लुम्बिनी यातायातमा सवारी चाप बढ्दो
दश महिनामा २५ हजार भन्दा बढि सवारी दर्ता

बुटवल, जेठ २६ । यातायात व्यवस्था कार्यालय लुम्बिनी अञ्चल बुटवलमा चालु आर्थिक बर्षको १० महिनामा २५ हजार भन्दा बढि सवारी दर्ता भएका छन् । यसरी दर्ता भएका सवारी साधनहरुमा भाडा तथा सार्वजनिक सवारीको तुलनामा निजी सवारी प्रयोगकर्ताहरु बढि छन् । आर्थिक बर्ष २०७०÷०७१ को बैशाख मसान्त सम्म निजी २५ हजार २ सय २७ र भाडाका ७ सय २२ सवारी गरी कुल २५ हजार ९ सय ४९ सवारी दर्ता भएको यातायात व्यवस्था कार्यालय लुम्बिनीले जनाएको छ ।
दर्ता भएको सवारीहरु मध्ये मोटरसाईकलको संख्या बढि रहेको छ । १० महिनामा यातायात व्यवस्था कार्यालय लुम्बिनीमा निजि २२ हजार ९ सय १४ वटा मोटरसाईकल दर्ता भएका छन् । सानो सवारी र मध्यम बर्गियले पनि सहज रुपमा खरिद गर्न सक्ने भएकाले यसको प्रयोगकर्ता बढ्दै गएको बताइएको छ । अन्य सवारीको तुलनामा सानो तथा छोटो दुरीका लागि निकै उपयोगि भएकाले पनि मोटरसाईकल दर्ता गर्नेहरुको संख्या बढेको हुन सक्ने यातायात व्यवस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत बालकृष्ण हुमागाईले जानकारी दिए । कुनै समयमा साईकल सवैको घरमा अनिर्वाय भए जसरी अहिले प्रत्येकको घर–घरमा पनि मोटरसाईकल अनिवार्य जस्तै बन्दै गएकाले यसको प्रयोग कर्तामा बृद्धि भएको उनको भनाई छ । आर्थिक बर्ष ०६९÷०७० मा पनि अन्य सवारी साधनको तुलनामा मोटरसाईकल दर्ताको संख्या सवैभन्दा बढि रहेको थियो । संस्थानका ३, सरकारी ७ र निजी २८ हजार ३ सय ४७ वटा गरी कुल २८ हजार ३ सय ५७ मोटरसाईकल दर्ता भएका थिए ।
त्यस्तै पछिल्लो समय कृषिमा पनि ट्रयाक्टरको प्रयोग बढ्दै गएपछि मोटरसाईकल पछिको दोस्रो सवारीको रुपमा ट्याक्टरको विक्रि समेत बढ्दै गएको छ । ढुवानी, कृषि तथा अन्य कार्यहरुमा टेक्टरको प्रयोग बढ्दै गएकाले यातायात कार्यालयमा मोटरसाईकल पछि ट्याक्टर दर्ता हुनेको संख्या बढ्दै गएको बताइएको छ । आ.व. ०६९÷७० मा जम्मा १ हजार ९ सय २३ ट्याक्टर दर्ता भएकामा चालु आ.व. को १० महिनामा मात्र १ हजार ५ सय ५७ ट्याक्टर दर्ता भएका छन् । यसैगरी चालु आ.व. को १० महिनामा निजि सवारी साधन तर्फ बस ५४, मिनी बस २, ट्रक ११, टिपर २२, मिनि ट्रक १५, कार ९३, जिप २४, भ्यान ३९, पिकअप ४ सय ३४ सवारी दर्ता भएका छन् । यसैगरी माईक्रोबस १६, एम्बुलेन्स ८, मोटरसाईकल २२ हजार ९ सय १४, डोजर १, क्रेन ७, एक्साभेटर १३, लोडर ५, ट्याक्टर १ हजार ५ सय ५७, ट्राईसाईकल १२ गरी कुल २५ हजार २ सय २७ निजि सवारी दर्ता भएका हुन । यसैगरी भाडा तथा सार्वजनिक सवारी तर्फ बस २ सय ६६, मिनी बस ३, ट्रक १ सय ७०, टिपर ५३, ट्याङकर १, मिनि ट्रक ३६, कार ४८, जिप ४८ तथा भ्यान २२ वटा दर्ता भएको बताइएको छ । यसैगरी पिकअप ४४ र माईक्रोबस २० गरी कुल ७ सय २२ सवारी दर्ता भएको कार्यालयले जनाएको छ ।
कार्यालयमा गत आर्थिक बर्ष ०६९÷७० मा बस ३ सय ९४, मिनिबस १ सय २९, क्रेन÷डोजर १७, ट्र÷टिप्पर ३ सय ५६, कार जिप २ सय ७२, पिकअप ३ सय ४६, माईक्रो २७, मोटरसाईकल २८ हजार ३ सय ५७, टेक्टर १ हजार ९ सय २३ र अन्य ३९ गरी ३१ हजार ८ सय ६० सवारी दर्ता भएका थिए ।

0 comments