शैक्षिक भ्रमणको गन्तव्य बन्दै फूलबारी
विकाश पराजुली
बुटवल/बुटवल फुलबारी यो नाम कसैका लागि नौलो होइन । बुटवलको ट्राफिकचोकदेखि पश्चिमतर्फ तिनाउ पुल हुदै पाखापानीबाट उत्तरतर्फ थोरै उकालो चढेपछि उद्यान क्षेत्रमा जान सकिन्छ । पर्यटकीय एवं सुन्दर नगरी बुटवलको वडा नं। ४ मा रहेको यो ठाउ पछिल्लो समय सवैको रोजाई बन्दै गएको छ । त्यसकारण पनि फुलबारीमा शैक्षिक भ्रमण, वनभोज आउनेहरुको संख्या पनि बर्षेनी बढ्दै गएको छ । फुलबारीमा अहिले दैनिक औषतमा ४० देखि ५० वटासम्म शैक्षिक भ्रमण तथा वनभोजका लागि विभिन्न जिल्लाहरुबाट भ्रमण टोलीहरु आउने गरेको कार्यालयले जनाएको छ । जाडो मौसममा विशेषगरी शैक्षिक भ्रमण तथा शैक्षिक अवलोकन एवं वनभोजका लागि अन्य सिजनको तुलनामा धेरै आन्तारिक पर्यटकहरु आउने कार्यालयको भनाइ छ ।
मणीमुकुन्द सेन दरबार समेत रहेको ऐतिहासिक र पुरातात्विक स्थलका रुपमा रहेको फूलबारीमा प्राकृतिक दृष्य अवलोकन गर्ने राम्रो वातावरण रहेको र शैक्षिक भ्रमणका लागि उपयुक्त गन्तव्य बनेको कारणले घुम्न आउनेहरुको संख्या बढ्दो छ । फूलबारीको प्राकृतिक दृष्य अवलोकन गरी मनोरम वातावरणमा भुल्ने वातावरण फुलबारीमा भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हु“दै गएको कार्यालयका प्रमुख विक्रम बस्यालले जानकारी दिए । वि।सं। २०५३ सालमा स्थापना भएको यस फुलबारीमा प्राचीन कालमा मणिमुकुन्द राजाले राज गरेर बसेको दरबार पनि सोही स्थानमा रहेको छ । बालबालिकाहरुका लागि बाल उद्यान, बिभिन्न पिङ आदि समेत रहेको फुलबारीमा अहिले बिभिन्न स्थानबाट शैक्षिक भ्रमण तथा वनभोजका लागि आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको कार्यलयको भनाइ छ ।
फूलबारीमा सिजनमा हरेक दिन ३ सय देखि १ हजारसम्म पर्यटक आउने, यसका साथै विवाह, पिकनिक अन्य विभिन्नखाले कार्यक्रमको भोज भतेर गर्नेहरु र गोष्ठी तथा शुभकामना आदानप्रदान गर्नेहरुको भीड पनि त्यही अनुपातमा हुने गरेको उनको भनाइ छ । विवाह र पिकनिक मात्र आउनेको संख्या मंसिर महिनामा मात्रै २ हजार भन्दा बढी रहेको उनले जानकारी दिए । फुलबारीमा शनिबार तथा विदाको दिन झण्डै एक सय भन्दा बढी वनभोज तथा शैक्षिक भ्रमणका लागि आउने गरेको बस्यालले जानकारी दिए । अन्य दिनमा औषत २० देखि ३० गु्रप आउने गर्दछन् ।
बर्षातको समयमा पनि दैनिक १÷२ सय भन्दा बढी पर्यटकहरु घुम्न आउने गरेको कार्यालयको तथ्याङकमा उल्लेख छ । जसमा बाह्य तथा आन्तरिक पर्यटकहरु, विद्यार्थीहरु अध्ययन भ्रमणमा आउने गरेको पाइन्छ । नुवाकोट डाडासंगै जोडिएको ठुलो क्षेत्रमा फैलिएको बुटवलबजारसंगै रहेको फूलबारीमा मणिमुकुन्द सेनको दरबार, बुटवल स्मारक, चिडियाघर लगायतका आर्कषण भएका कारणले पनि फुलबारीमा शैक्षिक अवलोकनको केन्द्र बनेको शैक्षिक भ्रमणमा आएका मिलन रानाले मेचीकालीलाई बताए ।
फूलबारीमा उजिर सिंह, लखन थापा, दशरथ चन्द, मणिमुकुन्द सेन, गौतमबुद्ध, मायादेवी, भीमदत्त पन्त, जीवराज आश्रित, चोक बहादुर गुरुङ, वसिर मिया“, तारापति भट्टराई, सूर्यप्रसाद घिमिरे र यादवनाथ आलोक लगायतका यस क्षेत्रका राष्ट्रिय विभूतिहरुका अर्धकदका शालिकहरु राखिएको छ । यस क्षेत्रको चिनारीका लागि उक्त शालिकहरु बुटवल नगरपालिकाले बनाएको हो । यस क्षेत्र नजिक चिडियाघर नभएकोले पनि फूलबारीमा भएको चिडियाघरले पर्यटकको आर्कषण थलो बनेको कार्यालयको भनाइ छ । चिडियाघरमा बाघ, बा“दर, स्याल, वन विरालो, सेतो मुसा, हरिण्ँ, निलगाई, जारायो, मृग, अजिंगर, खरायो, सेतो बादर लगायतका जनावर राखिएको छ भने डाफे, मयुर र सुगा जस्ता चरा पनि राखिएको छ । जहा विभिन्न किसिमका जनावर तथा पंक्षीहेर्नको लागि पनि भीड लाग्ने गरेको छ ।
शैक्षिक अवलोकनका लागि गुल्मीको अर्जै उच्च माध्यमिक विद्यालयबाट आएका विद्यार्थी दामोदर अर्यालले फुलबारीको बारेमा धेरै सुने पनि आफै आएर अवलोकन गर्दाको छुट्टै जानकारी पाएको समेत उनले बताए । उनी मात्र होईन सोही स्थानबाट भ्रमण्ँका लागि आएका वीरेन्द्र अर्यालले पनि आफुलाई यस क्षेत्रको बढी भन्दा बढी जानकारी पाएको समेत उनले बताए ।
सोही विद्यालयका शिक्षक टिकाराम सिंजालीले पनि लुम्बिनी र फुलबारीको लागि केही जानकारीसं“गै वनभोजका लागि आएको र प्राचीन सभ्यताको बारेमा आफुहरुलाई जानकारी भएको बताए ।
फुलबारीमा पर्यटनको आकर्षण बनाउनका लागि यसको समग्र विकासका लागि दुई वर्È यता समितिले फूलबारीको गुरुयोजना समेत तयार गरी विकास थालेको बताइएको छ । फूलबारी नजिक रहेको ऐतिहासिक ठाउ जितगढीसगै जोडेर एकीकृत विकास समेत गर्न थालेको उनले बताए । जितगढीबाट मणिमुकुन्दसेनको दरबारसम्मको करिब ५,६ सय मिटर सुरुङ छ भन्ने मान्यता रहेको समितिका अध्यक्ष मोतिलाल गिरीले जानकारी दिए । त्यसैले सो सुरुङमार्ग र अन्य मार्गसं“गै जितगढी र मणिमुकुन्द सेन उद्यान दुवैको एकीकृत विकास गर्न थालेको उनले बताए । सो योजना अनुसार फूलबारीमा अझ व्यवस्थित चिडियाघर बनाउने, पार्कहरु निर्माण्ँ गर्ने, सभामञ्च बनाउने, बाल उद्यान थप्ने लगायतका विकासका काम सुरु गरिने उनको भनाइ छ । फुलबारीमा पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्मका र करिब ७ मुलुकका पर्यटकहरुको आगमन हुने गर्दछ । पर्यटनको रुपमा विकसित हुदै गएको फुलबारीमा रुपन्देही जिल्ला विकास समिति, बुटवल नगरपालिका कसैले पनि यसको बृद्धि विकासका लागि त्यति चासो नदिएको उनको भनाइ छ ।
एक दशकअघिसम्म जोगीहरुको अखडा रहेको बुटवल नगरपालिका वडा नम्बर ४ पाखापानी जंगल क्षेत्रत्रकोे ऐतिहासिक स्थललाई बुटवल नगरपालिकाले २०५६ सालदेखि मणीमुकुन्दसेन उद्यानका रुपमा विकास गरेपछि यो ठाउ अहिले शैक्षिक भ्रमण तथा आन्तरिक एवं बाह्य पर्यटकहरुको आर्कषण बनेको हो । झण्डै १० बिघा क्षेत्रफलमा मणिमुकुन्दसेन फूलबारी रहेको छ । यस उद्यानको स्तर उन्नति अनुरुप कार्य सञ्चालन भएपनि स्थानीय निकाय तथा जिल्ला विकास समितिबाट प्रयाप्त रुपमा सहयोग नहुदा स्तर उन्नतिको कार्यमा प्रभाव परेको कार्यालय प्रमुख बस्यालले जानकारी दिए । जिल्ला विकास समिति र उद्यानको आन्तारिक स्रोतबाट उद्यान क्षेत्रमा २ सय ३२ मिटरको वाल लगाइएको छ । आन्तरिक एवं बाह्य पर्यटकहरुको आगमनमा बृद्धि भएपनि उद्यानमा अहिले जग्गा अभाव देखिएको छ । ‘उद्यानको क्षेत्रफल बढाउन जरुरी छ तर, हामीकहा जग्गा अभाव छ, कार्यालयका प्रमुख बस्यालले भने ।’ वि।स। २०६५ सालमा यस उद्यानको संरक्षण समिति स्वायत्त भएपनि यस उद्यानमा संस्थापक तथा साधारण सदस्यबीचबाट पहिलो पटक निर्वाचित मोतिराज ज्ञवालीको अध्यक्षतामा बनेको कार्यसमितिले उद्यानको गुरु योजनालाई बृहत् बाल उद्यानको निर्माण तथा पशुपंक्षी संरक्षणालयलाई पश्चिमाञ्चल क्षेत्रीयस्तरको चिडियाखानामा स्तरोन्नती गर्ने उद्यानले कार्यत्रक्रम अघि बढाएको छ । उद्यानसं“गै बनको क्षेत्र रहेकाले बनका रुख काट्न नमिल्ने हुदा पनि यसको स्तरबृद्धिका लागि जग्गाको अभाव देखिएको उद्यान संरक्षण समितिको भनाइ छ ।
फुलबारीमा आर्थिक बर्ष ०६६,०६७ मा स्वदेशी एवं विदेशी गरी झण्डै १ लाख ९० हजार पर्यटकहरुले उद्यानको अवलोकन गरेकोमा आर्थिक बर्ष ०६७,०६८ मा त्यो संख्या बढेर २ लाख २५ हजार ५ सय ९७ पुगेको छ । जुन आर्थिक बर्ष ०६६÷६७ भन्दा ३५ हजार ६ सयले बढी हो । कार्यालयको तथ्याङक अनुसार आर्थिक बर्ष ०६७÷०६८ मा २ लाख १२ हजार ८ सय आन्तरिक, १२ हजार ६ सय ९० सार्क राष्ट्र तथा ९७ जना तेस्रो मुलुकका पर्यटकले फुलवारी उद्यानको अवलोकन गरेको बताइएको छ । यसैगरी आर्थिक बर्ष ०६९÷०७० मा ३ लाख ३८ हजार ५ सय ५२ जना आन्तरिक एवं बाह्य पर्यटकहरुले उद्यानको भम्रण गरेको बताइएको छ । जसमा आन्तरिक पर्यटक २ लाख १९ हजार ५ सय, विद्यार्थीहरु २० हजार ९ सय ५६, सार्क राष्ट्रका पर्यटकहरु ११ लाख ५ सय ९५, अन्य राष्ट्रका पर्यटक ६९ र अन्य ८६ हजार ४ सय ३२ जना रहेका छन् ।
0 comments