चिया पसलदेखि ठूला होटलसम्म जोडिएको यौनधन्दा



विकाश पराजुली
बुटवल÷पुस महिना लागे संगै जाडोको प्रभाव जहातही छ । न्याना र तातो खानेहरुको भीड होटल तथा रेष्टुरामा देख्न सकिन्छ । मानिसहरुको चहल पहल बजारमा पनि कम हुदै गएको छ । सवारी साधनको चाप सडकमा न्युन हुदै छ । साझ छिप्पिदै छ, मानिसहरु आ–आफ्ना ध्यानमा छन् त्यहि भिडमा आइतबार बेलुकी ६ः३० बज्दै गर्दा राजमार्ग चौराहाको एक होटल अगाडि हाप पाईन्ट र टिसर्टमा सजिएकी युवती कुनै जाडोको प्रभाह नगरी आफ्नै ध्यानमा सडक किनारमा गफमानै व्यस्त थिइन् ।
बन्दै गरेको सडक किनारमा मोटरसाईकल रोकेर एक युवा त्यहि युवतिसं“ग गफ गर्दै थिए । धेरै समय सम्म कुरा भएपछि संगै रहेकी अर्की साथीले ‘जाम यार, यसले त मान्दैन’ भन्दै हात तानेर त्यहा“बाट दुवै जना नजिकै रहेको होटलमा आए । युवक पनि आफ्नो बाटो लाग्यो । एक युवति र अर्को एक युवा सडक किनारमा यौन कार्यका लागि बार्गेनिङ गर्दै गर्दा देखिएको दृश्य बर्णन थियो त्यो । यस्ता दृश्य तथा सम्वादहरु यस क्षेत्रका लागि कुनै नौलो घटना भने होइन । साना झुपडी देखि ठुला होटलहरुमा अहिले यो वा त्यो कोणले यौनधन्दाको जालो फैलिदै गएको छ । यौन व्यवसाय गर्दै आएकी पाल्पा घर बताउने मिना थापा (नाम परिर्वतन) ले राजमार्ग चौराहाको एक होटलमा काम गर्न थालेको २ बर्ष भएको छ ।
घरमा आमा, बुवा र दाई भएपनि उनी बुटवलमा आई अहिले होटलमा यौनधन्दा गर्दै आइरहेकी छन् । बुटवल क्षेत्रमा फैलिदो यौन व्यवसायको रिपोर्टिङका क्रममा उनीसं“ग केही कुरा गर्ने मौका मिल्यो । उनले खुलेर भनिन्– घरमा स्वतन्त्र हुन नदिएपछि काम गर्दै आइरहेको छु । भर्खर २६ बर्षको उमेर बताउने उनले आफु स“ंगै काम गर्ने अन्य दुई साथीको पनि पेशामा लाग्नुको कारण यसै भएको बताइन् । भर्खरका युवायुवतीदेखि अर्धबैशेहरु होटलहरुमा बढी भेटिने गरेका छन् ।  भर्खर मात्र सरुवा भई आएका ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिनेश आचार्यले अब आफु भर्खर मात्र आएकाले नियन्त्रणका लागि विशेष अभियाननै सञ्चालन गर्ने बताए ।
रुपन्देही जिल्लामा यतिनै यौन व्यवसायीहरु छन् भन्ने तथ्याङ नभएपनि करिब ५ सय भन्दा बढी रहेको बताइन्छ । प्रहरीले धेरैलाई समातेर सुध्रिने मौका दिइएको भएपनि पटक–पटक नसुध्रिएपछि कारबाहीका लागि सिफारिस समेत गरेका घटनाहरु पनि धेरै मात्रामा रहेका छन् ।
पछिल्लो समय प्रहरीले यौन धन्दा हुने विशेष क्षेत्रका रुपमा लिएको बुटवल बसपार्क, इटाभट्टी, नेपालगञ्ज रोड, गोलपार्क, रामनगर लगायतका क्षेत्रमा कडाई गरेको बताएपनि अवैध यौन व्यवसायमा कुनै कमी आएको छैन । झन् पछिल्लो समयमा यो व्यवसाय चिया पसलदेखि ठुला–ठुला होटलहरु सम्म मौलाइरहेको रहस्य खुलेको छ । बुटवल बसपार्क पछाडि सानो गल्लीमा सञ्चालनमा आएको धौलागिरी होटलका सञ्चालकलाई पक्राउ गरेपछि बुटवलमा साना देखि ठुला होटलहरुमा यौन व्यवसायीले नया“–नया“ उपाय अपनाएर आफ्नो धन्दाको सञ्जाल फैलाइरहेको प्रस्ट भएको छ । चिया पसलको आवरणमा यौन धन्दा चलिरहेको यस क्षेत्रमा पछिल्ला घटनाहरुको खुलासाले पनि यौन व्यवसायी र यौनकर्मीहरुले नया–नया उपाय अपनाएर आफूहरुलाई सुरक्षित बनाउने बाटो बनाइरहेको देखिन्छ । तर, सवै होटलहरुमा यस्तो यौनधन्दा चलिरहेको छ भन्न कदापि खोजिएको होइन ।
पछिल्लो समयमा प्रहरी प्रशासनले जतिसुकै कडाई गरे पनि यौन व्यवसाय घट्नुको साटो झनझन मौलाउदै गइरहेको छ । कुनै समयमा काठमाडौंको ठमेल र पोखराको लेक साईडलाई दिइने उपनाम यौन क्रिडा अहिले त्यो परिभाषालाई बुटवलले पनि स्थापित गर्न थालेको छ । वडा प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलले यौन व्यवसाय बन्द गर्न लागि परेको बताएपनि त्यो बीसको उन्नाईस हुन सकेको छैन । स्रोतका अनुसार बुटवलका करिब ४० भन्दा बढी होटलमा यौन व्यवसाय सञ्चालन भइरहेका छन् ।
यस क्षेत्रमा यौन व्यवसायलाई निरुसाहित गर्न प्रहरीले चालेको कदम राम्रो भएपनि आरोप समेत व्यवसायीहरु नै लगाउदै आएका छन् । ‘पैसा खान पाएन भने केटी उठाएर लैजान्छ, नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने तीनिहरु भन्दा त हामी धेरै बाठा भइसकेका छौं ।’ यौन व्यवासयमा प्रहरीको मिलेमतो रहेको स्थानीयहरु बताउ“छन् ।
यौन व्यवसाय चलाउने सञ्चालकहरुले प्रहरीलाई मोटो रकम बुझाउने गरेका कारण यो व्यवसाय फस्टाउ“दै गएको र असल होटल सञ्चालकहरु भने मारमा परेको व्यवसायीको गुनासो छ । ’कमिशनको लोभमा परेर प्रहरीले पैसा लिन्छ अनि कुनै वेला भने कमिसन दिन नसके उसैले अरु प्रहरी पठाएर ती होटलमा रहेका सवैलाई समातेर  लान्छ । बुटवल नया बसपार्कका एक व्यवसायीले भने ।’
बुटवल बसपार्क, नेपालगञ्ज रोड, रामनगर, चौराहा क्षेत्रमा चौबीसै घन्टा प्रहरी यही बाटो हुदै ओहोरदोहोर गर्ने गरे पनि त्यहा“ सुस्त चालमा यौन व्यवसाय फस्टाउ“दै गएको स्थानीयहरु बताउ“छन् ।
अहिले यौन प्यास मेट्न १६ बर्ष उमेर मुनिकादेखि वृद्धसम्म होटल जोन गरेका छन् । बुटवलका कतिपय होटलहरुमा पेशेवरको रुपमानै यौनकर्मी राखिएको बताइएको छ । त्यस्तै कतिपय होटलहरुमा महिलाको स्तर हेरेर दाम मोलमोलाई हुने गर्छ । एकपटक यौन सम्पर्क राखेको ठूला होटलले एक हजार देखि ४५ सय रुपैया“सम्म ग्राहकले तीर्ने गरेको बताइन्छ । तर, ग्राहकले दिएको रकम मध्येको एक तिहाई रकम मात्र उनीहरुले पाउने गरेको यौनकर्मी युवतिहरुनै बताउछन् । अन्य रकम भने होटल सञ्चालकले नै लिने गरेका छन् ।  नाम चलेका ब्यापारीदेखि विभिन्न पेशा र व्यवसायमा रहेका प्रतिष्ठित ब्यक्तिहरुसमेत यौनकर्मी महिलाहरुसं“ग यौन सम्पर्क गर्न आउने गरेको नेपालगञ्ज रोडमा रहेको एक होटल सञ्चालकले बताए ।
उनका अनुसार कतिपयले त महिला यौन पार्टनर लिएरै आउने र होटलको रुम भाडा मात्र तिर्ने गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने विगतमा भन्दा यौन क्रियाकलापमा कमी आएको दाबी गरेको छ । अवैध यौन क्रियाकलाप रोक्नका लागि प्रहरीले अभियाननै चलाएको जनाएको छ । ‘हामीले यसलाई रोक्नका लागि प्रहरीलाई विशेष रुपमा परिचालन गरेका छौं, वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले भने– तुलानात्मक रुपमा कमी भने आएको छ ।’
विद्यार्र्थी, राजनीतिज्ञ, कर्मचारी, प्रहरी, सैनिक, कलाकार, मजदुर, उद्योगपति, पर्यटक सबै यौन बजारका ग्राहक बन्ने गरेका छन् । प्रहरी प्रशासनले यौनकर्मी वा व्यवसायीबाटै रकम असुल्ने गरेको, रकम पाउञ्जेल आ“खा चिम्लेर सहयोग गर्ने र रकम पाउन छाडेपछि कडाई गर्ने गरेको जस्ता आरोप वेलावेला लाग्ने गरेको छ । तर यो आरोप प्रहरीले सिधै अस्वीकार गरेको छ । ‘पेशामा आच आउन जसले जे पनि भन्छ, तर हामीले त्यसो डिएसपी आचार्यले भने पेशाप्रति बफदार भएर हामी लागेका छौं ।’
ईलाका प्रहरी कार्यालयले पछिल्ला २ महिनामा मात्रै करिब ५० जोडिलाई समाती अभिभावकको जिम्मा लगाइएकोे तथ्यांक छ । होटल तथा रेष्टुरेन्ट व्यवसायीसं“ग सहकार्य गरी ईलाका प्रहरी कार्यालयले यसको रोकथामका निम्ती लागि परेको उनले बताए । ‘हामीले त्यस्तो कार्य गरेको थाहा पाएमा समातेर सम्झाउने हो, सम्झाउ“दा पनि लागेन भने मुद्धा चलाउने हो, आर्चायले भने, यसको नियन्त्रणमा होटल व्यवसायीहरु स्वयं नै लाग्नु पर्दछ ।’
यता होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष मोदनाथ बेलबासेले केही बर्ष अघि बुटवलमा यौन व्यवसाय फस्टाउ“दै गएको भएपनि वितेका बर्षहरुमा भने त्यो सुधार हु“दै आएको बताए । उनले अब आफु अध्यक्षमा भर्खर मात्र आएकाले यस्ता कार्यहरुलाई सुधार गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गरे । उनले होटल सञ्चालकहरुलाई यो सेवामुलक ब्यबसाय भएकाले त्यसै अनुसार मर्यादित बन्न आग्रह गरे । आफुहरु सेवासं“गै मर्यादाको पनि ख्याल गरेको दाबी गर्दै उनले एक दुई जनाको गलत क्रियाकलापमा सबैलाई एकै नसोच्न आग्रह गरे । ‘कसैले बदमासी गरे होला तर सबै त्यस्ता छैनन् ।’ उनको दाबी थियो ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.