बुटवलमा दैनिक ४० टन आँप आयात



बुटवलवैशाख १४- रुपन्देहीको बेलहिया नाकाबाट बुटवलको कृषि उपज केन्द्रमा दैनिक ४० टन बेमौसमी आप आउन सुरू गरेको छ। सिजनको समयमा ५० टन बराबरको आँप बुटवलको कृषि तथा थोक बजार केन्द्रमा आउने गरेकोमा अफ सिजनमै यति ठूलो परिणाममा भारतीय आँप बुटवलको बजारमा आउन थालेको हो। बुटवलको बजारमा साता दिन अघिदेखि भारतीय आँपको बिक्री सुरू भएको छ।
खासगरी प्राकृतिक रुपमा आँप पाक्ने समय जेठ महिनाको अन्त्यदेखि असारसाउन र भदौ महिनाको समय भए पनि स्थानीय बजारमा भने वैशाख सुरूदेखि नै आँपले बजार कब्जा गरेको छ। बुटवल बजारमा दैनिक मात्रामा २२ लाख मूल्य बराबरको भारतीय आँप आउने गरेको कृषि उपज तथा थोक बजार केन्द्रका पूर्वअध्यक्ष कलाधर पन्थीले जानकारी दिए।
सिजनका समयमा ५० टन समेत आयात हुने गरेकोमा अफ सिजनैमै ४० टनसम्म भारतीय आँप यस क्षेत्रमा बिक्री भइरहेको छ। उपज केन्द्रबाट आयातित भारतीय आँप पाल्पागुल्मीस्याङ्जाअर्घाखाँची जाने पन्थीले बताए। यता उपभोक्ताले भने बेमौसमी आँप रसाएन राखेर पकाइएको हुँदा आँपमा स्वाद समेत नभएको बताएका छन्। बुटवल आदर्शनगरका राजेन्द्र झाँक्री मगरले आँपमा कुनै पनि स्वाद नभएको बताए।
कृषि उपज केन्द्रमा भारतबाट आँप लिएर आएका एक ट्रक चालकले बगैंचाबाट टिपेको आँप भारतिय बजारमै पठाउने र नेपाल पठाउने आपमा विषादी राखेर ल्याउने गरेको बताए। बढी मुनाफाको लोभमा व्यापारीहरूले खुल्लम रुपमा काँचो आँपमा कार्बाइड नाम रसाएन राखेर आँप पकाउने गरेको यसरी रसाएन राखेमा आँप २४ घण्टामै कलर परिवर्तन र पाक्ने उनको भनाइ छ।
कार्बाइड (कार्बन) नामक रसायन प्रयोग गरी पकाएको आँप खानाले मानव स्वास्थमा प्रतिकूल असर पर्नेपेट दुख्नेआँखामा प्रभाव पार्नेमुटुमा प्रभाव पार्नेजिब्रो टर्रो हुनेस्वाद नआउने भएकाले यस्ता आँप खान सचेत हुनुपर्ने मेडिटेक अस्पतालका डा. सुदर्शन थापाको भनाइ छ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.