सेवाग्राहीलाई दुःख कहिले सम्म ?

लाईसेन्स लफडा

विकाश पराजुली

बुटवल/ नेपालमा सवारी ऐन २०४९ अनुसार यातायात व्यवस्था कार्यालयले उमेर पुगेका नागरिकलाई सवारी चालक अनुमति पत्र वितरण गर्ने गर्दछ । सवारी ऐन २०४९ को दफा ४७ मा उल्लेख गरिएका मापदण्डहरु पुरा गरी यातायात व्यवस्था कार्यालयले दफा ४९ अनुसार लिने परीक्षा उत्तीण गरेको मानिसलाई सवारी चालक अनुमति पत्र ९लाईसेन्स० उपलब्ध गराउदै आएको छ ।
सवारी चलाउनका लागि दिईने स्वीकृत पत्रलाई लाईसेन्स भनिन्छ । लाईसेन्स लिएपछि मात्र त्यसले बैधानिक रुपमा सवारी चलाउन पाउछ । नेपाल सरकार यातायात व्यवस्था विभागबाट स्वीकृत भएको लाईेसेन्स भएपछि मात्र सवारी चलाउन यो नियामत उ योग्य ठहरिन्छ ।
तीन वटा डण्डी छलाएर दिईने प्रयोगात्मक परीक्षा फेरिएर अहिले नया“ मापदण्ड अनुसारको परीक्षा भइरहेको छ । लामो समयको प्रयास पछि यातायात व्यवस्था कार्यालय लुम्बिनीले पनि अहिले लाईसेन्सको परीक्षा लिदै आएको छ । जग्गा अभावमा भौतारिएको यातायात कार्यालयले ड्राईभिङ स्कुल संघ लुम्बिनीसंग समन्वयन गरी अहिले ट्रायल हुने स्थान पक्का गरेको छ । नगरपालिकासंग बार्षिक सम्झौता गरी अहिले लाईसेन्सको परीक्षा लिन थालिएको हो । १ बर्ष ढिला गरी सुरु भएको नया मापदण्ड अनुसारको लाईसेन्स वितरण अहिले पनि जारी छ । तर सेवाग्राहीले पनि त्यसलाई सहज रुपमा लिन सकेका छैनन । अहिले चालक अनुमति पत्र लाईसेन्सका लागि आवेदन दिने र ट्रायल दिनेहरुको भीड बुटवलमा बढ्दो छ । लामो समयसम्म खुल्न नसकेको ट्रायल परीक्षा खुल्दा स्वभाविक रुपमा भीड बढ्ने भएपनि त्यसको व्यवस्थापनमा अहिले यातायात व्यवस्था कार्यालय चुकेको छ । सेवाग्राहीले पाउने सेवामा कार्यालयले त्यसको व्यवस्थापनमा ध्यान दिनु जरुरी देखिएको छ । अहिले लाईसेन्स लिनेहरुको भिड बढि रहदा लाईसेन्स लिन रातदिन नभनी लाईनमा बस्नुपरेको गुनासो सेवाग्राहीले गरेका छन् । सेवाग्राहीको संख्या बढ्दै जादा कार्यालयले टोकनको व्यवस्था गरेर त्यसलाई सहज बनाएको भएपनि त्यो दिर्घकालीन भने नहुने भएको छ । बढ्दो भीडलाई व्यवस्थापन गर्नु जरुरी छ । त्यति मात्र हैन, सानो गडबढिले यातायात कार्यालयले ठुलै हानी नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन पनि सक्छ । यो कार्यालयले बुझ्नु जरुरी छ । भलै कार्यालयलाई लाग्ने आरोपलाई पनि सामाना गर्नु कार्यालयको प्रमुख दायित्व हो । अहिले यो कार्यालयका केही नराम्रा पक्षहरु बाहिर आएका छन् । कार्यालय परिसरबाट ट्रकको रुटको ठेली हराउनु, निरोगिताको प्रमाणपत्र मनलाग्दो व्यक्तिले दिने गरेको, प्रत्येक ड्राईभिङ ईन्ष्टिच्युटले ५ हजार तिरी ५ जनालाई जसरी पनि लाईसेन्स दिनुपर्ने जस्ता कुरा बाहिर आएका छन् । आखिर लाईसेन्सको लफडा कहिले सम्म त रु कहिले पाउछन् सेवाग्रँहीले छिटो र छरितो सेवा त्यसमा पनि घुसपैठ विना ।

यातायात कार्यालयमा चाप
यातायात कार्यालय लुम्बिनीले विभिन्न अवरोधका बीचमा चालक अनुमपति पत्र लाईसेन्सको आवेदन खुल्ला गरेको छ । हरेक दिन जसो कार्यालयमा बढी मात्रामा मोटरसाईकल चालक अनुमति पत्रका लागि सोधपुछ गर्न आउनेको संख्या बढ्दो रहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले सुचना जारी गरी आवेदन खुल्ला गर्ने मिति तोक्दा कार्यालयमा आवेदन दिनको भिड बढ्दो देखिन्छ । ४र५ दिनमा आवेदन खुलाउने र महिनाभर परीक्षा गराउने यातायात व्यवस्था कार्यालय लुम्बिनीले अहिले हप्ताको एक दिन सुचना जारी गरी आवेदन खुलाउन थालेको छ । पारदर्शी र छिटो सेवा दिने भन्दै यातायात कार्यालयले गरेको यो कार्य राम्रो भएपनि सेवाग्राही भने रुष्ट भएका छन् । रातभर लाईनमा बसी फाराम बुझाउनुपर्ने भन्दै उनीहरुले कार्यालयको यो कार्य प्रति असन्तुष्टि जनाएका हुन । कार्यालयका प्रमुख भिमप्रसाद तिवारी भन्छन्–‘छिटो सेवा दिने भन्दै साप्ताहिक रुपमा आवेदन खुल्ला गरेका हौ ।’ उनका अनुसार केही समय सेवााग्राहीको चाप बढे पनि विस्तारै चाप कम हुनेछ ।
फाराम बुझाउन मात्र रातभर लाईन
यातायात कार्यालयले हप्ता दिन अगाडि एक सुचना जारी गरेपछि अर्को दिन आवेदन फाराम लिनेको भिड बढ्यो । त्यति मात्र हैन प्रहरी र सेवाग्राही विच सामान्य झडपको स्थिती समेत पैदा भयो । आवेदन खुलेको सुचना पाएका सेवाग्राहीहरु रातभर नसुती लाईनमा बसेर फाराम बुझाए । यसरी रातभर लाईनमा बस्दा पुरुषलाई भन्दा महिलाहरुलाई बढि दुख भएको महिलाहरुले बताएका छन् । महिलाहरु रातको समयमा लाईनमा बस्दा आफुहरुलाई ग्राहो हुने भएकाले यसको समधान गर्न कार्यालयलाई अनुरोध गरेका छन् ।
पैसाको मोलमलाई
पुरानो मापदण्ड फेरिएर नया मापदण्ड आएपछि धेरै सेवाग्राही अनुत्तिर्ण हुने गरेका छन् । पहिलेको तुलनामा अहिले झण्डै ३५ प्रतिशत सेवाग्राही अनुत्तिर्ण भएको स्रोतको भनाई छ । ट्रायल परीक्षामा उत्तिर्ण हुन नसकेपछि सेवाग्राहीले केही रकम खर्चेर भएपनि लाईसेन्स हातमा पार्न चाहेका हुन्छन् । यस्तोमा ड्राईभिङ स्कुल संघका केही पदाधिकारी र कार्यालयका केही व्यक्तिहरु संग सा“ठगा“ठ गरी कम्तिमा पनि ५ हजार रुपैया तिरी लाईसेन्स पाउने चलखेल भइरहेको स्रोत बताउछ । तर यातायात कार्यालयले पनि पारदर्शी र छिटो सेवा दिने उद्देश्यले एकै दिनमानै लाईसेन्स वितरण गर्ने गरी कार्य गरिराखेको बताएको छ ।
कार्यालयले कुनै रिसिभिका कारण यस्तो आक्षेप लगाएको हुन सक्ने बताइएको छ ।

परिक्षामा नै सिकाउछ प्रहरी
लाईसेन्सका लागि आवेदन फाराम बुझाएपछि पहिलो चरणमा लिखित परीक्षा दिईने गरिन्छ । तोकिएको स्थानमा परीक्षा दिन पुगेका आवेदनकर्तााहरुलाई त्यही प्रश्नको उत्तर प्रहरी स्वयमलेनै दिने गरेको भेटिन्छ । सवारी नियावली, ट्राफिक सम्बन्धी ज्ञान र ट्राफिक चिन्हको प्रयोग आदि समावेश प्रश्नपत्रमा हुन्छ । परीक्षा हलमा यातायात कार्यालयका केही व्यक्तिहरु र ट्राफिक प्रहरीले विशेष रुपमा परीक्षामा निगरानी गर्छ तर परिणाम भने उल्टो हुन्छ । सामान्य परीक्षाको रुपमा लिदा प्रहरीले प्रश्नको उत्तर बताउने गरेको भेटिएको छ । यसरी प्रहरीले नै परीक्षामा सिकाउने हो भने परिक्षा दिने प्रशिक्षार्थीहरुलाई कति ज्ञान प्राप्त हुन्छ । त्यो सहजै अनुमान गर्न सकिन्छ ।
के छ नया नियममा ?
मोटरसाइकलको प्रयोगात्मक परीक्षा अंग्रेजी अंक आठ आकारमा घुमाउनु पर्नेछ । त्यसपछि ठाउ–ठाउमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत निर्देशन अनुरुप चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पञ्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत चेकजा“च गरिने नया“ नियम छ । चालकको ध्यान, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि नया नियमको मापदण्ड बनाइएको छ ।
यूु टर्नमा साइड लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक लाईटको कसरी उपयोग गर्छ भनेर समेत हेरिनेछ । यी सबै नियम पूरा गरेर आठ आकारको दूरी केवल ५ मिनेटमा पूरा गर्नुपर्ने नियम छ ।





,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.