्भारमा विद्यालयले कुनै ध्यान दिन सकेको छैन ।
आयोजकहरुले महंगो शुल्क तिरी हलको बुकिङ गर्ने गरेपनि आयोजकले हलमा सामान्य सुविधा समेत उपयोग गर्न नपाएको गुनासो गर्दछन् । हल भाडामा लिएपछि शौचालय, पंखा तथा अन्य सुविधा उपयोग गर्न पाउनुपर्ने भएपनि यस्ता सुविधा आयोजकले राम्रँे सं“ग पाउन सकेका छैनन् । करिव एक हजार जना अट्ने क्षमता हलको छ । हलको माथि रहेका प्लाईबोर्डहरु झर्ने अवस्थामा छन् । हलमा बस्नेहरु माथि रहेको प्लाईबोर्ड खस्छ कि भन्दै कार्यक्रम हेर्न बाध्य हुने गरेका छन् । हालै मदन भण्डारी अध्ययन केन्द्र लुम्बिनीले अयोजना गरेको एक कार्यक्रममा यो संवाददाता हलमा पुग्दा हलको विषयलाई लिएर धेरैले गुनासो गरेका थिए ।


बुटवल–१३ देविनगरका कृष्ण न्यौपानेले  पैसा लिने गरेपनि हलको सुधार र विकासमा व्यवस्थापन समितिको ध्यान जान नसकेको बताए । हल भाडामा दि“दा रकम लिनेले हलमा सामान्य पनि सुविधा प्रदान गर्न नसक्नु दुःखद् रहेको उनको भनाइ छ । शौचालयबाट आउने गन्धले हलको अग्रभागमा बसेका व्यक्तिहरु प्रत्यक्ष प्रभावित हुने गरेको यथार्थ दृश्य यो संवाददाताले निकालिरहेको थियो ।
कार्यक्रममा उपस्थित हुनेहरुलाई सबैभन्दा गाह्रो शौचालय प्रयोगको हुने गरेको गुनासो गर्छन् । महिला र पुरुषको नाममा छुटाछुट्टै शौचालयको व्यवस्था भएपनि उचित पानीको व्यवस्था शौचालयमा देखि“दैन । ठुलो क्षमता भएकाले त्यही अनुरुप शौचालयको क्षमता थप हुनुपर्नेमा त्यसो पनि हुन सकेको छैन । पार्किङ व्यवस्था राम्रै भएपनि गर्मी समयमा हलमा कार्यक्रम गर्दा पंखा समेत सबै चल्दैनन् ।
कान्ति उच्च माविका प्राचार्य गोविन्द ज्ञवालीले तत्कालका लागि हलको पूर्वाधार विकास गर्ने पक्षमा नरहेको बताए । ‘हललाई अन्यत्र सार्ने योजनमा छौं, त्यसैले यसको विकास गर्ने योजना हामीस“ग छैन ।’ उनले भने । उनले सुविधा सम्पन्न हल अन्यत्र बनाउने योजना रहेकाले अहिलेको हललाई त्यहा“बाट विस्थापित सोंच रहेको बताए । स्कुलले हलको प्रयोग बापत कार्यक्रम हेरिकन न्युनतम २ हजार देखि २० हजार सम्म भाडा लिने गरिएको छ । ‘पानी नहु“दा शौचालयमा समस्या भएको हो, यसलाई म स्वीकार गर्छु’ , ज्ञवालीले भने–‘खान समेत विद्यार्थीलाई पानी पु¥याउन मुस्किल छ हलको के कुरा गर्ने ।’ उनले अहिले तल झर्न लागेको प्लाईवोर्डहरु निकाल्ने र विग्रेका पंखा मर्मत गर्ने बताए ।

फोटोः कान्ति सभा गृहको छानो मुनि राखिएका प्लाईबोर्डहरु । केही प्लाईबोर्डहरु झर्ने अवस्थामा छन् ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.