सचेत बन्दैछन् बालविवाहप्रति ग्रामीण महिलाहरु
विकाश पराजुली
बुटवल, चैत २२ । सानै उमेरमा विवाह गरे भविष्य राम्रो हुने र धर्म, कर्म
पनि प्राप्त हुन्छ भन्ने सामाजको गलत मानसिकताकै कारण आमा बुवाले
जर्वजस्ती १३ बर्षको उमेरमा पुष्पा चौधरीको बालविवाह गरिदिए । समाजका भद्र
भलामीहरुले उमेर बढी भएकी छोरी घरमा राखे नराम्रो घटना हुने भन्दै
आमाबुवाहरुलाई उस्काएपछि १३ बर्षे कलिलो उमेरमा पुष्पाले अर्कैको सिन्दुर
पहिरिनु प¥यो ।१३ बर्षको उमेर आफ्नो विवाह भएको बताउने पुष्पाले समाजिक कु संस्कारकै कारणले भाईको पनि ७ बर्षको उमेरमानै विवाह भएको बताईन । ‘सानो भाईलाई विवाह भनेको के थाहा छ, घरबाट गर्ने भनेपछि विहे गरियो भाई बुहारी भन्न पनि उतिबेला ग्राहो हुन्थ्यो विगतका दिन सम्झदै पुष्पाले भनिन् बैनी भन्नेलाई बुहारी भन्न निकै गाहो लाग्यो ।’
रुपन्देहीको दुधराक्ष बुद्धनगरमा जन्मेकी पुष्पा चौधरीले मानकपडि ६ मा विवाह गरेकी थिईन । सानै उमेरमा आफ्नो बालविवाह भएपनि चौधरी अहिले गाउ“मा बालविवाह गर्न हुन्न भन्ने सचेतना अभियानमा जुटेकी छन् । ‘बुवाआमाले सानै उमेरमा विवाह गर्नुपर्छ भनेपछि गरेको हो, तर अहिले म त्यसैको विरुद्धमा आवाज उठाउदै हिडेकी छु ३५ बर्षीय पुष्पाले भनिन् ।’
वि।स।२०४८ सालमा आफ्नो विवाह हुदा कयौ आफु जस्ता बाल बालिकाहरुको विवाह हुदै आएको भएपनि पछिल्लो १० बर्षमा रुद्रारक्ष बाट बालविवाहका भएका छैनन् । रुद्रारक्ष संगै मानपकडि गाविसमा पनि अहिले बालविवाहहरु भएका छन् । ‘कुनै समय बालविवाहको प्रचलन बढी थियो, समाजमा सचेतना जगाएपछि यसको प्रचलन हराएको हो, पुष्पाले भनिन् अहिले त्यस्तो बालविवाहको घटना सुन्न परेको छैन् ।’
सानै उमेरमा विवाह भएको पुष्पाका हाल २ छारी र १ छोरा मात्र छन् । उनी मात्र हैन मानपकडि १ कुरेनीकी मिना कुमारी चौधरीले पनि पछिल्लो समय यस क्षेत्रमा बालविवाहको घटनामा कमि आएको बताईन ।
आफ्नो १५ बर्षको उमेरको विवाह भएको बताउदै उनले अहिले बालविवाह सम्बन्धी यस क्षेत्रका मानिसहरुमा सचेतना जागेको बताईन । ‘सानै उमेरमा विवाह गर्दा धेरै ग्राहो भयो, कलिलो उमेरमा विवहा गर्दा भविष्य राम्रो हुन्छ भन्दै विवाह गरिदिए मिना भन्छिन् बुवाआमाको भनाईलाई नकार्न सकिन ।’
उनले अहिले आफुले जस्तै बालबालिकाहरुले कम उमेरमा विवाह नगरुन भन्ने अभियानमा लागेकी छन् । उनले समाजमा हुने विभिन्न कार्यक्रमहरुमा बालविवाह विरुद्धका आवाजहरु उठाउदै आएको बताईन ।
१० बर्ष पहिले दुधराक्ष र मानपकडिमा पनि बालविवाहको प्रचलन रहेपनि अहिले भने समाजमा बालविवाह नभएको स्थानीयहरु बताउ“छन् । बालविवाह गर्दा बच्चाहरुलाई शारिरीक र मानसिक दुवै रुपमा तनाव हुने र सानै उमेरमा विवाह गर्दा पाठेघर खस्ने समस्या समेत बढ्दै जाने चिकित्सकहरु समेत बताउछन् ।
बालविवाह विशेष गरी अहिले पनि नेपालको तराई क्षेत्रमा बढी मात्रामा हुने गरेको छ । यो प्रचलन उच्च जातीय समुदायमा भन्दा तल्लो जातका भनिने मुसहर, चमार, डोम, यादव, मुस्लिम जस्ता समुदायमा बढी भएको उनले बताईन । सबैभन्दा ज्यादा बालविवाहको प्रचलन मुसहर र डोम समुदायमा रहेको पाईन्छ ।परम्परागत विश्वास र सोचाइका कारण बालविवाह हुने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी दिपक न्यौपानले बताए ।
‘अहिले जिल्लामा बालविवाह सम्बन्धी उजुरु परेका छैनन् यसरी हेर्दा पनि बालविवाह सम्बन्धी समाजमा सचेतना बढेको देखिन्छ उनले भने ।’ बाल विवाहपछि बालवालिकाहरुको पढाई विग्रने, विरामी हुने, छिटो बच्चा जन्मने, बालबालिकाको मानसिक शक्तिको विकास नहुने जस्तो नकारात्मक पक्ष रहने उनको भनाई छ । समुदायमा छोरी हुर्के खर्च बढी हुन्छ भन्ने धारणा ब्याप्त हुदा पनि बालविवाह हुने गरेको बताईन्छ ।
0 comments