बस सञ्चालनका विषयमा दुई समितिबीच विवाद


बुटवल यातायातकाका बस पश्चिम नेपालले रोक्यो

विकास पराजुली


बुटवल, जेठ २५ । पश्चिम नेपाल बस व्यवसायी संघ र बुटवल यातायात व्यवसायी समितिबीच बस सञ्चालन गर्ने विषयमा विवाद भएको छ ।
बुटवल यातायातले बुटवल–सन्धिखर्क रुटमा बस चलाउन थालेपछि विवाद भएको हो । बुटवल यातायातले आइतबारबाट सो रुटमा बस चलाउन थालेको थियो । पश्चिम नेपालले बस सञ्चालनमा अवरोध गरेपछि आइतबार बुटवलको तिनाउ पुलनेर केहीबेर तनाव भएको थियो । यो विषयमा दुवै समितिले एकले अर्कोलाई आरोप लगाएका छन् ।


पश्चिम नेपालले बुटवल यातायातले एकलौटी ढंगले बस चलाउन थालेकाले विरोध गरिएको जनाएको छ । बुटवल यातायातले पश्चिम नेपालले दादागिरी देखाएको आरोप लगाएको छ । पुराना गाडी विस्थापित गरेर नया“ गाडी स्थापित गर्ने उद्देश्यले आफूहरुले बुटवल–सन्धिखर्क रुटमा बस चलाउन थालिएको बुटवल यातायातका अध्यक्ष दिलबहादुर थापाले बताए । उनका अनुसार देउराली यातायातस“ग सहमति गरी दुई वटा जीप सो रुटमा चलाउ“दै आएकोमा आइतबारबाट जीपको सट्टा नया“ बस सो रुटमा चलाउन खोज्दा पश्चिम नेपालका केही व्यक्तिले अवरोध गरेको अध्यक्ष थापाले बताए ।
उता, पश्चिम नेपालले सो रुटमा बुटवल यातायाताले सञ्चालन गर्ने बसबाट दुर्घटना जोखिम रहेकाले त्यसको विरोध गरिएको अध्यक्ष दधिराम खरेलले बताए ।
आईतबार बिहान ८ बजे बुटवल हुदै सन्धिखर्क जान लागेको बसलाई पश्चिम नेपाल वस व्यवसायी संघ माताहातमा रहेका केही व्यक्तिले अवरोध गरेका थिए । अबरोध हटाउन क्रममा प्रहरी र व्यवसायीबीच सामान्य हातहालाहाल समेत भएको थियो । सो क्रममा केही सामान्य घाईते समेत भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै बसमा समेत समान्य क्षति भएको बताइएको छ । बुटवल यातायातले ६ वटा नया“ बसहरु सो रुटमा चलाउने निर्णय अनुसार आईतबार बसलाई सन्धिखर्क पठाउने तयारी गरेको थियो ।  तर यसरी चल्न लागेको ६ वटा बसहरु यसअघि  पश्चिम नेपाल वस व्यवसायी संघले पनि चलाएको र सो क्षेत्रमा यस्ता बसहरु चलाउदा दुर्घटना बढेको भन्दै त्यस्ता बसहरुलाई सो रुटबाट हटाएकोमा अहिले बुटवल यातायातले एकाधिकार रुपमा त्यस्ता बस चलाउन थालेको विरोध गरिएको अध्यक्ष खरेलले बताए ।‘त्यो बाटोमा अहिले चलाउन लागेको बस हामीले पनि पहिले चलाएका हांै, तर दुर्घटना बढेपछि हामीले रोक्यौ्,’ अध्यक्ष खरेलले भने–‘यदि उनीहरुले चलाउ“छन् भने  हामीहरुले पनि समान क्यू खान पाउनुपर्छ ।’
उनले ७ मोडल भन्दा माथिका गाडी सो रुटमा चलाउदा दुर्घटना हुने हुदा बुटवल यातायाता व्यवसायी समितिले चलाउन लागेको बस सो रुटमा उपयुक्त नहुने तर्क गरे । बुटवल यातायातले युरो–३, २०१४ मोडलको बस सञ्चालन गरेको हो । व्यवसायी वीच सहमति र सहकार्य गरेर सवारी चलाउनु पर्नेमा बुटवल यातायाताले त्यस्तो नगरेकाले समस्या आएको उनको जिकिर छ ।
बुटवल यातायातले आफूहरुको संगठन सानो भएकाले पश्चिम नेपालले दादागिरी देखाएको आरोप लगाएको छ । संघका अध्यक्ष थापाले आफुहरुले सबैस“ग अनुमति लिएर बस सञ्चालन गर्दा पश्चिम नेपालले अवरोध गर्नु उसको दादागिरी भएको बताए ।
‘पहिले जीप त्यो रुटमा चलाउ“थ्यो तर अहिले बस राख्न खोजेका हौं । आफ्नो व्यवसाय पनि फेर्न नपाईने यो कस्तो सिन्डिकेट हो ।’ उनले भने–‘साना व्यवसायी भनेर हामीलाई हेपिएको हो ।’ उनले नियमसंगत तरिकाले व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन सरोकारवालालाई आग्रह गरेका छन् ।
अहिले बुटवल यातायात व्यवसायी समितिले आफ्ना २ सय ५० सवारी कपिलवस्तु, रुपन्देही र नवलपरासीमा चलाउ“दै आएको छ । ५० मिनी माईक्रो रहेको समितिमा २ सय शेर्पा, आयासरलगायतका ठुला बसहरु रहेका छन् ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.