चर्को साईरनले सडक यात्रु त्रसित
विकाश पराजुली
बुटवल, जेठ २१ ।
सवारीसाधनले पैदलयात्री नजिकै आएर चर्को साईरन बजाउ“दा उनीहरु तर्सिने गरेका हुन् । यातायात व्यवस्था नियमावलीमा चर्को साईरनको प्रयोग गर्न निषेध गरिएको छ । प्रहरीले केही समय अघि चर्को साईरन प्रयोग गरेका सवारी साधनलाई कारबाही गरेको भएपनि अहिले त्यो समस्या फेरि बढेको छ । चर्को साईरन बजाउदै सवारीसाधन दौडिरहेका दृश्य सडकमा सहज देख्न सकिन्छ । ड्युटिमा खटिएका ट्राफिक प्रहरीको नजिकैबाट चर्को साईरन बजाउदै सवारी हुईकिदा समेत केही गर्न सकेका छैनन् । ‘सडक पेटीबाट हिड्दा नजिकै आएर सवारीले चर्को हरन बजाउ“छ, मन झसंग हुन्छ ।’ पैदलयात्री बुटवल–१३ देवीनगरका नारायण लम्सालले भने,‘कति बेला त निकै डर पनि लाग्छ ।’
पैदलयात्री कुरा गर्दै सडक पेटीमा हिडेको भएपनि सवारीले प्रयोग गर्ने चर्का साईरनले लम्साल जस्तै धेरैलाई तर्साएको छ । चर्को साईरनको प्रयोगले स–साना बच्चामा मष्तिक सम्बन्धी रोग लाग्न सक्ने चिकित्सकहरु समेत बताउ“छन् । प्रहरीले कुनै समयमा सवारीबाट चर्को आवाज निस्कने साईरनहरु बजाउन नदिएको भएपनि अहिले त्यो समस्या पुनः आएको छ । बसका अतिरिक्त अहिले मोटरसाईकलहरुमा पनि चर्को साईरनको प्रयोग गर्न थालिएको छ । ‘विशेषगरी युवाले चलाउने मोटरसाईकलमा चर्को साईरनको प्रयोग भएको पाइन्छ ।’ फर्साटिकरकी स्मृति खनालले भनिन् । सडकमा चर्को आवाज बजाउदै सवारी चलाउदा अन्य सवारी चालकले बाटो छाडिदिने र तीब्र गतिमा सवारी हा“क्न पाईने भएकाले पनि चालकहरुले यस्ता साईरनहरुको प्रयोग गर्ने गरेको बताईन्छ ।
सवारी साधनहरुले साईरनको प्रयोग निषेधित क्षेत्रमा समेत प्रयोग गर्ने गरेको पाइएको छ । विद्यालय क्षेत्र, अस्पताल क्षेत्रमा साईरनको प्रयोग गर्न पाईदैन । तर सवारीचालकले नियमको पालना नगरी विद्यालय तथा अस्पताल क्ष्ँेत्रमा चर्को साईरनको प्रयोग गर्ने गरेका छन् । विरामीहरुको उपचार ह“ुदा साईरनको प्रयोगले मानसिक समस्या हुन सक्ने र विद्यालय क्षेत्रमा साईरन बजाउ“दा स–साना बालबालिका तर्सिनुसंगै दिमागमा समेत असर पुग्ने भएकाले विद्यालय क्ष्ँेत्रमा पनि साईरनको प्रयोग गर्न पाईदैन ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एस.पी शुसिल कुमार यादवले अब साईरनको प्रयोगका बारेमा आफुहरुले अप्रेशन थाल्ने बताए । ‘नियन्त्रणको प्रयास अहिले पनि भइरहेको छ तर, बाहिर देखिएको छैन’ उनले भने ‘अब यसलाई हामीले कडा रुपमा चेकजा“च गर्नेछौ ।’ उनले साईरनको प्रयोगसंगै मोटरसाईकलका सिटलाई माथि उठाउने र डिजिटल नम्बर प्लेट राखे नराखेको बारेमा पुनः एक पटक अनुगमन गरिने बताए । ‘साईरनको प्रयोग केही समय अघि हटेको भएपनि अहिले केही त्यस्तो भएको मैलेपनि देखेको सुनेको छु, मैले यसलाई तुरुन्तै नियन्त्रण गर्छु ।’ एसपी यादवले भने । उनले सडकमा तीब्र गतिमा सवारी हुइ“काउने चालकलाई कारबाही गर्ने समेत बताए । ‘बुटवलको सडकमा बढी भनेको ५० को गति सीमितमा सवारी चलाउने हो, तर कतिपयले गति सीमितको पालना गरेका छैनन, त्यस्तालाई कारबाही गरेरै छाड्छौ’ उनले भने । बजारमा सडक निर्माण कार्य भइरहेकाले सडकमा ट्राफिक संकेत राख्न नसक्दा पनि यो समस्या आएको उनको भनाइ छ । सडक निर्माणका क्रममा रहेकाले आवश्यक स्थानमा ट्राफिक लाईट, ट्राफिक संकेत र पार्किङ स्थल निर्माण गर्न नसकिएको उनले बताए । सामान्य नियम पनि पालना नगरी सवारी दुर्घटना बढ्न सक्ने भन्दै प्रहरीले अन्य गतिविधिलाई पनि प्रभावकारी रुपमा अगाडि लैजाने बताएको छ । ट्राफिक ज्ञानको जानकारी दिने, अव्यवस्थित पार्किङ समस्या हटाउने, सडक पेटीबाट हिड्ने मोटरसाईकललाई कारबाही गर्ने तथा जेब्रा क्रस सम्बन्धी यात्रुलाई जानकारी गराउने लगायतका विभिन्न कार्यक्रमहरुलाई प्रहरीले अगाडि बढाएको छ ।
0 comments