श्रङखलाबद्ध चोरी गर्ने गिरोह हतियार सहित पक्राउ
विकाश पराजुली
बुटवल, असार १८ ।
बुटवल, असार १८ ।
रुपन्देहीका विभिन्न क्षेत्रमा श्रङखलाबद्ध रुपमा चोरी गर्ने गिरोहलाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ ।
श्रङखलाबद्ध चोरी गर्ने ४ जना र अर्का हतियार राखी सहयोग गर्ने १ जना गरी ५ जनालाई प्रहरीले ४ थान हतियार सहित पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट २ वटा सिक्सर गन र २ वटा कटुवा पेस्तोल सहित त्यसमा प्रयोग हुने ३ राउण्ड गोली, एउटा ल्याव टव, विभिन्न कम्पनीका मोबाईल २ वटा र चोरी कार्यमा प्रयोग भएका लु १५ प ४५९२ र लु १३ प ३५१३ नंं को मोटरसाईकल समेत फेला पारेको छ ।
असार ६, ९, १२ र १३ गते श्रङखलाबद्ध रुपमा चोरी गर्ने बर्दिया खैरापुर घर भई हाल बुटवल १३ देविनगर बस्ने ३० बर्षिय निरु गुरुङ सहितको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङले नै चोरीको योजना बनाउने र चोरी गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी राजेन्द्र ढकालले बताए । बुटवलको सुख्खानगरमा रहेको न्यू कलस होटलमा मासिक रुपमा कोठा भाडामा लिई बस्ने उनीहरुले त्यहि बाटै चोरीको योजना बनाउने गरेको अनुसन्धानको क्रममा खुलेको एसपी ढकालले बताए ।
योजना प्रमुख गुरुङ यस अघि विभिन्न स्थानमा गरी चार स्थानमा चोरी घटना घटाएवापत १२ बर्ष कैद र १२ लाख जरिवाना भएकोमा ०६२ सालमा चोरीको मुद्धामा परेका थिए । त्यस पश्चात उनी ९ बर्ष जेल बसेपछि गणतन्त्र दिवसको अवसरमा यहि जेठ १५ गते उनी पाल्पा जिल्ला कारगारबाट छुटेका हुन । यस भन्दा पहिले पनि ईलाका प्रहरी कार्यालय बुटवलले नै उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
त्यस्तै सोही गिरोहका अर्का प्रभु दयाल हरिजनलाई पनि प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको मैनिहवा १ का ३४ बर्षिय हरिजन यस अघि पनि हात्तिीबनगाई बस्ने सत्रुधन यादवलाई अपहरण गरेको अभियोगमा ०६४ सालमा अपहरण तथा शरिर बन्धक मुद्दामा पक्राउ गरी ९ बर्ष जेल सजाए तोकिएकोमा पुनरावेदन गरी ५ बर्ष कैद भुत्तान गरी ०६९ मा भैरहवा कारागारबाट छुटेका थिए । त्यस्तै सोही गिरोहका अर्का विश्वास गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुटवल १० सुख्खानगरका २५ बर्षिय गुरुङ यस अघि ०६५ सालमा ब्राउन सुगर र चोरीको मुद्दामा ७ बर्ष कैद भुत्तान गरी ०७१ सालमा पाल्पाबाट छुटेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ । यसैगरी बुटवल ४ का २९ बर्षिय राजु गुरुङ लाई पनि प्रहरीले चोरी कार्यमा संलग्न भएको भन्दै पक्राउ गरेको छ ।उनी पनि यस अघि ०६६ सालमा चोरीको मुद्दामा ७० हजार धरौटि राख्न नसकि १ बर्ष कैद बसी ३० हजार धरौटिमा छुटेका थिए ।
यसैगरी उनीहरुले दिएको हतियारलाई होटलमा राखिदिने न्यू कलस होटलका कुष्ण न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको छ । कालिकोट जिल्ला राचुली गाविस वडा नं. १ मा घर भई हाल बुटवल १० मा बस्ने न्यौपानेले उनीहरुले दिएको हतियार किचन कोठामा सुरक्षित राखिदिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
जिल्लाका एसपी ढकालले यो गिरोह पक्राउ पछि जिल्लामा चोरीको ठुलो संकट टरेको बताएका छन् ।
पक्राउ परेकाहरुलाई हातहतियार खरखजाना ऐन सम्बन्धी र डाका चोरी अन्तर्गत मुद्दा चलाईने उनले बताए ।
सो गिरोहले असार ६ गते तिलोत्तमा ७ बस्ने बोम बहादुर श्रीषको घरबाट ८० हजार, देवदह नगरपालिका १० बस्ने छुमा कुमारीको घरबाट पेस्तोल समेत देखाई सुनको रिङ, क्यामरा, २६ हजार नगद चोरी गरेका थिए । त्यसैगरी १२ गते सिद्धार्थनगरपालिका ४ एअरपोर्ट नजिकबाट सिद्धार्थ विक्रम थापालाई हतियार देखाई अमेरीकि डलर ४० र नेपाली २६ हजार, ल्यावटप चोरी गरेका थिए । उनीहरुले अर्को दिन १३ गते बुटवल १४ ढवाहमा रहेको सिद्धार्थ हाडवयरमा पेस्तोल देखाई नगद ४५ हजार र सुनको सिक्रि, औठी लुटेका थिए ।

0 comments