नेपाललाई विश्वसामु चिनाउन चाहन्छु'
तेरिया गृह जिल्लामा
विकाश पराजुली
बुटवल, जेठ २२ ।
भारतीय च्यानल जीटीभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स लिटिल मास्टर्सको अन्तिम पा“चमा छनोट भएकी नेपालकी छोरी तेरिया फौजा मगरको गृह जिल्ला रुपन्देहीमा भव्य स्वागत भइरहेको छ । विहीबार गृह जिल्लामा आएकी उनी शुक्रबार दिनभर स्वागत कार्यक्रममा व्यस्त बनिन् । चार महिना पहिलादेखि मुम्बईमा रहेकी तेरिया अन्तिम पा“चमा छनोट हुने भएपछि रुपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोली सहित आएकी हुन् । १४ वर्ष उमेर सम्मका झन्डै चार लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४ लाख प्रतिस्पर्धीलाई पछि पार्दै उनी अन्तिम पा“चमा आइपुगेकी हुन् ।विहीबार नेपाल फर्कदा विमानस्थलबाटै स्वागत थाप्दै आएकी तेरियालाई बुटवलमा पनि विभिन्न व्यक्ति तथा शुभेच्छुकहरुले भव्य स्वागत गरे । साढे ७ बजे बुटवलमा प्रवेश गरेकी उनी १० बजे मात्र आफ्नो घर रुद्रपुर पुगिन । घरमा शुभेच्छुक, आफन्तजन तथा परिबरजनहरु स्वागतका लागि पर्खिरहेका थिए । रुद्रपुर स्थित घर पुगेपछि उनले पत्रकारहरु संग कुरा गर्दै आफुले नेपालको भुमिलाई विश्वसामु चिनाउने लक्ष्य राखेको बताईन् । ‘म इन्डीया हु“दा नेपाललाई मिस गरेकी थिए“, कहिले घर आऊ भएको थियो ।’ उनले भनिन, ‘यहा“ आउदा यस्तो देखेपछि मैले केही भन्न सकिन ।’ हिन्दी र नेपाली भाषा मिसाएर बोल्ने तेरिया त्यतिबेला हर्षले धेरै बोल्न सकिनन् । ‘मलाई माया गर्ने सबैलाई मिस गर्न चाहन्छु । तपाईहरुले मलाई भोट गर्नुहोस् । मैले राम्रो पर्फमेन्स गर्दै जान्छु ।’ टेरियाले भनिन् ।
तेरिया मगरका हजुरबुवा कृष्ण बहादुर फौजा तेरियाको यो सफलताले निकै खुसी र हर्षित भएको सो अवसरमा बताए । जाडो समयमा विहान विहानै मोटरसाईकलमा राखी बुटवलमा नृत्य कक्षा सिकाउन ल्याएको त्यो संघर्ष आज आएर पुरा भएको उनी बताउछन् । तेरिया आफ्नो चर्चा जसरी अहिले छाइरहेको छ, त्यसको सबै श्रेय हजुरबुवा कृष्ण बहादुर फौजालाई दिन्छिन् ।
‘जाडो, गर्मी केही नभनी हजुरबुवाले मलाई डान्स सिकाउनुभयो, म त्यहा“ (इन्डीया) हु“दा पनि धेरै मिस गरेकी थिई ।’ उनले भनिन् । रुद्रपुरको रुद्रपुर पिसल्याण्ड बोडिङ स्कुलमा कक्षा ६ पढ्ने तेरिया विशेषगरी अंग्रेजी र विज्ञान विषय मन पराउ“छिन् । डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कारलगायतका उपहार प्राप्त गर्नेछन् । चार महिनादेखि जारी प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा असार १ गते हुनेछ ।
लिटिल मास्टर्समा प्रवेश
रुची र चाहना अनुसार उनी सधै जि टिभी हेर्ने गर्थिन । एक दिन त्यस्तै हेर्दा हेर्दै उनले डान्स प्रतिस्पर्धा हुन्छ भन्ने थाहा पाएपछि उनले हजुरबुवा कृष्ण बहादुर फौजालाई त्यहा“ जान अनुरोध गरिन् ।
तर फौजाले तत्काल आट गर्न सकेनन् । त्यस्तो प्रतिस्पर्धामा क–कसले भाग लिन पाईन्छ भन्ने उनलाई थाहा नै थिएन । उनले भारतको मुम्बईमा रहेका भतिजा तेज बहादुर फौजालाई त्यस बारे बुझ्न आग्रह गरे । भतिजले सवै कुरा बुझेपछि प्रतिस्पर्धामा सहभागिता हुन पाईने भएपछि सुरुमा एउटा हिन्दी भिडियोमा डान्स गरेको भिडियो जी टिभीमा पठाउने खवर आएपछि बुटवलमै डान्स सुटिङ गरी इन्डीया पठाएपछि त्यहा“बाट हुन्छ भनेर मात्र उनी र हजुरबुवा कृष्णसंगै इन्डीया गए ।
डान्सको भिडियो पठाएपछि कोरियोग्राफि आवश्यक भएपछि तेज बहाुदरले इन्टरनेटमा सर्ज गरे पछि सार्थक मिश्रलाई कोरियोग्राफरको रुपमा भेटाए ।
पछि उनी संग कुरा गरेपछि उनले कोरियोग्राफि समाले । अडिसनको पहिलो डान्स २२ हजार भारतिय रुपैया र १५ सय ड्रेसका लागि खर्च गरेपछि तेरियाले पहिलो डान्स गरिन । करिव ४ लाख सहभागी रहेको प्रतिस्पर्धामा तेरियाले आफु प्रथम बन्ने दाबी उनले त्यतिबेलै गरेको हजुरबुवा कृष्ण बताउ“छन् ।
मुम्बई गएपछि दिल्लीमा गयो भने सजिलो हुन्छ छनोटको क्रममा भनेपछि उनी दिल्लीमा तेरियालाई लिएर गए । उनलाई भतिज तेज बहादुर फौजा मगरले सघाइरहेका थिए ।
बानी व्यहोरा
बुवा विजय फौजा मगर र आमा अनिता फौजा मगर पनि डान्सर हुन् । सायद त्यसैले तेरिया पनि सानै देखि डान्स गर्न धेरै रुची राख्थिन ।
विरामी हु“दा या खुट्टा भा“चिदा पनि तेरियाले खुट्टा चलाउने डान्सको अभ्यास गर्थिन् । पढाईमा कहिल्यै दोस्रो नहुने उनी नृत्यमा पनि अहिले सम्मको प्रतिस्पर्धामा उनी कहिल्यै दोस्रो बनेकी छैनन् ।
बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी समेत रहेकी तेरियाले नेपाल रह“दा थुप्रै प्रतियोगितामा प्रतिस्पर्धा गरी सकेकी छन् ।
परिवारमा के भन्छन्
आमा अनिता फौजा मगर यतिबेला छोरीको यो सफलताले निकै खुसी छन् । छोरी संगै इन्डीयमा रहेर विहीबार मात्र नेपाल आएकी उनी आफुले केही भन्न नसकेको बताईन । ‘तेरिया हिजो बावा र आमाको छोरी मात्र थिई तर आज नेपालकी छोरी भएकी छिन् भोट गर्ने सवैलाई धन्यवाद र भोट गर्न आग्रह गर्दछु ।’ उनले भनिन् । उनले नेपालको विमान स्थलमा आउ“दा वित्तिकै श्रीमान भएको भए अझ कति धेरै खुसी हुनेथियो भन्ने सम्झेको बताईन ।
अहिले तेरियाका बुवा विदेशमा रहेका छन् । तेरियाका हजुरबुवा कृष्ण बहादुर फौजाले अबसर दिदा त्यो अवसरको तेरियाले सदुपयोग गरेको बताए । ‘जसरी मैले तेरियालाई अवसर दिए, कला उसको भएपनि मैले आट गर्दा यस्तो भएको हो ।’ उनले भने । त्यस्तै टेरियाका मामा खेम बहादुर क्षेत्रीले ढाई बर्ष देखि डान्स गर्न थालेकी उनले अहिले १४ बर्षकै उमेर यो सफलता प्राप्त गरेकोमा निकै खुसी भएको बताए ।
बच्चा अवस्थामा करेन्ट लागेपछि तेरियाले नाच्न नसक्ने भइन्छ कि भन्दै दुखी भएपनि पछि ठीक भएपछि सवैलाई यति ठुलो खुसी दिएकोमा उनले सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।
स्थानीय क्लवमा साढे ७ बर्षको उमेर डान्स प्रतिस्पर्धामा सहभागी भएपछि तेरिया प्रथम बनेकी थिईन । त्यसपछि परिवार जनमा उनीमाथि आशा जागेको थियो । जुन आज सम्मको सफताले बताएको उनले बताए ।
0 comments