“५ बर्ष अफ्यर, बदलामा प्रेमीबाट हत्या”
प्रहरीको अनुसन्धान फितलो–पिडित पक्ष
माघ २ गते साथीको जन्मदिनमा गएकी नवलपरासी जिल्ला कावासोती नगरपालिका ३
स्थिती थकाली चोककी ओसिम गुरुङको हत्या गरिएको भन्दै पिडित पक्षले प्रहरी
अनुसन्धान फितलो हुँदा न्याय नपाएको गुनासो गरेका छन् ।पोखरा नर्सिङ क्याम्पसमा स्टाफ नर्स तेस्रो बर्षमा अध्यायरत उनी हिउँदे विदा मनाउन घर आएकी थिईन । १९ बर्षिय ओसिमलाई सोही स्थानका मनोज गुरुङले दिदि मानिकाको जन्मदिन परेका भन्दै बोलाएर घरमानै “हत्या” गरेको आरोप पिडित पक्षले लगाएका छन् ।
“हत्या” आरोपित मनोज अहिले पुर्रपक्षका लागि थुनामा छनु । प्रहरीले अहिले गरि रहेको अनुसन्धान फितलो भएको र अस्पतालबाट प्राप्त पोष्ट मार्टम रिपोर्ट पनि गलत भएको उनीहरुको आरोप छ ।
माघ २ गते साथीकोमा जन्मदिनको शुभकामना दिन गएकी ओसिमका बारेमा राती प्रहरीेले घरमा फोन गर्री “तपाईको छोरी विरामी छ, कावासोती जानु प¥यो” भनेपछि आसिम परिबार र ४ जना छिमेकी इलाका प्रहरी कार्यालय नबलपुरमा आएका थिए । त्यहाँ पुग्दा वित्तिकै प्रहरीले “आत्महत्या गरी मरीछे, लास चितवन मेडिकल कलेज भरतपुरमा छ” भन्दै पिडितलाई भनेपछि पिडित परिबार छिमेकी अस्पतालमा पुगेको र अस्पतालमा पुगेर ओसिमको आत्महत्या नभई “हत्या” भएको हुन सक्ने अनुमान गरेका थिए ।
ओसिमका हजुरवुवा रुद्र बहादुर गुरुङले अस्पतालमा पुग्दा घाँटीमा घाउचोट, खुटटमा चोत, देब्रे औलाको चोक्टा गएको, कञ्चत गालामा चोट लागेको, ढाडमा ददारिएको र हात समेत ददारिएकाले त्यो मनोज गुरुङ सहित परिबारले नै हत्या गरेको बताए ।
घटना पश्चात पिडितले कावासोतीका इन्चार्ज डिएसपी नवराज अधिकारी, इन्स्पेक्टर हरि बहादुर बरुवालले हत्या भएको र अनुसन्धान भएको बताएका थिए । तर पछि प्रहरीले पैसाको लालचमा अनुसन्धान पितलो गर्दै दोषि मनोजलाई उम्काउन खोजिएको उनले बताए ।
बुधबार पिडित गुरुङ परिबारले पत्रकार सम्मेलन गर्दै न्याय हराउने, न्याय महंगो पर्ने तथा न्याय किनबेच हुने अवस्था आएकाले पिडितले न्याय पाउनुपर्ने बताए ।
पिडित पक्षले जाहेरी दरखास्दा दिदा मनोज सहित घरका सम्पुणको नाम राख्न खोज्दा इस्पेक्टर हरि बहादुर बरुवालले नमानेको र मनोजलाई मात्र जाहेरी दिन बताएका थिए । हत्यामा संलग्नता भएको शंका लागेमा थप पछि जोहरी दिन मिल्ने भन्दै उनले पिडितहरुलाई जोहरी दिन अहिले नपर्ने बताएका थिए ।
जाहेरी दिएपछि पिडितहरुले “आत्महत्या“ गरिएको भनिएको स्थानमा आउँदा अझ प्रष्ट रुपमानै यो “हत्या” नै भएको देखिएको ओसिमका छिमेकी प्रेम बहादुर ढकालले बताए ।
उनले सो स्थानमा चुकुल कुच्चाइएको, तन्ना बनावटी रुपमा झुन्डाइएको, तन्नामा झुन्डिएको गाँठो परेको फुकाइएको कुनै आकृती नभएको, मनोज गुरुङ र ओसिम गुरुङ सुतेको भनिएको कोठामा सामानहरु लथालिंग छरपष्ट अवस्थामा भेटिएको उनले बताए । उनले छतमा पुरै संघर्ष भएर निर्मम तरिकाले पिटिएको, कुचाको आकृती विग्रेको, मकैका खाइलाहरु छरपष्ट भएको र ओसिमका चप्पल र कपडाहरु छरपष्ट अवस्थामा देखिएकाले पनि यो “हत्या” भएको भन्दै उनले न्याय पैसामा विक्न लागेको बताए ।
“छतबाट भ¥याङमा झर्दा रगतको टाटा पुछ्दा पुछ्दै बाँकी रहेको देखिएको थियो, पछि पिडक र पिडितका आफन्त बीच खसीको रगत र मान्छेको रगतमा विवाद भएपछि रगत परिक्षण गर्न लगियो” उनले भने–“त्यो परिक्षण गर्न दिइएको रगत के को हो भन्ने अहिले सम्म खुलाइएको छैन ।”
ओसिमको शव अहिले भरतपुर जिल्ला अस्पतामा भएको र मिसिलमा जवरदस्ती बुझिएको बनाइएको पिडित पक्षको भनाई छ ।
पिडित पक्षले अनुसन्धान फितलो गरेको भन्दै अनुसन्धानमा संलग्न प्रहरी कार्यालय चितवनका सुरेन्द्र धमाला, असई पूर्ण बहादुर बस्नेत, कावासोती प्रहरी कार्यालयका अनुसन्धान अधिकृत हरि बहादुर बरुवाल, सई बावुराम पुरी, पोष्ट मार्टम गर्ने डा. पवन शाहा, डा. केशवराज भुर्तेल, डा. खेमराज पौडेललाई समेत कानुनी कारबाही गर्न पिडितहरुले माग गरेका छन् ।
मृतकका हजुर बुवा रुद्र बहादुरले मनोज र नातीनी ओसिम बीचमा ५ बर्ष देखि अफयेर चलेको र त्यो कुरा परिबारमा कसैलाई पनि थाहा नभएको बताए ।
उनले मनोजले पहिले पनि यस्तै घटना घटाएर पैसामा न्याय किनेको भन्दै आफु कुनै पनि लालचमा नपर्ने र न्यायका लागि संघर्ष गर्ने बताए ।
प्रहरी प्रशासन र पिडकहरुको मिलेमोतोमा पिडित पक्षलाई “फलानाको नाम झिकिदेउ, फलानाको नाम राखीदेउ” भनी उल्टै फोनबाट दवाव दिएको कल रेकर्ड गरिएको सिडि समेत उपलब्ध हुँदा समेत अझै न्याय नपाएको उनको भनाई छ ।
मनोज नेपाली कांग्रेस निकट भएकाले घटना दवाउन कांग्रेलले चलखेल गरेको समेत स्रोतले बताएको छ ।
0 comments