तरकारीमा हानीकारक विषादीको प्रयोग बढ्दो


 विकाश पराजुली
बुटवल, मंसिर २१ ।

 रुपन्देही जिल्लामा रहेका कृषकले तरकारीमा हानिकारक विषादीको प्रयोग गर्न क्रम झन् बढ्दै गएको छ । आफैले खानुपर्ने खाद्यान्यबालीमा विषादी प्रयोग गर्न नहुने जानकारी कृषकहरुमा भए पनि तरकारी बढी फल्ने लोभले कृषकहरुले घातक विषादीको प्रयोग गर्न नछाडेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले बताएको छ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार पुराना कृषकले पनि प्रतिवन्धित विषदी प्रयोग गर्ने गरेको पाइएको कार्यालयका बालीसंरक्षण अधिकृत जमाल खा“ले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा कृषकले प्राङ्गारिक खेती प्रणाली अपनाउने गरेको भएपनि अझै प्रभावकारी भने हुन सकेको छैन ।
‘एउटा किसानले मात्रै प्राङ्गारिक खेती गरेर हुदैन, एउटा क्षेत्रका सबै कृषकले गर्नुपर्ने हुन्छ, खा“ ले भने  ‘उचित सरकारी नीतिकै अभावमा यो संभव हुन सकेको छैन ।’ जिल्लाका अधिकांश कृषकहरुले प्राङ्गारिक मलको अभाव देखाउ“दै तरकारीमा विषादीको प्रयोग गर्ने गरेका छन् । शंकरनगरका कृषक कृष्ण गैरेले प्राङ्गारिक मलको प्रयोग गर्दा फल त्यति धेरै नलाग्ने कारण पनि विषादीको प्रयोग गर्न बाध्य भएको बताए । उनले प्राङ्गारिक मलको प्रयोग जिल्लाका कृषकहरुले कमै मात्रामा प्रयोग गर्ने गरेको बताए ।
 विषादी प्रयोग नगरेको बालीमा राम्रोस“ग उत्पादन नहुने भएकाले पनिे घातक विषादीको प्रयोग गर्नुपरेको गैरेले बताए । कुनै किसानले प्राङ्गारिक खेती गरेपनि स“गैका अर्का किसानले विषादी प्रयोग गरेपछि त्यो क्रम बढ्दै गएको बताइएको छ । बढ्दो विषादीका कारण बालीनाली घट्ने मात्र नभई मानिसको स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भएकाले विषदी न्यूनीकरण गर्न र हानीकारक विषादी भने प्रयोग नै गर्न नहुने बालीसंरक्षण अधिकृत खा“को भनाइ छ । नेपालमा थायोडान, विएचसी, फस्मामेडिनलगायत १५ प्रकारका हानिकारक औषधि प्रयोगमा बन्देज लगाइएको छ । रातो लेबलका औषधि खतरनाक हुने र पहेंलो, निलो र हरियो सङकेतका औषधि प्रयोग गर्न मिल्ने भएपनि कृषक यसप्रति सचेत भने हुन सकेका छैनन् । यी औषधिले वातावरण स“गै मानव स्वास्थ्यमा निकै असर पर्ने भएकाले सचेत हुनुपर्ने उनले बताए ।
बढ्दो विषादीका कारण बस्तुभाउमा पनि नराम्रो असर परिरहेको विज्ञले बताएका छन् । उत्पादन बढाउने नाममा प्रयोग गरिएको विषाीले सत्रु जीव बढ्दै गएको भन्दै आवश्यक परेमा पनि प्राविधिकको सल्लाहमा मात्र औषाधि प्रयोग गर्न कार्यालयले सबैलाई अनुरोध समेत गरेको छ । रुपन्देही जिल्लामा ८२ हजार ६ सय ५० हेक्टर  खेतीयोग्य जमिन रहेको छ । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत भिमनाथ शर्माले कृषकहरुले सानो लगानीमा बढि आम्दानी खोज्ने कारणले पनि तरकारीमा विषादीको प्रयोग गर्ने गरेको बताए ।
 रुपन्देही जिल्लामा करिव २५ सय हेक्टर क्षेत्रफलमा हिउदे तरकारी खेती गरिन्छ । त्यसैगरी करिव ५० हेक्टर क्ष्ेत्रफलमा प्राङगारिक तरकारी खेति गरिने तथ्याङ छ । यद्यपी त्यो तथ्याङमा भने जस्तो पछिल्लो समय तरकारीमा प्राङगारीक मलको प्रयोग भने कम भएको कार्यालयले जनाएको छ । रुपन्देहीमा खुरावगर, आमा, सुर्यपुरा, कमरिया, पर्रोहा, मानमटेरिया, मक्रहर, देवदह, खड्क बनगाई,मझगावा क्षेत्रमा विशेष गरी तरकारी खेति हुने गर्दछ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.