सात बर्षको संघर्षपछि खानेपानीको समस्या हट्दै
विकाश पराजुली
बुटवल, जेठ १९ ।
बुटवल ४ मैनावगर स्थित श्रीरामनगर टोलमा खानेपानीको समस्या विस्तारै हट्दै गएको छ । आज भन्दा ७ बर्ष पहिले त्यस क्षेत्रका स्थानीयहरुले तिनाउको फोहोर पानी खानुपर्ने बाध्यता भएपनि जनश्रमदानबाट अहिले त्यस क्षेत्रका स्थानिय उपभोत्ताले स्वच्छ बोरिङको खानेपानी सहज रुपमा खान पाएका छन् ।
खानेपानी नहुदा ७ बर्ष पहिले बुटवलको पाखापानी र तिनाउ नदिको पानी खान बाध्य भएका त्यस क्ष्ँेत्रका स्थानियहरुले समुदायको लगानीमा बोरिङ गाडेपछि पानिको समस्या कम हुदै गएको हो । तर बढ्दो लाडसेडिङ संगै लाईन नहुदा बोरिङमा पानी नआउने भएपछि अन्य टोलहरुमा पानीका लागि जानुपर्ने समस्या भोग्दै आएका त्यस क्षेत्रका स्थानिय उपभोत्ताहरु अब भने त्यो समस्याबाट पनि मुक्ति पाउने भएका छन् ।
वि.स. २०६६ सालमा स्थानीय टोलबासीहरुको २ लाख ८० हजारको लगानीमा श्ररामनगर टोलमा बोरिङ गाडेपछि पानीको समस्या हटेपनि त्यसलाई ओभरहेड गर्ने पानी ट्याङकी नहुदा उपोत्ताले निकै सास्ती बेहोरेका थिए । लाईन हु“दा पानी आउने तर लाईन नहुदा पानी नहुने भएपछि स्थानियहरु पहिले जस्तै अन्य टोलहरुमा पानीका लागि धाउनुपर्ने थियो ।
बुटवल नगरपालिकामा सञ्चालित शुसासन परियोजना अन्तर्गत बुटवल नगरपालिका र स्थानीय जनश्रमदानको सहयोगमा पानी संचित गर्ने ट्याङकी निर्माण हुने भएपछि त्यस क्षेत्रका स्थानीयहरु अब पानीको समस्याबाट मुक्ति पाउने छन् । २ बर्ष देखि बुटवल नगरपालिका भित्रका ३८ वटा टोलमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सुसासन परियोजनाले नगरकै ५ वटा टोलमा भौतिक पुर्वधार निर्माण गर्ने मध्ये बुटवल ४ मैनावगरको श्रीरामनगर टोलमा टंकी निर्माण गर्न लागेको हो । त्यस बाहेक परियोजनाले अन्य विभिन्न टोलहरुमा टोलविकास समिति र सम्बन्धीत निकाय विचमा सहकार्य गरी अन्य कार्यहरु समेत गर्दै आएको ।
बुटवल ४ मैनावगरमा बस्ने लिलादेवी पुन आज भन्दा १० बर्ष पहिले बुटवलको पाखापानी र तिनाउको पानी खान बाध्य भएको भएपनि अब भने धारामै पानी आउने भएपछि खुसी भएको बताईन । ‘कहिले पारी डाडामा जान्थ्यौ, कहिले तिनाउकै पानी खाईयो ६४ बर्षिय पुनले मेचीकालीलाई भनिन् अब पानीको समस्या हट्ने भयो ।’
मैनावगर प्राथमिक विद्यालयको विद्यालय क्षेत्रभित्र निर्माण हुने पानी टयाङकी करिव ३४ लाखको लागतमा निर्माण हुने सुसासन परियोजनाकी फिल्ड कोडिनेटर यसोधा थापाले बताईन । सुसासन परियोजनाको ७५ प्रतिशत र स्थानीय जनश्रमदानबाट २५ प्रतिशत निर्माणका लागि खर्च गरिने छ । विशेष गरी सुख्यायाममा पानीको समस्या बढि हुने भएको भएपनि ट्याङकी निर्माण पछि त्यो समस्या हटेर जाने उनको भनाई छ । निर्माण कार्य ४ महिनामा सम्पन्न गर्ने योजना शुसासन परियोजनाको रहेको छ ।
यसैबीच टोल विकास समिति श्रीरामनगरमा निर्माणधिन अवस्थामा रहेको ओभरहेड पानी टंकीको सोमबार एक कार्यक्रमका बीच बुटवल नगरपालिकाका प्रमुख बावुराम गौतमले शिल्यानास गरेका छन् । लोडसेडिङको समयमा पानी नआउदा दैनिक जिविका सञ्चालनमा बाधा पुग्ने यथार्थ रहेकाले अब ट्याङकी निर्माण हुने भएपछि त्यो समस्या हट्ने उनले बताए । बुटवल नगरपालिकाले धेरै समय अनुसान्ध र प्रयास पछि ट्याङकी निर्माणको थालनी गरिएको बताए ।
कार्यक्रममा संयोजक मिनबहादुर खड्का, बुनपाका अधिकृत भुवाप्रसाद लुईटेल, शुसासन परिायेजनाका नगरसंयोजक मोहन सिंह थापा लगाएतले बोलेका थिए । कार्यक्रम सावित्रा पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।
0 comments