औषधि गोदाममा आगलागी, ८ करोडको क्षति

औषधि गोदाममा आगलागी, ८ करोडको क्षति
बुटवल । बुटवलमा मंगलबार राती औषधि गोदाममा आगलागी हुँदा झण्डै ८ करोडको क्षति भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ औषधिको थोक पसलमा आगलागी भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको खेम इन्टरप्राइजेज र ओमी फार्मामा मंगलबार राती लागेको आगो विहान चार बजेतिर मात्रै नियन्त्रणमा आएको हो । औषधि व्यवसायी संघ लुम्बिनीका पूर्व अध्यक्ष खेम पुन खेम इन्टरप्राइजेजका सञ्चालक हुनुहुन्छ ।  
पहिलो तलाको पूर्वतर्फबाट औषधिको स्टोरमा लागेको आगो चौंथो तलासम्म पुगेको थियो । आगालागीबाट औषधिहरु सम्पूर्ण जलेर नष्ट भएका छन् । रातको समयमा आगालागी भएपनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासनीले जानकारी दिनुभयो ।
साढे २ बजे आगो लागेको जानकारी बुटवल उपमहानगरपालिकाको दमकल समयमै नआएका कारण धेरै क्षति भएको पीडितले गुनासो गरेका छन् । राती विद्युत आउने जाने हुँदा आगो लागेका कारण विद्युत शर्ट भइ आगलागी भएको हुन सक्ने बताइएको छ । घरमा भएका ६ वटा सिलिण्डर र इन्भर्टर व्याट्रीमा कुनै पनि क्षति नहुँदा ठुलो दुर्घटना हुनबाट जोगिएको पीडितले बताएका छन् ।  
आगलागी भएको पसलको चौथो तलमा ६ जना सुतेका थिए । चौथो तलामा रहेका उनीहरु आगलागी भएपछि छिमेकीको छतबाट बाहिर गएका थिए ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.