आवश्यकताभन्दा ट्राफिक प्रहरीको संख्या न्यून



विकाश पराजुली
बुटवल, मंसिर २२ ।

ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त राख्नका लागि रुपन्देही जिल्लामा करिब २ सय ट्राफिक प्रहरी आवश्यकता भएपनि माग अनुसार दरबन्दी नहुदा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई चुनौती थपिएको छ ।
भारतसंग सिमाना जोडिएको र औद्योगिक एवं व्यापारिक जिल्लाको रुपमा चिनिने रुपन्देहीमा ट्राफिक दरबन्दी कम हुदा ट्राफिक व्यवस्थापन राम्रोसग हुन सकेको छैन ।
सडक दुर्घटना न्यूनीकरण र रोकथाम तथा ट्राफिक नियम पालना गराउनको लागि सरकारले गृहमन्त्रालय मातहतका नेपाल प्रहरीका ट्राफिक प्रहरी जवानहरुलाई सडकमा खटाएको भएपनि आवश्यकता भन्दा निकै कम प्रहरीलाई खटाएको पाइएको छ । जसका कारण कुनै स्थानमा दुर्घटना भएमा प्रहरी सजिलै सं“गै दुर्घटना स्थलमा पुग्न समेत गा¥हो भएको  छ ।
जिल्लामा पछिल्लो समय सवारी साधनको चापसं“गै कच्ची सडक निर्माण गर्ने क्रम बढ्दै गएको भएपनि जिल्लामा आवश्यकता भन्दा ५० प्रतिशत कम प्रहरीले ट्राफिक व्यवस्थापन गरेका छन् । मुख्य राजमार्ग, सहायक राजमार्ग तथा नगरक्षेत्रका सडकमा गुड्ने  सवारीको व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीको संख्या बढीमा १ सय १० मात्रै रहेको छ । रुपन्देही जिल्लाको सडक सञ्जाल र सवारी साधनको चापको तथ्याङक हेर्ने हो भने जिल्लामा कम्तीमा पनि २ सय ट्राफिक प्रहरी आवश्यकता पर्ने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले बताए । ‘आवश्यकताभन्दा कम दरबन्दी भएकाले त्यसको प्रभाव ट्राफिक व्यवस्थापनमा देखिनु स्वभाविक हो ।’ उनले भने ।
पुर्व पश्चिम मुख्य राजमार्ग, सिद्धार्थ राजमार्ग समेत रहेको रुपन्देहीमा सडक सञ्जालमा ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त राख्नका लागि ट्राफिक प्रहरीले स्थानीय प्रहरीलाई काजमा लिएर काम गराउदै आएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा ३६ जनाको दरबन्दी छ । यस्तै जिल्लाका अन्य युनिटमा ३१ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । दरबन्दी कम भएकाले काजमा लिएका प्रहरीले काम गरिरहे पनि त्यो पनि पर्याप्त छैन ।
ट्राफिक प्रहरीको संख्या कम हुदा अहिले सडकमा कुनै दुर्घटना भइहाले तुरुन्त दुर्घटना स्थलमा पुग्न ट्राफिक प्रहरीलाई हम्मे–हम्मे पर्ने गरेको छ । सवारी चाप हुने Ôेत्रमा पनि ट्राफिकहरुलाई प्रयाप्त रुपमा राख्न नसकिएको ट्राफिक प्रहरी कार्यालयले पनि स्वीकार गरेको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले यस क्षेत्रका राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, अस्पताललाईन, ट्राफिकचोक जस्ता मुख्य चोकहरुमा प्रहरी खटाएपनि सवारी साधनको चाप अनुसार त्यो प्रयाप्त नभएको कार्यालयको भनाइ छ । त्यस्तै भैरहवा, मंगलापुर, भलवारी तथा पश्चिम क्षेत्रको अवस्था पनि सोही अनुरुप नै रहेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार एकजना प्रहरीले ३६ दशमलव ३ किलोमिटर क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नु पर्दछ । सवारी साधनको हकमा भने करिब ९ सय १८ वटा पर्ने गर्दछन् । सरकारले विशेषगरी मुख्य शहरहरुमा प्रहरीको दरबन्दी थप नगर्दा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त हुन सकेको छैन ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.