हस्तकलामा महिलाहरुको आकर्षण बढदो
थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने
विकाश पराजुली
बुटवल, जेठ १६ ।

अहिले बुटवलमा सञ्चालनमा आएका विभिन्न हस्तकला सेन्टरहरुमा तालिम लिनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यसरी हस्तकला सीप आर्जन गर्नेहरु बढी महिलाहरु नै रहेका छन् । ‘महिलाहरुको सहभागिता निकै बढी छ, धेरै आकर्षित यस तालिममा महिलाहरु हुनुहुन्छ, बुटवल मिलनचोकमा रहेको रेसुङगा हस्तकला सेन्टरका सञ्चालक संयोग बराल भने । ’ पहिला स्वरोजगार हुने हिसाबले व्यवसाय सुरु गरेका उनले अहिले २० भन्दा बढी महिलाहरुलाई हस्तकला सम्बन्धी तालिम दिदै आएक छन् । त्यस बाहेक अन्य सेन्टरहरुले पनि तालिमहरु सञ्चालन गरेको बताइएको छ ।
कपडाबाट बन्ने विभिन्न प्रकारका गुडियाहरु बनाउन महिलाहरु आकर्षित हुने उनले बताए । यसरी हस्तकलाका सामान बनाएर घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने हुदा यस तर्फ महिलाहरुको आकर्षण बढेको व्यवसायीहरु बताउ“छन् । ठूला मेसिनको प्रयोग नगरी हातबाट बुनिने सामानहरु हुदा बढी भरपर्दो हुने भएकाले पनि हस्तकलाका सामग्रीको बजारमा माग बढ्दो रहेको उनको भनाई छ ।
बुटवल बेलबास घर भएकी पुष्पा थापा पनि अहिले दैनिक रुपमा हस्तकला सेन्टरमा विभिन्न गुडियाहरु बनाउन सिक्दै छिन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने हु“दा उनी हस्तकला सिक्ने गरेको उनको भनाई छ । ‘मैले त पछि यहि व्यवसाय गर्ने योेजना बनाएको छु, उनले भनिन—् घरपरिबारबाट पनि राम्रो सहयोग मिलेको छ ।’
बिभिन्न वनस्पति, घरेलु सामान, ढुंगा, काठ जस्ता सामानबाट हस्तकलाका सामानहरु बनाउने भएकाले यो Ôेत्र धेरै मानिसहरुले एकैचोटी लाभ लिन सक्ने बताइएको छ । तर यस क्षेत्रमा बढी मात्रामा बासको चोया र गुडियाबाट बनेका विभिन्न प्रकारका बस्तु आकृतिहरु निर्माण हुने सञ्चालक बरालले बताए । बुटवलमा उत्पादन गर्दै आएको भएपनि उनले अहिले उत्पादनलाई काठमाण्डौमा पठाउने गरेका छन् । विशेष गरी चिनबाट कच्चा पदार्थ ल्याउने र यहा त्यसलाई आकृतिमा ढाल्ने गरेको उनले बताए । बढ्दो प्रतिस्पर्धामा जति सक्दो छिटो व्यापार हुने र कम मुल्यका विभिन्न बस्तुहरुको माग बजारमा रहेको उनको भनाई छ ।
पछिल्लो समय नेपालमा हस्तकला व्यवसाय स्वरोजगार अभिबृद्धिको महत्वपुर्ण माध्यम बन्दै गएको छ ।
एक तथ्याङ अनुसार नेपालमा हाल लगभग १० लाख नेपालीले हस्तकला उद्योग मार्फत प्रत्यÔ एवम् अप्रत्यÔ रुपमा रोजगारी प्राप्त गरेका छन् । नेपालमा उत्पादित हस्तकलाजन्य वस्तुको विश्वका तेस्रो मुलुकमा माग बढेको व्यवसायीहरु बताउछन् ।
त्यस्तै बुटवल बुद्धनगरकी बर्षा थापाले पनि हस्तकला सेन्टरबाट आफुले विभिन्न गुडियाहरु बनाउन सिकेको बताईन । घरमा बसेर दिन काट्न ग्राहो हुने भएकाले सीप सिकेको उनको भनाई छ । व्यवसायीक रुपमा सीपमुलक तालिम सञ्चालन गर्ने उद्देश्य लिएर तालिम सिकेकी उनले आफु जस्तै महिलाहरुले यस्तो सीप सिक्दा निकै फलदायी रहने बताइएको छ ।

हस्तकला सेन्टर सञ्चालक संयोग बरालले यस क्षेत्रमा बैध नभएका दÔ कालिगढको अभाव रहेको बताए । सानो लगानीबाट पनि सुरु गर्न सकिने भएकाले अहिले यस क्षेत्रमा पनि हस्तकला सिकाउने तालिम सेन्टरहरु खोल्ने क्रम पनि बढ्दै गएको बताइएको छ । केही समय अगाडि बुटवल नगरपालिकाले विभिन्न क्षेत्रमा हस्तकला तालिम समेत सञ्चालन गरेको थियो । जसमा महिलाहरुको सहभागिता निकै रहेको थियो ।
फोटो क्याम्पसनः बुटवलको मिलनचोकमा रहेको एक हस्तकला सेन्टरमा तालिम लिदै सहभागीहरु ।
0 comments