झागिदै छ युवा पुस्तामा दुव्र्यसनको जालो
विकाश पराजुली
बुटवल, बैशाख २६ । पछिल्लो समय रुपन्देही जिल्लामा लागुऔषध कारोवार र प्रयोगकर्ताको संख्या बढ्दै गएका छन् । भर्खरका युवा युवतीहरु साथी भाईहरुको लहेलहैमा जानेर वा नजानेर यसमा फस्दै गएका छन् । देशलाई आवश्यक पर्ने जनशक्ति कुलतमा फस्दा देशमा पनि आर्थिक समृद्धि हुन नसक्ने बताईन्छ । यसरी युवा शक्तिहरु लागु औषधको जालोमा फस्दै जाने हो भने देश निर्माणमा युवाहरुले केही गर्न सक्दैनन् । त्यसैले युवाहरुलाई लागु औषधबाट टाढा राख्न विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।
रुपन्देही जिल्लामा युवा संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियान थालेको छ । यो अभियानले युवाहरु कुलतमा लाग्नबाट सचेत हुने अपेक्षा युवा संघले लिएको छ । यता जिल्लामा लागु औषध प्रयोगकर्ताहरु र कारोवारको तथ्याङ्क हेर्ने हो भने जिल्लामा गत आ वको तुलनामा ४० प्रतिशत भन्दा बढी लागु औषधको कारोवार हुने गरेको छ । यसले पनि जिल्लामा लागु औषधको कारोवार तथा प्रयोगकर्ताको संख्या बढ्दै गएको पुष्टि गरेको छ ।
रुपन्देही जिल्लामा युवा संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियान थालेको छ । यो अभियानले युवाहरु कुलतमा लाग्नबाट सचेत हुने अपेक्षा युवा संघले लिएको छ । यता जिल्लामा लागु औषध प्रयोगकर्ताहरु र कारोवारको तथ्याङ्क हेर्ने हो भने जिल्लामा गत आ वको तुलनामा ४० प्रतिशत भन्दा बढी लागु औषधको कारोवार हुने गरेको छ । यसले पनि जिल्लामा लागु औषधको कारोवार तथा प्रयोगकर्ताको संख्या बढ्दै गएको पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चालु आवको १० महिनामा १५ हजार भन्दा बढी लागु औÈध प्रयोगकर्ताहरुलाई पक्राउ गरेको बताएको छ । प्रहरीले ठाउ“ ठाउ“मा लागु औषध सम्बन्धी सचेतना जगाउ“दै गर्दा जिल्लामा यसको कारोवार घट्ने क्रम रोकिएको छैन भने युवा पुस्ताहरु यसको जालो झन झा“गिदै गएको प्रहरी समेत स्वय स्वीकार गर्दछ । प्रहरीले दस्ता खडा गरी जिल्लामा अहिले नियन्त्रणको प्रयास गरेपनि कारोवारीहरुले विभिन्न बाटोको प्रयोग संगै अन्य विभिन्न उपाय अपनाएर यसको कारोवार गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी दिपक न्यौपानेले युवा पुस्ताहरुमा यसको प्रयोग बढ्दै गएको र यसका लागि नियन्त्रणको प्रयास पनि भएको बताए पछिल्लो समयमा कारोवारसंगै प्रयोगकर्ताहरुको समेत संख्या बढ्दै गएका उनले स्वीकार गरे । ‘तुलानात्मक रुपमा कारोवार र प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ, यसलाई नकार्न सकिन्न न्यौपानेले भने–व्यक्तिहरु पक्राउ परेपछि पनि प्रयोगकर्ताको संख्या बढी देखिएको हो ।’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा खडा गरेको दस्ताले चालु आ.व. को १० महिनामा १५ सय भन्दा बढी लागु औÈध प्रयोगकर्तालाई नियन्त्रण्ँमा लिएको छ । लागु औÈध प्रयोगकर्तामा महिलाहरु समेत छन् ।
प्रहरीले दिएको जानकारी अनुसार १० महिनाको अवधिमा नियन्त्रण्ँमा लिएको यो संख्याले युवा पुस्ताहरुमा ड्«गको नशा बढ्दै गएको बताएको छ । प्रहरीले पक्राउ गरे मध्ये ८ सय ८४ जनालाई सम्झाइबुझाई अभिभावकको जिम्मा लगाएको छ । ‘सेवन गरेका उनीहरुलाई पहिलो चरण्ँमा सुध्रिने मौका दिई अभिभावकको जिम्मा लगाएका हौ, न्यौपानेले भने– यदि अटेर गरेर पुनः सेवन गरिएको भेटिएमा कानुन बमोजिम कारबाही गर्नेछौ ।’
लागु औÈध प्रयोगकर्ताको उमेर समुह हेर्ने हो भने बढी मात्रामा पक्राउ परेका १६–२० उमेर समुहका रहेका छन् । विशेÈगरी युवाहरुमा यो लत बसेकाले प्रहरीले मानिसहरुको बढी भिडभाड हुने सार्वजनिक कार्यक्रम तथा अन्य स्थानहरुमा युवा लÔित विभिन्न जनचेतना मुलक कार्यक्रम समेत गर्दै आइरहेको छ । तर पनि यो संख्या भने घट्ने क्रममा छैन् उल्टै बढने क्रममा छ । प्रयोगकर्तामध्ये अधिकांशले डाईजेपाम र ब्राउन सुगर प्रयोग गर्ने गरेको बताइएको छ । प्रहरीले लागु औÈध प्रयोगकर्ताको नियन्त्रण्ँका लागि हुलियाको पहिचान गर्ने तथा डिलहरुलाई निरुत्साहित गर्ने तथा त्यस्ता डिलहरु पहिचान गर्ने अभियानमा जुटेको छ ।
रुपन्देही जिल्ला पछिल्लो समय लागुपदार्थ ओसार पोसार तथा प्रयोगकर्ताको ट्रान्जिट प्वाइन्ट बन्दै गएको यो तथ्याङकले पनि देखाएको छ । त्यस्तै जिल्लामा आर्थिक बर्È ०६९÷०७० मा भएको कारोवार मध्ये चालु महिनाको १० महिनामा मात्र करिब ४० प्रतिशत भन्दा बढी भएको तथ्यांकले देखाएको छ । सीमा नाका बेलहियाबाट लागुपदार्थको व्यापार बढी हुने हुदा कारोवारमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समेत स्वीकार गरेको छ ।
यता लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीÔक मिङमार लामाले तीन वर्È अगाडिसम्म प्रहरीमा पर्ने मुद्दामा लागु औÈधका मुद्दा तेस्रो स्थानमा रहेकोमा अहिले पहिलो स्थानमा आएको बताए । रुपन्देहीको सीमा नाका सुनौली बेलहिया नाका भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका भएकाले पनि यसको कारोबारमा बृद्धि हुदै आएको छ । यही नाकाको सीमावर्ती भारतीय बजारमा खुलम खुल्ला रुपमा लागु औÈधको कारोबार हुदा त्यसको प्रभाव जिल्लामा हुने गरेको बताइएको छ ।
यसैबीच युवा संघ नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विहिबार देखि लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियान सुरु भएको छ । पछिल्लो समय युवा पुस्ताहरु लागु पदार्थको दुव्र्यसनीमा फस्दै गएकाले सवैलाई जागरुक र सजक बनाउने उद्देश्यले युवा संघले यसको अभियान थालनी गरेको हो । स्थानपना दिवसको अवसर पारी आयोजना गरिएको अभियान रुपन्देही जिल्लाका ७ वटै निर्वाचन क्षेत्रमा गरिने युवा संघ जिल्ला कार्य समिति रुपन्देहीले जनाएको छ । युवा संघ नेपालका जिल्ला अध्यक्ष सरिता श्रीसले पछिल्लो समय रुपन्देही लागु औषध ओसार पसारकर्ता तथा प्रयोगकर्ताको ट्रान्जिट प्वाइन्ट बन्दै गएकोले त्यसलाई नियन्त्रणका लागि यो अभियानको थालनी गरेको बताईन ।
0 comments