खेलकुदले सिकाउछ अनुशासन



 विकाश पराजुली
बुटवल, माघ ७ ।

कुनै समयमा विद्यार्थी तान्नका लागि विद्यालयहरुमा खेललाई विशेष प्राथमिकतामा राखिएको बताइएपनि अहिले यो सवै क्षेत्रमा खेलकुद अनिवार्य बन्दै गएको छ । स–साना बालबच्चा हुन् या युवा अहिले धेरै विद्यार्थीहरु खेलको क्रेजी बन्ने गरेका छन् । राष्ट्रिय तथा स्थानीय स्तरमा हुने गरेका विभिन्न प्रतियोगिताहरुमा विद्यार्थीहरुको सक्रिय सहभागिले पनि पनि यसलाई परिभाषित गर्न थप मद्दत मिलेको छ । विद्यार्थीहरुले खेलको माध्यमबाट विभिन्न शैक्षिक गतिविधि तथा अन्य जीवन उपयोगी शिक्षा लिन सक्ने र त्यसैले सवै ठाउ“मा खेलकुद अनिवार्य बनेको, प्याव्सन रुपन्देही अध्यक्ष सुदिप के.सीले बताए । शैक्षिक उपलब्धि प्राप्त गरेका निजी तथा आवसीय विद्यालयहरुले खेल क्षेत्रबाट पनि राम्रो चर्चा कमाउने गरेका कयौं उदाहरणहरु छन्, जसले गर्दा विद्यालयको चिनारी अझमाथि उठ्ने गरेको छ । शंकरनगरमा रहेको एपेक्स स्कुल तथा यस क्षेत्रमा रहेका अन्य दिप बोर्डिङ, एभरेष्ट बोर्डिङ, अक्सफोर्ड उमावि, प्यारामाउण्ट उमावि, न्यू होराईजन उमावि यिनिहरुले पनि राष्ट्रिय खेलाडीहरु उत्पादन गरिरहेका छन् ।
जसले गर्दा पनि यी स्कुलहरुले आफ्नो चिनारीलाई माथि उठाएको छ । ‘विद्यार्थीको इच्छा के मा छ ? त्यसलाई ध्यानमा राखेर विद्यार्थीलाई सहभागी बनाउनुपर्छ, एपेक्स स्कुल शंकरनगरका प्राचार्य दिपक गौतम भन्छन्, कुनै विद्यार्थी खेलमा बढी रुची राख्छ भने कुनै विद्यार्थी अध्ययन गर्नमा बढी रुची राख्छ ।’
खेलकुदले पढाईलाई नै सहयोग गर्ने हु“दा अहिले प्रायः विद्यालयहरुमा अतिरिक्त क्रियाकलापको रुपमा खेलकुदका कक्षाहरु सञ्चालन समेत गरिदै आएको छ । अझ कतिपय विद्यालयहरुमा त खेलकुद शिक्षक नै तोकेर विद्यार्थीहरुलाई प्रशिक्षण दिइदै आइरहेको छ । जसले गर्दा विद्यार्थीहरुले सानै तहबाट खेलकुदको बारेमा जानकारी लिन सकिरहेका हुन्छन् । त्यसमा पनि अहिले खेलकुद सप्ताह तथा महोत्सवको लर्को नै लाग्ने गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा हुने नीतिगत कुरालाई स्थानीय प्रतियोगिताबाट विद्यार्थीहरुलाई जानकारी दिन पनि यस्ता सप्ताह तथा महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्याव्सन अध्यक्ष के.सी बताउ“छन् ।
विद्यार्थीहरुले धेरैजसो फुटबल, बास्केटबल, एथलेटिक्स र क्रिकेटलाई विशेÈ प्राथमिकता दिएको पाइन्छ । खेललाई बढी प्राथमिकता दियो भने पढाई विग्रिन्छ भन्ने अभिभावकको सोचमा पनि परिर्वतन आएको छ । तर कतिपय अभिभावकहरुमा भने अझै पनि खेलकुद बच्चालाई खेलायो भने बच्चा विग्रन्छ पनि भन्ने गरिएको छ । यो कुरा एक हिसाबले सही पनि हो । तर, खेल र पढाईमा सन्तुलन मिलाउने जिम्मा भनेको खेल्ने मानिसकै हो । पछिल्लो समयमा स्कूल र कलेजमा पनि खेललाई विशेÈ महत्व दिन थालिएको छ । ‘पढाई र खेलकुद एकै सिक्काका दुई पाटाजस्तै हुन् । त्यसैले यसलाई स“ंगसं“गै लैजानुपर्छ प्यारामाउण्ट उच्च माविका प्राचार्य दामोदर भुषाल भन्छन् बालबालिकाहरुले खेलबाट धेरै कुरा सिकेका हुन्छन् ।’ नियमित रुपमा खेल्ने मानिस स्वस्थ र तन्दुरुस्त हुने हु“दा यसले पढाईमा पनि सहयोग गर्ने उनी बताउ“छन् । मानिस मानसिक रुपमा स्वस्थ भयो भने मात्र उसको पढाई राम्रो हुन्छ ।
‘म स्कुलमा हुने प्रतियोगितामा सहभागी हु“दै आएको छु । क्रिकेट खेलमा मेरो विशेÈ रुची छ । यसले शरीरलाई विशेष फुर्तिलो बनाउ“छ, तिनाउ ई. बोर्डिङ स्कुलका विद्यार्थी विवेक रावल भन्छन् । क्रिकेट खेलाडी बन्ने मेरो इच्छा छ ।’ उनले खेलबाट पढ्नका लागि पनि सहयोग गर्ने बताए ।
 ‘विद्यार्थीले धेरै समय दिनुपर्ने र शारीरिक रुपमा पनि परिश्रम पर्ने खालको खेल रोज्नुहु“दैन । बुटवल पव्लिक ए लेभल कलेज शंकरनगरका अध्यक्ष हेमलाल शर्माले भने– यसो गर्दा पढाईमा पनि सहयोग पुग्ने छ ।’ विद्यार्थीहरुले खेलको माध्यमबाट अनुशासन सिक्ने र व्यक्ति स्वस्थ रहेन भने उसले राम्ररी अध्ययन गर्न सक्दैन र पढेको कुरा पनि नबुझ्ने हु“दा खेललाई सकारात्मक रुपमा लिनुपर्ने उनको धारणा छ । ‘अध्ययन गरेको कुरा बुझ्न दिमाग पनि ‘फ्रेस’ भएको हुनुपर्छ, एपेक्स स्कुलकी.खेलाडी इन्दु बर्माले भनिन्, यसका लागि खेलकुदले नै सहयोग गर्छ ।’ ‘खेलले विद्यार्थीलाई अनुशासन सिकाउ“छ । समयको पालना गर्न, जीवनलाई व्यवस्थित गर्न सिकाउ“छ उनले थपिन ‘पारिवारिक पृष्ठभूमिका कारण्ँ पनि विद्यार्थी खेलकुदमा सहभागी हुन्छ कि हु“दैन भन्ने कुरा भर पर्छ ।’ राम्रो पढाईका लागि व्यक्ति शारीरिक र मानसिक रुपमा स्वच्छ भने हुनुपर्ने उनी बताउ“छिन् ।  कुनै समयमा अभिभावकहरुमा आफ्नो छोरा खेल्यो भने उसको पढाई विग्रन्छ भन्ने भान अझै पनि बढिरहेको छ । तर यसलाई विस्तारै कम गराउ“दै अभिभावकहरुलाई पनि खेलकुदले सिकाउनका लागि नै सहयोग गर्छ भन्ने बुझ्नु जरुरी छ ।
अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली भन्छन् शिक्षण सिकाईको प्रमुख माध्यम पनि खेल हो भनेर अभिभावकहरुले बुझ्नु जरुरी छ । विद्यार्थी सक्षम खेलाडी बन्न उसको परिवारको पनि भुमिका रहने हु“दा खेलकुदलाई अहिलेको परिबेशनमा बच्चाहरुलाई बञ्चित गराउन नहुने उनको धारणा छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.