बालविवाह गराइदिने चार जनाविरुद्ध मुद्दा दर्ता

बालविवाह गराइदिने चार जनाविरुद्ध मुद्दा दर्ता
विकाश पराजुली
बुटवल । बालविवाह गराइदिएको भन्दै रुपन्देहीमा चार जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ मा बालविवाह गराउने बालिकाका आमा रुमछली मल्लाह र दाजु सञ्जयकुमार मल्लाविरुद्ध बालविवाह अपराध अन्तर्गतको मुद्दा दर्ता गरिएको हो ।
परिवारले साविक छिपागढ बस्ने १४ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई भारतको महाराजगञ्ज थाना सुनौली गाम रोला सामाकारका २० वर्षीय युवकसँग विवाह गरिदिएका थिए । पीडित बालिका भारतबाट भागी फूपूको सहयोगमा जाहेरी दिएपछि पीडित आमा र दाजुलाई अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै, रुपन्देहीको समइमाई गाउँपालिका वडा नम्बर १ की १२ वर्षीया बालिकालाई जर्वरजस्ती फकाएर विवाह गरेको भन्दै विवाह गर्ने युवक र बाबुमाथि पनि मुद्दा दर्ता भएको छ । १२ वर्षीया बालिकालाई ललाइफकाइ गरी त्यही गाउँका पुजारी भनिने श्यामनारायण मिश्र र उनका छोरा लव मिश्रले भारतका पवनकुमार कहासँग जबर्रजस्ती बालविवाह  गराइदिएका थिए ।
बालकका वुवाले बालविवहा विरुद्ध जारी दिएपछि भारत पन्जावका सुग्रीम कंहारको छोरा छाटे भन्ने पवनकुमार कहार र बालकका वुवा सुग्रिम कहारलाई बालविवाह अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.