नृत्य सिक्ने र सिकाउनेहरु
विकाश पराजुली
बुटवल । कुनै समय थियो आफ्ना छोरा–छोरी नृत्य सिकेर दिन बिताए भने
अभिभावकको मन आत्तिन्थ्यो । छोरा–छोरीले ठूलै गल्ती गरे जस्तो लाग्थ्यो ।
तर अहिले त्यस्तो छैन् समयले कोल्टे फेरेको छ । अभिभावकहरुले पनि नृत्य के
भन्ने कुरा बुझ्न थालेका छन् । विद्यालयमा खेलकुद अनिवार्य भएजस्तै अहिले
नृत्य कक्षा पनि मानिसहरुको लागि अनिवार्य बन्दै गएको छ । स–साना बाल
बच्चादेखि युवा पुस्ताहुदै बिस्तारै यसको जालो फैलिदै छ ।बाहिर अरुलाई देखाउदा कम्मर मर्काएर मनोरञ्जन दिनेहरु जति हा“सेर नाच्छन् त्यत्ति ग्राहो हुन्छ उनीहरुलाई आफ्नो कला पस्कन् । फुर्सदमा भएका विद्यँर्थीदेखि पढाईलाई समय दिएरै भएपनि नृत्य सिक्नेहरु पनि ठूलै संख्यामा छन् । स्कुलको समयमा स्कुल जाने र बा“की समय केही कला सिक्ने विद्यार्थीहरुलाई अहिले केही समस्या छैन किनभने उनीहरुले अहिले फुर्सद मिलाएर कला सिक्ने गरेका छन् ।
……..
अरुलाई मनोरञ्जन दिएर आफू रम्ने योजनाका साथ नृत्य सिक्दै गरेकी अञ्जु गैरेको दिनचर्या अहिले नृत्य सिक्दैमा वितेको छ । स्कुल जाने समयमा स्कुल विदा भएपछि उनी हतारिदै आईपुग्छिन । घरमा चिया, नास्ता गर्ने वित्तिकै कतिखेर संगीतालयमा पुगौं जस्तो भईरहेको हुन्छ । हरेक दिन उनलाई यस्तै हतारो । त्यसो गर्नुका पछाडि केही नया“ कुरा सिक्ने गहिरो चाहना छ उनीस“ग ।
बुटवल, ११ मिलनचोकमा बस्ने १३ बर्षीय अञ्जु गैरे अहिले एउटा घरभित्र नृत्य सिक्ने अभ्यास गर्दैछिन् । कम्प्युटरमा सिडि मार्फत् थरिथरिका नृत्य हेर्दै, संगीतको धुनमा आफू पनि त्यसको सिको गर्नु उनको अहिले दैनिकी नै बनेको छ । गैरेले अहिले कक्षा लिन थालेको भर्खर मात्र भएपनि अहिले यस बीचमा धेरै सिकेको उनी बताउ“छिन् । आफूभन्दा सिनियर दाजु दिदीहरुस“गबाट थुप्रै नृत्य गर्ने शैलीलाई सूक्ष्मस“ग केलाएकी छन् । भन्छिन ‘हामीमा बडी, पोज (अंगहरुले दिने संकेत) को पÔ निकै कमजोर छ । नृत्यमा यही नै हुनुपर्छ भन्ने त छैन । तर केही सतही तथ्यलाई नकार्न पनि मिल्दैन । जस्तो, साल्सा नृत्य हिपमा धेरै निर्भर रहन्छ त चरिया औंलामा । ब्रेक डान्स खुट्टामा निर्भर हुन्छ भने वेभडान्स छाती र हिपमा ।
भर्खर मात्र कक्षा लिएकी अञ्जु नाच्न सिक्दा के के कुरामा ध्यान दिनुपर्छ भन्नेमा राम्रो ज्ञान पाईसकेकी छन् । उनले भनिन ‘नाच्न जीवनता भर्न शरीरका ५ भाग अनुहार, हात, छाती, हिप र खुट्टा संवेदनशील हुन्छन् ।’ अनुहारले नृत्यले दिन खोजेको भाव बोल्छ, हातले त्यसलाई आकार दिन्छ, खुट्टाले शक्ति सन्तुलन गर्छ, छातीले वाहारवाहार बनाउ“छ भने हिपले मुभमेन्ट देखाउछ । उनले फेरि थपिन ‘यसैले पनि नृत्यमा शरीरका हरेक अंगको स्फूर्ति देखि पोस्चर कतिसम्म महत्वपूणर््ँ छ भन्ने बोल्छ ।’ हातमा केही न केही सीप भयो भने जहा“ कही भएपनि काम लाग्छ भन्ने मान्यता पनि उनीसंग छ । उनको नृत्य सिक्ने इच्छा नेपाली नृत्य मात्र रहेका छैनन् । उनले भनिन्–‘कोरियन, जर्मनी, स्पेनिश, सिंगापोरियन, रेञ्च, अमेरिकन र भारतीय नृत्य पनि सिक्ने योजना रहेको छ ।’ साथै बिभिन्न मूलूकका चर्चित म्युजिक ब्याण्डहरुको प्रस्तुति, अंग्रेजी नाटक जस्ताको तस्तै देखाउने ईच्छा भएको उनले सुनाईन । नाच सिक्दा स्टेज पाएमा नाचको विकास पनि हुने हुनाले अहिले गैरे जस्ता कयौ विद्यार्थीहरु नाच्ने कला सिकिरहेका छन् ।
……………
बुटवल १३ देविनगरमा बस्ने कृष्ण न्यौपानेले पनि १ बर्ष भइसक्यो नृत्य कक्षा सिकेको । सानैदेखि नृत्यमा इच्छा भएकाले नृत्य सिकेको बताउने कृष्णले कल्चलर र मोडन नृत्य गर्दछन् । राम्रो डान्सर बन्ने योजनाका साथ लागेका उनी लुम्बिनी बाणिज्य क्याम्पसका विद्यँर्थी हुन । भर्खर मात्रै १९ बर्ष पुगेका कृष्ण यस कलामा प्रवेश गरे भोलिको भविष्य पुरा हुने बताए । नृत्य सिक्दा सुरु–सुरुमा निकै ग्राहो हुने बताउदै उनले सिक्दै गरेपछि विस्तारै नृत्य कला सजिलो हुने उनको भनाई छ ।
…………………….
आफू नाच्ने मात्र हैन अरुलाई सिकाउदै आफ्नो प्रस्तुतिलाई अब्बल बनाउदै आएका छन् बुटवल १३ योगिकुटीका पुजन पन्थी । मोडन फर्म सबैमा नृत्य गर्ने उनी बागेश्वरी संगीतालयमा ३ बर्षदेखि आबद्ध छन् । बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्ने पुजन समय मिलाएर संगीत क्षेत्रमा लागेका छन् । ‘स्टेज कार्यक्रममा जा“दा अरुले नाचेको देखेपछि सिक्ने योजना बनाए , अहिले सिक्दै र सिकाउदै पनि छु उनले थपे– सवैको सहयोगले म खुसी छु ।’
पछिल्लो समय नृत्यको पनि प्यालेट फम बन्दै गएकाले यसको भोलीको भविष्य राम्रो हुने उनको विश्वास छ । मेहनतको फल मिठो हुन्छ भनेझै उनले अहिलेको गरेको परिश्रमले पछि पक्कै फाईदा दिने उनको भनाई छ । २० बर्षका पुजन यस क्षेत्रमा आउने जो कोहीलाई नृत्य सम्बन्धी बुझेर मात्र आउन आग्रह गर्छन ।
………………………..
पढाईको समय, अनि घरपरिबारलाई समय, समयले कसैलाई पर्खदैन, समय गतिशिल छ । भएको समयलाई सवैतिर व्यवस्थापन गर्दै नृत्य सिक्न र सिकाउन लागि परेका हिमाल थापा यतिबेला संगितमा भुल्न थालिसकेका छन् । शिवनगरमा बस्ने आएका हिमाल ३ बर्ष देखि नृत्य सिक्दै र सिकाउदै आएका छन् । त्यति मात्रै हैन उनी अहिले नृत्य प्रतिस्पर्धामा पनि हिड्न थालेका छन् । ‘पढाईलाई पनि समय दिनुप¥यो, यता पनि अलि बढि व्यस्त भईन्छ हिमाल भन्छन् चाहेपछि जे पनि गर्न सकिन्छ । अक्सफोड कलेजमा पढ्दै गरेका हिमाललाई सुरु सुरुमा घरबाट राम्रो सपोट नभएपनि अहिले भने सपोट पाउन थालेका छन् । आफ्नो छोरो ठुलो स्टेजमा गई प्रस्तुती राखेको देखेपछि घरबाट सपोट मिलेको हिमाल बताउछन् । कम्प्युटरमा नाच हेरेर सिक्ने इच्छा भएपछि हिमालले संगितको कक्षा लिन थालेका हुन । स्वास्थ्य पनि तन्दुरुस्त हुने भएकाले अहिले हिमाल दैनिक संगित कक्षा लिइरहेका छन् ।
…………………………..
‘खाने मुखलाई जुगाले छेक्दैन’ यो उखान अहिले यतिबेला दुर्गा रानालाई ठ्याक्कै मेल खाएको छ । नृत्य गर्ने इच्छा भएपनि घरपरिबारबाट सुरुका दिनमा सपोट नमिलेपछि उनले आफैले अठोट गरी नृत्य कक्षा सुरु गरिन । परिबारमा बाबा बाट सहयोग नपाएपनि आफ्नो इच्छालाई कहि कतै डुलाईनन् सधै ध्यान नृत्य तिर नै गयो । त्यसैले उनी ४ बर्ष देखि नृत्य गर्दै र अरुलाई सिकाउदै आएकी छिन् । रुपन्देहीको मंगलबारमा बस्ने दुर्गा राममणि क्याम्प्सकी विद्यार्थी हुन । २५ बर्षकी दुर्गा पछि कोरियोग्राफि बन्ने दृढ योजना छ । सुरु सुरुमा स्टेप चाल्दा निकै ग्राहो भएको उनको अनुभव छ । ‘अरुले देख्दा जति सजिलो लाग्छ, साच्चिकै गर्दा निकै ग्राहो हुने गर्दछ उनले भनिन् नाच्न खासमा त्यति सजिलो छैन् ।’
दुईटा हात हल्लाउदैमा र कम्मर मर्काउदैमा त्यो नृत्य पुर्ण नहुने उनले बताईन । संगितको चालमा स्टेप संगै नृत्य गर्नु कम ग्राहो हुने उनको भनाई छ । पढाई र नृत्यलाई संगै लैजादा समयको व्यवस्थापनमा निकै ध्यान दिनुपर्ने उनले बताईन ।
………………………
७ बर्ष देखि अरुलाई विभिन्न कला सिकाउदै आएको बागेश्वरी संगितालयले यस विचमा धेरै त्यस्ता कलाकार तथा नृत्यकारलाई जन्मायो । त्यति मात्र हैन, नृत्य सिकाउने विद्यार्थीहरुले अहिले आफै नृत्य प्रशिक्षण समेत राखी अरुलाई नृत्य सिकाइरहेका छन् । सुरु सुरुमा सास्त्रीय संगितको कक्षा प्रारम्भ भएपनि सास्त्रीय संगित राम्रो नचलेपछि अहिले हिपप्, विबोई·, साल्सा, कल्चर, मोडन डान्सहरु सिकाउदै आएको बताउछन् बागेश्वरी संगितालयका प्रबन्धक निर्देशक सुरेश सेञ्चुरी । नृत्य कक्षा लिने विद्यार्थीहरुको संख्या बढ्दै गएको बताउदै सुरेशले अझै पनि कतिपयले संगित नबुझ्दा यसमा लगाव कम हुदै गएको उनको भनाई छ । ‘अरुको शरिरलाई संगितमा ढालेर मर्काउन पकै सजिलो छैन् तर पनि विद्यार्थीहरुको उत्साहित भने बढेको छ, सेञ्चुरी भन्छन्–नृत्य कक्षा पनि अहिलेको सन्र्दभमा अनिबार्य जस्तै बन्दै गएको छ ।’
सेञ्चुरीकै कुरामा सहमति छन् अर्का नृत्य सिक्दै गरेको गणेश अधिकारी । कहिले काही पार्टीमा जादा साथीहरुले नाच्न भनेपनि नाच्न नजानेपछि आफुलाई पेज भएपछि उनी नृत्यको कक्षा लिएका हुन । सानै देखि नाच्ने ईच्छा नभएपनि अधिकारी समयको माग अनुसार आफुले कक्षा लिएको बताए ।
‘पहिलाको मेरो डर र लाज हराइसक्यो ।’ अधिकारी भन्छन् ‘नृत्य कक्षाले मैले आफ्ना पढाईलाई पनि राम्रो गर्न सकेको छु ।’ अधिकारी जस्तै अन्य थुपैरैले मनोरन्जनका माध्यमबाट पढाइमा प्रगति गर्दै गएका छन् ।
केही वर्Èअघिसम्म शौखको रुपमा हेरिने नृत्य हरेक मानिसका लागि अनिवार्य बन्दै गएको छ । मधुमेह, उच्च रक्तचाप र मानसिक तनाव कम गर्नसमेत नृत्य उपयुक्त विकल्प हो । मनोरञ्जनसगै शारीरिक तन्दुरुस्तीका लागि नृत्य अनिवार्य बनेको बताउछन पुनः सेञ्चुरी । अहिले नृत्यमा आर्कषण बढेपछि रुपन्देहीमा पनि प्रशिक्षण केन्द्रहरु खेल्ने क्रम पनि बढेको छ । यस क्षेत्रमा सञ्चालनमा आएका नृत्य केन्द्रहरुले शास्त्रीय, आधुनिक, लोक, साल्सा, बल, हिपहपलगायत राष्ट्रि तथा अन्तर्राष्ट्रिय नृत्य सिकाउने गर्छन् । स्वस्थ रहनका लागि पनि मानिसहरु नृत्य प्रशिक्षण केन्द्र धाउने गरेको सेञ्चुरीको अनुभव छ । नृत्य प्रशिक्षण केन्द्र धाउनेहरुमा मध्ये बढि विद्यार्थीहरु रहेका छन् ।
कडा पश्रिम गर्नु नपर्ने, मोटोपन भएका र मानसिक तनाव भएका मानिस पनि नृत्य सिक्न धाउने गरेको उनले बताए । मधुमेह, उच्च रक्तचाप र मानसिक तनाव नियन्त्रणका लागि नृत्य सजिलो र राम्रो उपाय हो । कतिपय मानिसहरु फुसदको समय बिताउन पनि नृत्य सिक्न आउने गरेको व्यवसायीहरु बताउछन् ।
नृत्य सिक्ने प्रशिक्षार्थीले नृत्य तालीम लिन जानुअघि नृत्यको नाम, भौतिक पूर्वाधारको अवस्था र प्रशिÔकका बारेमा जानकारी लिनुपर्ने हुन्छ । भौतिक पूर्वाधार र प्रशिक्षककाअनुसार प्रशिक्षार्थीले प्रशिक्षणकेन्द्र छनोट गर्नुपर्ने हुन्छ ।
नृत्य तालीमको समय निर्धारण गर्न गाह्रो विद्यार्थीलाई ग्राहो हुने गर्दछ । स्कुलको समयमा स्कुल पनि जानुपर्ने भएकाले समयलाई व्यवस्थापन गर्न चुनौती उनीहरुमा रहेका छ । १÷२ महीना रहरले तालीम लिन आउने र ६ महीनासम्म नआउने गर्नाले नृत्यमा प्रबल हुन नसकिने बताउछन् व्यवसायीहरु । हाल बुटवलमा सञ्चालनमा आएको नृत्य प्रशिक्षण केन्द्रले मासिक रुपमा शुल्क लिने गरेका छन् । मासिक रुपमा शुल्क लिनाले प्रशिक्षार्थीलाई समयअनुकूल नहु“दा छाड्ने र पुन ः निरन्तरता दिन सजिलो हुने व्यवसायीहरुको अनुमान छ ।
नृत्य प्रशिक्षण केन्द्रले प्रशिक्षण सगै पुराना तथा लोप हुन लागेका नृत्यको संरÔण्ँसमेत गर्दै आएको नर्कान सकिन्न । पश्चिमी मुलुकको देखायासीले गर्दा नेपाली लोकसंस्कृति लोप हुने अवस्था भएको अवस्थामा यस्ता प्रशिक्षण केन्द्रले नृत्यको संरक्षणमा निकै महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् ।
हिन्दी, अंग्रेजी जस्ता अन्य विधाका गितहरुमा नृत्य सिक्नेहरु भएपनि बढि मात्रामा लोपउन्मुख लोकसंगितका गितहरुमा नृत्य सिक्नेहरु रहेको व्यवसायीहरु बताउछन् । मस्तिष्कलाई उत्पादनमूलक बनाउने तथा सिर्जनात्मक क्षेत्र भएकाले नृत्य कक्षामा पनि विद्यार्थीहरुको आर्कषण बढेको सोही क्षेत्रमा काम गरेका व्यवसायीहरु बताउछन् ।
0 comments