सडक लेन र ट्राफिक नियम मिच्नेलाई कारबाही सुरु


विकाश पराजुली
बुटवल, माघ १३ ।

बुटवलको सडक पेटीमा नियम विपरित सवारी चलाइ“दा पैदल यात्रीहरु समस्या परेको भन्दै पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले सडक पेटीबाट सवारी चलाउनेलाई कारबाही प्रक्रिया सुरु गरेको छ ।
डिभाईडरका कारण नियमसंगत सडक प्रयोग गर्दा बढी दुरी पर्ने भएकाले मोटरसाईकल चालकले सडक पेटी प्रयोग गरेको जनगुनासो बढेपछि प्रहरी विशेष अभियान सुरु गरी पेटीबाट सवारी चलाउनेलाई कारबाही सुरु गरेको हो । पश्चिम क्षेत्रिय ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्मको सडकपेटीमा गुड्ने मोटरसाइकलहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया थालेको बताएको छ ।
प्रहरी कार्यालयले केही समयअघि यसरी सवारी साधन चलाउनेहरुलाई कानुनी दायरामा ल्याउने गरेको भएपनि त्यो क्रम विस्तारै बढ्दै गएकाले पहिलो चरणको रुपमा सम्झाउने तथा जरिमाना सहितको कारबाही गरिएको कार्यालयका एसपी शुशिलकुमार यादवले जानकारी दिए । मेचीकाली दैनिकले यहि माघ ६ गते ‘सडकपेटीबाटै गुड्छन सवारीसधान’ समाचार लेखेको थियो । समाचार प्रकाशित भएको एक सातामानै प्रहरीले सडक पेटीबाट गुड्ने ३० भन्दा बढि सवारीलाई कारबाही गरेको छ । ‘प्रहरीको आखा छलेर अझै पनि यदाकदा पेटीबाट सवारी चलाएको देखिएको छ, ति सवैलाई कारबाही गरिन्छ, एसपी यादवले भने विशेष अभियानै सञ्चालन गरी कारबाही गरिरहेका छौ ।’
पेटीबाट मोटरसाईकल चलाउ“दा यात्रुहरु बढी दुर्घटनामा पर्न सक्ने सम्भावना रहेकाले यस्ता सवारी चालकहरुलाई कारबाही थालिएको उनको भनाई छ । उनले सडक पेटीबाट सवारी साधन नचालउनका लागि पहिले अनुरोध गरेपनि अटेर गरेकाले कारबाही प्रक्रिया सुरु गरिएको बताए ।‘
सडकमा नियम विपरित सवारी कसैले चलाउन पाउदैन, पैदल यात्रुहरुलाई अप्ठ्यारो पर्ने गरी नियम विपरित सवारी चलाउने कारबाहीको भागेदारी बन्नुपर्छ ।’ उनले भने । ट्राफिक प्रहरीले नियम विपरित कार्य गर्नेलाई कुनै पनि हालतमा नछाड्ने जनाएको छ । पैदलयात्रीहरु हिडिरहदा पछिबाट आउने सवारीले एक्कासी साईरन बजाउ“दा कतिपय यात्रुहरु त आत्तिने गरेको समेत प्रहरी स्वय बताउछन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी बुटवलका प्रहरी नायव निरीक्षक नारद कार्कीले एक सातामा ३० भन्दा बढि सवारीसाधनलाई कारबाही गरेको बताए । पहिलो चरणमा सवारी चालकलाई सम्झाउने गरेको र प्रतिसवारी १ देखि २ सय सम्म जरिमाना ल्याउने गरिएको उनको भनाई छ । कार्यालयले पेटीबाट गुड्ने सवारीसाधन कारबाही बापत मात्र एक सातामानै ६ हजार बढि राजश्व संकलन गरेको छ ।
प्रायः गरी सडकपेटीमा मिलनचोक देखि बसपार्क क्षेत्रमा बढि मात्रामा नियम विपरित रुपमा सवारी चल्ने गरेकाले त्यो क्षेत्रलाई विशेष निगरानी समेत राखिएको उनले बताए । यसैगरी सडक विस्तारका क्रममा प्रहरीले सडक क्षेत्रभित्र पर्ने सम्पुर्ण निर्माण सामग्रीहरु पनि हटाउन सुरु गरेको छ । मुख्य राजमार्गहरुमा रहेको केही पसलहरुले सडक क्षेत्रभित्र राखिएका निर्माणधिन समाग्रीहरु हटाउन सुरु गरिएको कार्यालयले जानकारी दिएको छ ।
फोटोः बुटवलको मिलनचोकमा एक मोटरसाईकललाई सम्झाउदै ट्राफिक प्रहरी ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.