नियम विपरित मन्त्रीका ज्वाइँ मेसुमा नियुक्त

विकाश पराजुली बुटवल
विकाश पराजुली बुटवल
Lumbini-Hospital
 ‘स्वास्थ्य क्षेत्र कसैको जागिरको आश्रय थलो हुनुहुँदैन,’ बैतडीको पाटनमा आयोजित पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा आइतबार स्वाथ्य मन्त्री खगराज अधिकारी भन्दै थिए । तर,  सोही दिन बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा  भने उनले नियम विपरित नियुक्त गरेका मन्त्रीका आफन्तकै भब्य स्वागत भइरहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नियमावलीविपरीत मन्त्रीका ज्वाइँलाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा स्वास्थ्य सुपरिवेक्षक (मेसु) नियुक्ति गरेको हो । अस्पतालमा समूह मिलेका र वरिष्ठ व्यक्ति हुँदाहुँदै मन्त्रीको भतिजीज्वाइँ भएकै कारण १०औँ तहका राजेन्द्र खनाललाई मेसुमा नियुक्त गरिएको छ ।
स्वास्थ्य मन्त्री अधिकारीले एमालेकै तर्फबाट ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीका भतिजीज्वाइँ खनाललाई समूह र योग्यता नपुगे पनि प्रमुखको जिम्मेवारी दिएका हुन् ।
गत सोमबार मात्र आइसियू सेवा उद्घाटनका क्रममा उनले अस्पतालको विकासका लागि राजनीतिक र व्यक्तिगत स्वार्थ नराखेर काम गर्न सबैलाई अपिल गरेका थिए । तर, आफ्नो बोली एक हप्ता टिकाउन सकेनन् र  नियम विपरित आफन्तलाई नियुक्त गरेका छन् । यो नियुक्तिपछि अस्पतालमा जिम्मेवारी तोक्दा योग्यता होइन, नातावाद–कृपावाद र राजनीतिक आस्था हेरिएको भन्दै आलोचना भइरहेको छ । उनलाई कर्मचारीलाई ‘बोल्ने एउटा गर्नै अर्कै दुई जिब्रे’को संज्ञा दिएक छन् ।
नियमावली अनुसार अस्पतालमा मेसु नियुक्त गर्दा जनरल हेल्थ समूहबाट गर्नुपर्ने हुन्छ । अस्पतालको मेसुका लागि ११ औँ तहको कर्मचारी हुनुपर्दछ । तर, नवनियुक्त मेसु खनाल १० औँ तहका हुन भने उनी जनरल हेल्थ समूहका समेत होइनन् । उनी रेडियोलोजिष्ट हुन् ।
नियमावली अनुसार अस्पतालमा मेसु नियुक्त गर्दा जनरल हेल्थ समूहबाट गर्नुपर्ने हुन्छ । अस्पतालको मेसुका लागि ११ औँ तहको कर्मचारी हुनुपर्दछ । तर, नवनियुक्त मेसु खनाल १० औँ तहका हुन भने उनी जनरल हेल्थ समूहका समेत होइनन् । उनी रेडियोलोजिष्ट हुन् ।
अस्पतालमा ११ औँ तहका डा. श्रीधर आचार्य समेत कार्यरत छन् । अस्पतालमा कार्यरत १२ जना १० औँ तहका मेडिकल अधिकृतमध्ये खनाल कनिष्ठ हुन । ११ औँ तहका मेसु तारानाथ पौडेल पोखरामा क्षेत्रीय स्वास्थ्य निर्देशकमा सरुवा भएपछि रिक्त स्थानमा खनाललाई नियुक्त गरिएको हो । आइतबार पौडेलको बिदाई र राजेन्द्रको पदस्थापन भएको छ ।
अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले स्वास्थ्य नियमावली अनुसार जनरल हेल्थ समूहभन्दा बाहिरको चिकित्सकलाई मेसु नियुक्त गर्न नपाइने बताए ।
स्वास्थ्यमन्त्री अधिकारीले उसअघि पनि नियम विपरित नजिकको मान्छेलाई महत्वपूर्ण जिम्मेवारी दिइसकेका छन् । स्वास्थ्य सेवा विभागमा दुई निर्देशकलाई पनि नियमविपरित नियुक्त गरिएका हुन् । उनले बालस्वास्थ्य महाशाखामा आफन्त पर्ने डा. कृष्ण पौडेल र परिवार स्वास्थ्य महाशाखामा डा. पुष्पा चौधरीलाई नियम विपरित नै नियुक्त गरेका हुन् । यी दुवै क्लिनिकल समूहका हुन् । नियमावलीमा महाशाखामा निर्देशक हुन पब्लिक हेल्थ समूहको चिकित्सक हुनुपर्ने व्यवस्था छ ।
मन्त्री अधिकारीले नियमविपरीत नियुक्त गरेका मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले राजीनामा दिनु परेको थियो । उनले नीति तथा योजना महाशाखामा पनि नियमविपरीत महेन्द्र श्रेष्ठलाई पदस्थापन गरेका थिए । यो नियक्ति पनि उनले सच्याउनु परेको थियो ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.