समस्याको चंगुलमा मैनाबगर प्रावि


विकाश पराजुली
बुटवल, जेठ २० ।

सहरी क्षेत्रको सामुदायिक विद्यालय कस्तो होला ? धेरैको अनुमान हुन्छ सहरी क्षेत्रमा भएकाले पूर्वाधार सम्पन्न, शिक्षक÷कर्मचारीका लागि सरकारले निर्धारण गरेको तलब–सुविधा । तर बुटवल नगरपालिका भित्रको एउटा यस्तो विद्यालयमा छ, जस्को भवन बाहेक अरु केही पूर्वाधार र सुविधा छैनन् ।
बुटवल– ४ मैनावगर स्थित श्रीरामनगर टोलमा रहेको मैनाबगर प्राथमिक विद्यालय धेरै समस्याका बीच सञ्चालन हु“दै आएको छ । विद्यालयमा विद्यार्थीले सामान्य सुविधा पनि उपभोग गर्न पाएका छैनन भने शिक्षक÷शिक्षिकाको हालत पनि उस्तै छ ।

कक्षा ३ सम्म अध्यापन हुने विद्यालयमा पुग्दा जो कसैलाई लाग्न सक्छ, यस्तो हालतमा विद्यालय सञ्चालन गर्नु भन्दा बरु बन्द गर्नु नै बेश  । हुन पनि विद्यालयको हालत दयनीय छ । दाताको सहयोगमा बनेको ६ कोठे भवन बाहेक अन्य पूर्वाधार विद्यालयमा केही छैनन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप प्रधान भन्छन् ‘स्कुल सञ्चालन गर्न यति धेरै कठिन छ कि सबै भनेर सकिदैन ।’
तीन जना शिक्षिकाले अध्यापन गराउने विद्यालयमा जम्मा ४४ जना विद्यार्थी छन् । ती मध्ये करिव ९० प्रतिशत विद्यार्थी दलित छन् । जिल्ला शिक्षा कार्यालयले छात्रवृत्ति र कितावका लागि दिने बार्षिक ४० हजार बाहेक विद्यालय सञ्चालनका लागि अन्य आयस्रोत नभएको व्यवस्थापन समितिका अध्यक्ष्ँ प्रधान बताउ“छन् । विद्यालयले अहिले दुई जना शिक्षिका लाई मासिक २४ सय रुपैया“ तलव दि“दै आएको छ । त्यस्तै प्रअको मासिक तलब २८ सय रुपैया“ छ । पिसिएफबाट आएको प्रति विद्यार्थी बार्षिक १६ सय रुपैंया“ र स्थानीय जनश्रमदानबाट उठेको रकमले शिक्षिकाहरुलाई तलव दिदै आएको अध्यक्ष प्रधानले बताए ।
‘शिक्षिकालाई तलव दिन मुख्य समस्या छ, त्यस बाहेक विद्यालयमा अन्य पूर्वाधार निर्माण पनि आवश्यक छ ।’ प्रधानले भने,‘कसैले चासो नदिदा विद्यालयको यस्तो अवस्था भएको हो ।’ वि.स. २०६६ सालमा स्थानीय बासिन्दाहरुको सक्रियतामा स्थापना भएको विद्यालयको भवन सिसिसि नामको संस्थाले सहयोग स्वरुप निर्माण गरेको उनले बताए । विद्यालयमा एक मात्र शौचालय ह“ुदा शिक्षिका तथा छात्रा विद्यार्थीहरुलाई समस्या पर्दै आएको छ । महिला शौचालयको अभाव हु“दा शिक्षिकाहरु नजिकै रहेका घरमा गई शौच गर्न बाध्य छन् । सुकुमबासी क्षेत्रमा रहेको विद्यालयले अहिले सम्म लालपुर्जा पाउन सकेको छैन । त्यस्तै जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म विद्यालयमा शिक्षक दरबन्दी समेत दिएको छैन । सामान्य मजदुरी गरी जिविका चलाउनेका बच्चाहरु अध्ययन गर्ने विद्यालयमा खानेपानीको प्रयाप्त सुविधा समेत नभएको स्थानीयहरु बताउछन् ।
विद्यालयको पक्की भवन भएपनि कक्षा कोठा भित्र बेन्चको व्यवस्था नहु“दा विद्यार्थीहरु भुइमै बसेर पढ्न समेत बाध्य भएका छन् । रोटरी क्लवले ४० हजारको बेच्नहरु उपलब्ध गराएपनि त्यो अझै प्रर्याप्त हुन सकेको छैन । खानेपानीका लागि धम्बो ज्वयलर्सले एउटा टंकी दिएको बताइएको छ । त्यस बाहेक विद्यालयमा कति कतैबाट सहयोग नमिलेको स्थानीय लिलादेवी पुनले बताइन । नगर भित्र रहेपनि विद्यालयले अहिलेसम्म कुनै सहयोग नपाएको अध्यक्ष्ँ प्रधानको भनाई छ ।
विद्यालयले नया“ शैक्षिक सत्रमा कक्षा ४सम्म अध्ययन गराउने सोच बनाएपनि कक्षा कोठाको अभावमा कक्षा सञ्चालन गर्न नसकेको उनले बताए । विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले छात्रबृत्ति बापत बार्षिक १७ हजार, किताबबाट ८ हजार र व्यवस्थापन समितिलाई ८ मात्र सहयोग स्वरुप रकम दिदै आएको छ । विद्यालय सञ्चालनका लागि अपुग रकम स्थानीय जनता तथा सहयोग दाताले दिदै आएका छन् । विद्यालयमा कक्षा १ मा १८ जना, २ मा १० जना र ३ मा १६ जना विद्यार्थी रहेका छन् ।


, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.