नेपाली छालाका जुत्ता चप्पलको बजार खस्कदै
रुपन्देही । बुटवलमा घरेलु उद्योगको रुपमा रहेका नेपाली छालाका जुत्ता, चप्पलको वजार खस्कदै गएको छ । बाहिरबाट आयात गरिएका जुत्ता चप्पलमा उपभोक्ता बढी आकर्षित हुने भएपछि नेपाली छालाका जुत्ता चप्पलको बजार खस्कदै गएको हो ।
उपभोक्ताले बलियो तथा गुणस्तरीय भन्दा सस्तो र आकर्षक देखिने जुत्ताचप्पल मन पराउने भएकाले नेपाली छाला जुत्ता चप्पलको व्यवसायमा कमी आउन थालेको व्यवसायीले गुनासो गरेका छन् । अहिले विदेशबाट आयात गरिएका जुत्ता, चप्पलको बजार फस्टा
उंदै गएपनि स्वदेशी जुत्ता चप्पलको बजार भने खस्केको छालाजुत्ता उत्पादक व्यवसयी समिति रुपन्देहीका अध्यक्ष राजेन्द्र महतो बताउनु हुन्छ ।
स्थानीय तहमा नेपाली छालाबाट उत्पादन गरिएका जुत्ता, चप्पललाई उपभोक्ताले चिन्न नसक्दा ठूलो समस्या भोग्नुपरेको व्यवसायीहरुको गुनासो छ । घरेलु उद्योगको रुपमा उत्पादन भएका नेपाली जुत्ता, चप्पलको व्यवसाय घट्दै जाँदा नेपाली मुद्रा विदेश पलायन भैरहेको व्यवसायीहरु बताउँछन् ।
बुटवल, सालझण्डी, देवदह, सैनामैना, तिलोत्तमा नगर क्षेत्रमा करिव ४० बढी घरेलु उद्योगबाट छालाका जुत्ताचप्पल उत्पादन हुँदै आएको छ । नेपाली ए, बी र सी ग्रेडको छाला बलियो र टिकाउ भनेर विदेश निर्यात हुने तर त्यही छालाको जुत्ताचप्पल बुटवलमा उत्पादन गर्दा विक्री गर्न समस्या भएको व्यवसायीहरुको गुनासो छ ।
0 comments