एक वर्षमा ६२६ स्यालो ट्युबेल जडान


विकाश पराजुली
बुटवल, साउन २ ।
 भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय बुटवलले आर्थिक वर्ष २०७०र०७१ मा ६ सय २६ वटा स्यालो ट्युबेल जडान गरेको छ । ‘भूमिगत स्यालो ट्युबेल सिंचाई कार्यक्रम’ अन्तर्गत  लुम्बिनी अञ्चलका ५ जिल्ला र गण्डकी अञ्चलको एक जिल्लामा ती स्यालो ट्युबेल जडान गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ५ सय ८६ स्यालो ट्युवेल जडान गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी जडान भएका हुन् । किसानहरुको माग बढेपछि लक्ष्य भन्दा बढी स्यालो ट्युबेल जडान गरिएको कार्यालयका प्रमुख नरेन्द्र खत्रीले जानकारी दिए । यो कार्यालयले रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, स्याङ्जा र गुल्मीमा स्यालो ट्युवेल जडान गर्दै आएको छ ।  


कार्यालयका प्रमुख खत्रीले किसानबाट स्यालो ट्युबेलको माग अत्याधिक आउने गरेको बताए । उनले बजेट अभावले माग अनुसार किसानलाई स्यालो ट्युबेल को सुविधा दिन नसकिएको बताए । उनका अनुसार सिंचाइ वैकल्पिक स्रोत नभएका र  नहरको सुविधा नभएको ठाउ“मा ट्युवेल जडान गरिदै आइएको छ ।
आर्थिक बर्ष २०७०र०७१ मा कपिलवस्तुमा १ सय ६१ स्यालो जडान गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो जिल्लामा २ सय ५१ स्यालो ट्युबेल जडान गरिएको थियो । त्यस्तै रुपन्देहीमा गत आर्थिक वर्षमा १ सय ४२ वटा स्यालो जडान भएका छन् । अघिल्लो आर्थिक वर्षमा रुपन्देहीमा २ सय ३६ वटा स्यालो जडान गरिएको थियो ।
यसैगरी नवलपरासीमा आर्थिक बर्ष २०७०र०७१ मा २ सय ६२ स्यालो जडान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा नवलपरासीमा ३ सय ५५ स्यालो जडान गरिएको कार्यालय प्रमुख खत्रीले जानकारी दिए । त्यस्तै गत आर्थिक वर्षमा पाल्पामा १९, स्याङजामा ३५ र गुल्मीमा ७ वटा स्यालो जडान गरिएको कार्यालयले तथ्याङ्क दिएको छ ।  अघिल्लो आर्थिक वर्षमा  पाल्पामा १० र स्याङ्जामा ५ वटा स्यालो ट्युबेल जडान गरिएको थियो । पहाडको तुलनामा तराईमा स्यालोको माग बढी रहेको कार्यालयले जनाएको छ ।
सरकारको ‘सातबर्ष दीर्घकालीन कृकउषि योजना’ अन्तर्गत आर्थिक बषए २०६७र०६८ बाट स्यालो ट्युवेल जडान कार्यक्रम सुरु भएको हो । शाखा कार्यालय बुटवलले तीन बर्षको अवधिमा नवलपरासीमा ३ हजार ५ सय ४३ स्यालो ट्युबेलको माग भएपनि अहिले सम्म जम्मा १ हजार ७ सय २१ स्यालो जडान गरेको छ । त्यस्तै रुपन्देहीमा ३ हजार ६० स्यालोको माग भएकोमा ३ बर्षमा १ हजार २ सय ६८ र कपिलवस्तुमा २ हजार १ सय ८३ माग भएकोमा १ हजार ५ स्यालो ट्युवेल जडान गरिएको कार्यालयले जनाएको छ
स्यालो ट्युबेल जडान गर्दा करिब ४० हजार रुपैया खर्च लाग्ने उनको भनाइ छ । ‘स्यालो ट्युवेल जडानका लागि २० बिघा क्षेत्रका किसानहरुले समितिको नियमानुसार स्थानीय जलउपभोक्ता समिति गठन गरी निवेदन दिनुपर्छ‘ खत्रीले भने–‘प्रत्येक चार बिघा क्षेत्रमा एउटा स्यालो ट्युबेल जडान गरिन्छ ।’
३५÷४० फिटको गहिराइबाट पानी निकाल्न सकिने र बिजुली नभएको ठाउ“मा पनि सजिलैस“ग कम खर्चमा सञ्चालन गर्न सकिने भएकाले यो ट्युबेल जडानको माग बढी रहेको हो ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.