एसएलसीमा अक्सफोर्डका सुशनको ९२.१३ प्रतिशत अंक


रुपन्देहीको नतिजा सन्तोषजनक 

विकाश पराजुली

बुटवल, जेठ ३० । यस पटकको प्रवेशिका परीक्षा एसएलसी मा रुपन्देही जिल्लाबाट ६० दशमलव ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष भन्दा यस बर्ष २ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ । यस वर्ष परीक्षामा जिल्लाबाट नियमिततर्फ १२ हजार ७ सय ६४ र आंशिक तर्फबाट १ हजार ७ सय ४६ विद्यार्थी सहभागी थिए ।   
यस पटकको प्रवेश परीक्षामा रुपन्देहीको नतिजा सन्तोषजनक आएको हो । कतिपय निजी विद्यालयहरुले शतप्रतिशत नतिजा दिएका छन् ।
रुपन्देहीका नाम चलेका कतिपय निजी विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् भने कतिपयले ल्याउन सकेका छैनन् । मेचीकाली दैनिकले राति अबरेसम्म रुपन्देहीका विद्यालयको नतिजा थाहा पाउन सम्बन्धित विद्यालयका प्राचार्यहरुस“ग टेलिफोन सम्पर्क गरेको थियो ।
केही विद्यालयले नतिजा हेर्ने क्रममा रहेकाले पूर्ण जानकारी दिन सकेनन् । मेचीकाली दैनिकलाई शुक्रबार रातिसम्म प्राप्त जानकारी अनुसार बुटवलको अक्सफोर्ड उच्च माविबाट एसएलसी परीक्षामा सहभागी शुसन घिमिरेले ९२ दशमलव १३ प्रतिशत अंक ल्याएका छन् । सो विद्यायले रुपन्देहीमा यो अंक सबैभन्दा बढी रहेको दाबी गरेको छ । उनले ७३७ अंक ल्याएको सो विद्यालयले जनाएको छ । सो विद्यालयबाट सहभागी ७० जना मध्ये विशिष्ट श्रेणीमा १५ जना र प्रथम श्रेणीमा ५५ गरी शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैगरी बुटवलको एभरेष्ट उच्च माविमा पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ । सो विद्यालयका दिपक अर्यालले ९२ प्रतिशत अंक ल्याएका छन् । कुल १ सय ४२ विद्यार्थी सहभागी रहेकोमा ३७ जना विशिष्ट श्रेणी, १ सय ४ जना प्रथम श्रेणी र १ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । त्यस्तै एम्स उच्च माविले कुल १५ विद्यँर्थी सहभागिता गराएकोमा ३ जना विशिष्ट, ९ जना प्रथम श्रेणी र ३ जना द्धितीय श्रेणी सहित शतप्रतिशत नजिता ल्याएको विद्यालयले जनाएको छ । त्यसैगरी प्यारामाण्ट उच्च माविबाट सहभागी कुल १ सय ३१ विद्यार्थी मध्ये ४५ जना विशिष्ट श्रेणी सहित उत्कृष्ट नतिजा ल्याएको विद्यँलयले जनाएको छ । फर्साटिकरको ड्रिमभिजन स्कुल अफ फर्साटिकरले शतप्रतिशत नजिता ल्याएको छ । १६ जना विद्यार्थी सहभागि भएकोमा ७ जना विशिष्ट र ९ जना प्रथम श्रेणीमा उत्र्तीण भएको विद्यँलयले जनाएको छ । यसैगरी बुटवलको दीप बोडिङ स्कुलबाट सहभागी कुल १ सय २९ जना विद्यँर्थी मध्ये ४१ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।
शंकरनगरको सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलले कुल १ सय ३ जना विद्यार्थी सहभागिता गराएकोमा ३७ जना विशिष्ट र ६१ जना प्रथम श्रेणीमा विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
नया“मिल स्थित डन चिल्ड्रेन्स इङ्लिस स्कुलले पनि शतप्रतिशत नतिजा ल्याएको छ । कुल २१ विद्यँर्थी सहभागी भएकोमा ३ जना विशिष्ट श्रेणी सहित १८ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । यसैगरी एपेक्स स्कुल शंकरनगरमा जम्मा ४० सहभागी भएकोमा २ जना विशिष्ट, ३० जना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । यसैगरी बुटवल ईलिट उच्च माविमा ५६ जना सहभागी भएकोमा ५ जना विशिष्ट श्रेणी, ३२ जना प्रथम श्रेणी र ८ जना द्धितीय श्रेणीमा उत्तीर्ण हुन सफल भएका छन् ।
त्यस्तै बुटवलको शहिद स्मारक बोडिङ स्कुलमा जम्मा १६ विद्यँर्थी सहभागी भएकोमा ५ जना विशिष्ट, ११ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालयको दाबी छ । यसैगरी लुम्बिनी बोडिङ स्कुलले पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । कुल २४ जना विद्यार्थी सहभागी रहेकोमा ५ जना विशिष्ट, १७ जना प्रथम र २ जना द्धितीय श्रेणी गरी शतप्रतिशत नतिजा ल्याउन सफल भएको विद्यालयको दाबी छ ।

रुपन्देहीको पश्चिम अमवामा रहेको रोजवर्ड बोड्ङि स्कुलले पनि उत्कृष्ट नतिजा ल्याएको जनाएको छ । कुल १९ विद्यार्थी सहभागी भएकोमा ८ जना विशिष्ट र ११ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको बताएको छ ।  मुनाल बोडिङ् स्कुलबाट १५ जना विद्यँर्थी सहभागी भएकोमा ४ जना विशिष्ट श्रेणी सहित १० जना प्रथम श्रेणीमा उत्तीर्ण भएको बताइएको छ । यस्तै बुटवलको स्कलर्सहोम बोडिङ स्कुलले पनि शतप्रतिशत नतिजा ल्याएको छ । सो विद्यालयबाट परीक्षामा सहभागी ५४ मध्ये ८ जना विशिष्ट, ४३ जना प्रथम र ३ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । यस्तै तिनाउ बोडिङले पनि शतप्रतिशत नतिजा दिएको छ । सो विद्यालयबाट सहभागी ३५ जनामध्ये १२ विशिष्ट र २३ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
यसैगरी सामुदायिक विद्यालय तर्फ गजेडीको प्रगति उच्च माविले जिल्लामैं उत्कृष्ट नतिजा ल्याएको छ । सो विद्यालयबाट सहभागी ७८ जना मध्ये ७७ जना उत्तीर्ण भएको विद्यालयले जनाएको छ । यस्तै दुर्गा भवानी उच्च माविले सन्तोषजनक नतिजा ल्याएको छ । कुल ६४ विद्यार्थी सहभागी भएकोमा १४ जना प्रथम श्रेणी र ३० जना द्धितीय श्रेणी सहित ६८ दशमलव ७५ प्रतिशत ल्याएको विद्यालयका अध्यक्ष नारायण गौतमले जानकारी दिए ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.