कार्यान्वयन भएन धुम्रपान निषेध ऐन


विकाश पराजुली
बुटवल, जेठ १७ । 

सरकारले २०६८ साउन २२ गते धुम्रपान तथा सुर्र्ती जन्य निषेध ऐन ल्याएको थियो । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी संयोजक हुने गरी समिति निर्माण गरी यसको कार्यान्वयन गर्नुपर्ने भएपनि रुपन्देहीमा यसको कुनै कार्य थालनी गरिएको छैन । ऐन आएको करिव ३ बर्ष पुग्नै लाग्दा जिल्लामा सार्वजनिक स्थानमा धुम्रपान गरेकै आधारमा कोही पनि पक्राउ परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले धुम्रपान नियन्त्रण गर्न गठन गरेको धुम्रपान नियन्त्रण दस्ताले पनि कुनै उल्लेख्य कार्य गर्न सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ऋषिप्रसाद लामिछानेले प्रभावकारी अनुगमन नभएकाले यसको कार्यान्वयन हुन नसकेको स्वीकार गरे । ‘हाम्रो एक्लो प्रयासले केही सम्भव छैन् । कार्यान्वयनमा ल्याउन सबैको सहयोग अपरिहार्य छ ।’ उनले भने । जनस्वाथ्य कार्यालयले धुम्रपान रहित दिवसको अवसरमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चुरोट विडी जस्ता धुम्रपानमा १० प्रतिशत मुल्य बृद्धि गर्न सकेमा ७ प्रतिशत धुम्रपान सेवनमा कमी आउने बताए । बर्षेनी १५ हजार नेपालीको धुम्रपान गरेकै कारण मृत्यु हुने गरेको तथ्याङकले देखाएको छ । उनले अब जिल्लामा धुम्रपान निषेध ऐन कार्यान्वयनका लागि अन्य सरकारी निकायसं“ग सहकार्य गरी अगाडि बढ्ने बताए । ‘सुर्र्ती जन्य पदार्थमा कर बढाऔ, रोग तथा मृत्यु घटाऔ’ भन्ने नाराका साथ शनिबार विश्व धुम्रपान रहित दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनोहर जोशीले चुरोट सेवनबाट फोक्सोको सबैभन्दा बढी क्यान्सर लाग्ने हु“दा यसको बारेमा जनचेतना सवै क्षेत्रमा फैलाउनुपर्ने बताए । उनले २० प्रतिशत महिलाहरुले चुरोट सेवन गर्ने गर्दा त्यसको असर बच्चालाई पर्ने हु“दा चुरोटलाई त्याग गर्न आग्रह गरे ।
चुरोटको सेवनले फोक्सोको क्यानसर, पाठेघरको क्यानसर, रक्त सञ्चारमा कठिनाई, उच्च रक्तचाप, मस्तिष्कमा असर जस्ता विभिन्न रोगहरु लाग्न सक्ने भन्दै उनले सवैलाई धुम्रपान त्यागि स्वच्छ जीवन जिउन आग्रह गरे ।
सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिएमा प्रहरीले सेवनकर्तालाई नियन्त्रण्ँमा लिएर एकसय रुपैया“देखि एकलाख रुपैया“सम्म जरिवाना गराउन सक्ने कानुनी प्रावधान छ । सार्वजनिक स्थलहरु होटल रेस्टुरेन्ट, धार्मिक स्थल, पसल, बृद्धाआश्रम, अनाथलय, सरकारी भवन, स्वास्थ्य संस्था, शिÔण संस्था, चलचित्रघर, उद्योग र कलकारखाना,
सार्वजनिक यातायातका साधन, हाटबजार आदि स्थानहरुमा धुम्रपान निÈेध  गरिएको नियमा छ ।
सो नियम उल्लंघन गर्ने जो–कोहि पनि पहिलो चरण्ँमा १ सय रुपैया“सम्मको जरिवानाको भागिदार हुनसक्ने प्रावधान छ । ऐनमा नोभेम्वर २, २०११ देखि चुरोट कम्पनिहरुले बट्टामा ७५५ हानिकारक चित्र सहितको तस्विर राख्नुपर्ने र सो ऐनको पालना नगरेको खण्डमा ५० हजार सम्मको जरिवाना तोकेको छ  । पानपसल र खुल्ला स्थानमा विक्री वितरणमा समेत रोक लगाएको यो कानूनमा १८  बर्È भन्दा कम उमेर भएकालाई सूर्तीजन्य पदार्थ बेच्न नपाउने व्यवस्था छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.