राज्यले माग पूरा नगरे कडा आन्दोलन गर्ने
प्रस्तावित विद्युतीय रेलमार्ग
विकाश पराजुली
बुटवल, जेठ ३१ ।
विकाश पराजुली
बुटवल, जेठ ३१ ।
बुटवल क्षेत्रलाई केन्द्रविन्दुमा पारी पुर्व मेचीदेखि पश्चिमको गड्डा चौकी सम्म विद्युतीय रेलमार्ग लैजान लागेको भन्दै त्यसको विरोध गर्दै आएका बुटवल वडा नं. १२ र १३ का स्थानीयहरुले यदि आफ्ना मागहरुलाई सरकारले अटेर गरेमा आन्दोलनलाई थप कडा बनाउने बताएका छन् । बुटवलको मुख्य बस्ती रहेको Ôेत्रमा स्टेशन बनाउन नहुने भन्दै स्थानीयबासी यसको विरोध केही महिना अघि देखि गर्दै आएका छन् ।
प्रस्तावित पुर्व–पश्चिम रेलवे पीडित संघर्ष समितिले शनिबार बुटवलमा भेलाको आयोजना गरी यस क्षेत्रबाट रेलवे विद्युतीय रेलमार्ग लैजादा ठूलो जनधनको क्षति हुने भन्दै यस क्षेत्रका सभासद विष्णु पौडेललाई बस्ती नै उठाएर रेललाई लैजान नहुने बताएका छन् । उनीहरुले यदि यसको विकल्प नरोजिए आफुहरु कडा आन्दोलनमा उत्रिनुको कुनै विकल्प नरहेको सो अवसरमा उनीहरुले बताए ।
प्रस्तावित पुर्व–पश्चिम रेलवे पीडित संघर्ष समितिले शनिबार बुटवलमा भेलाको आयोजना गरी यस क्षेत्रबाट रेलवे विद्युतीय रेलमार्ग लैजादा ठूलो जनधनको क्षति हुने भन्दै यस क्षेत्रका सभासद विष्णु पौडेललाई बस्ती नै उठाएर रेललाई लैजान नहुने बताएका छन् । उनीहरुले यदि यसको विकल्प नरोजिए आफुहरु कडा आन्दोलनमा उत्रिनुको कुनै विकल्प नरहेको सो अवसरमा उनीहरुले बताए ।
पुर्व मेचीदेखि पश्चिमको गड्डा चौकी सम्म विद्युतीय रेलमार्गको लागि सरकारले प्रकृया शुरु गरिसकेको अवस्थामा बुटवल क्षेत्रबाट रेलमार्ग लैजादा धेरै नै जनधनको क्षेति हुने भएकाले यसको विकल्प सोच्न उनीहरुले बारम्बार माग गरेका छन् । यस अघिनै संघर्ष समितिले भौतिक योजना मन्त्रालय काठमाण्डौ मै पुगि रेलमार्गको विकल्प सोच्न आग्रह गरेका थिए । संघर्ष समितिले शनिबार सभासद पौडेललाई यसको अन्य विकल्प खोज्न आग्रह गरेका हुन ।
भेलामा पीडित सहभागिहरुले विकास विरोधी आफुहरु नभएको भन्दै कालिकानगर क्षेत्रबाट रेलमार्ग लैजादा यस क्षेत्रका धरै स्थानीयहरु प्रभावित हुने भएकाले यसको विकल्प खोज्न सभासद्लाई आग्रह गरेका थिए । प्रस्तावित पुर्व–पश्चिम रेलवे पीडित संघर्ष समितिका अध्यक्ष विष्णु प्रसाद चापागाईले विजयी भएर गएका सभासद्लाई भन्दा यसको अनेत्र विकल्प खोज्न सकिने कारणले सभासद्लाई विकल्प खोज्न आग्रह गरेको बताए । उनका अनुसार रेलवे ट्याक खोल्दा कालिकानगरमा रहेका करिव १ हजार घरहरुमा क्षति हुने अनुमान छ । त्यस्तै उनले रेलवे मार्गका बारेमा यस क्षेत्रका स्थानीयहरुसंग कुनै छलफल नै नगरी सर्वे गर्नु गल्ती भएको बताए । भेलामा सहभागिहरुलाई सम्बोधन गर्दै सभासद् विष्णु पौडेलले विनाश गरेर विकाश नहुने भन्दै यसको विकल्पका बारेमा माथिका निकायहरुमा छलफल भइरहेको आश्वासन दिए । ‘यति ठुलो क्ष्ँति गराएर रेलमार्ग लैजानुहुन्न, यसको अनेत्र व्यवस्था गर्नुपर्छ’ उनले भने । उनले यस बारेमा आफु सकारात्मक भएकाले यसको समधान निकाल्न आफु लागि पर्ने बताए ।
रेलवे तथा मेट्रो विकास आयोजनाले बुटवलमा स्टेशन पर्ने गरी मेची–महाकाली विद्युतीय रेलवे सेवा सञ्चालन गर्ने काम सरकारले अघि बढाइ सकेको छ । सरकारको महत्वाकांÔी योजना अनुसार बुटवलमा केन्द्र (रेलवे स्टेशन) पर्ने गरी तम्सरिया–बुटवल र बुटवल–भैरहवा–लुम्बिनी हुदै पूर्व पश्चिम जोड्ने रेलवे सेवा सञ्चालन गर्ने सरकारको दीर्घकालीन सोंचअनुशार अहिले यसको सर्वे कार्य भएको थियो । सरकारले रेलमार्गको लागि फुल ब्राइट कन्टलटेन्सी प्रा.लि. काठमाडौंमार्फत् सर्भे गरेर नक्सा समेत तयार पारेको छ । यसमा दÔिण्ँ कोरियाली कम्पनी दोहवा इन्जिनियरिङको परामर्स रहेको बताइएको छ । तम्सरिया–बुटवल ६५ किलोमिटरको काम अगाडि बढाएर वातावरण्ँ प्रभाव मूल्याङकन समितिले प्रतिवेदन समेत तयार पारिसकेको कालिकानगरका स्थानीय एवं संघर्ष समितिका उपाध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । रेल मार्गको ट्याक पूर्व पश्चिम राजमार्ग देखि ३ किलोमिटरदेखि ३ सय मिटर सम्म रहने छ । रेलमार्ग ५० मिटर चौडा हुनेछ ।
0 comments