अझै रोकिएन अबैध मदिराको कारोवार


सेकुवाको नाममा मदिरा विक्री

बिकाश पराजुली


बुटवल, बैशाख २० । सडक किनारमा अझै पनि सेकुवाको नाममा अबैध मदिराको विक्री वितरण हुने गरेको पाइएको छ । बुटवलको मुख्य राजमार्ग तथा सहायक सडक किनारमा सेकुवा पोल्नेहरुले सेकुवा बेच्ने बाहानामा अबैध मदिरा विक्री वितरण गर्दै आएको पाइएको हो । प्रहरी प्रशासनले ५ महिना अघि केही स्थानबाट मदिरा नियन्त्रण  प्रयास गरेपनि अहिले तदारुकता नदेखाउ“दा पुनः यस्तो कार्य हुदै आएको छ । पाच महिना अघि इलाका प्रहरी कार्यालयको सक्रियतामा बुटवल बसपार्कमा रहेका पसलहरुबाट मदिरा विक्री वितरण गरेको अवस्थामा केही व्यापारीहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको भएपनि पुनः व्यापारीहरुले सेकुवाको नाममा मदिरा विक्री वितरण गर्दै आएका छन् ।
बुटवलको बसपार्कमा साझको समयमा अझै पनि सेकुवा बेच्ने व्यापारीहरुले खुलेयाम रुपले मदिराको विक्री वितरण गरेको भेटिएपछि यस्तो रहस्य बाहिर आएको हो । सडक क्षेत्रभित्र व्यापार व्यवसाय गर्न नपाईने भन्दै ट्राफिक प्रहरीले ठेला व्यवसायीलाई हटाएपनि यसरी अबैध मदिराको विक्री गर्ने व्यवसायीलाई हटाउन तर्फ प्रहरीले सक्रियता देखाएको छैन् ।
सडक किनारमा साझको समयमा सवारी आवज जावतमा बाधा नपुग्ने गरी व्यवसाय सञ्चालन गर्न दिइएको भएपनि सडक किनारमा अबैध मदिरा विक्री वितरण गर्दा समेत प्रहरीले नियन्त्रणका लागि चासो देखाएको छैन । छेउको सडकबाट प्रहरीको सवारी हुइकिने भएपनि प्रहरीले देखेपनि नदेखेजस्तै गर्नु निकै लज्जास्पद भएको बुटवल १३ देवीनरका अर्जुन आचार्यले बताए । सवारी आवागमनलाई बाधा पार्ने गरी राखिएका ठेला तथा फुटपाथ पसल हटाइएकोमा धेरैले ट्राफिक प्रहरीको प्रशंसा गरेको भएपनि सडक किनारमै हुने अवैध मदिराको व्यापार भने अहिलेसम्म रोक्न नसक्दा प्रहरी आलोचित समेत हुन थालेका छन् । यस क्षेत्रमा भित्रीने अबैध घरेलु मदिरालाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा ल्याई नष्ट गर्ने गरेपनि प्रहरीकै अगाडि खुलेयाम रुपले मदिरा विक्री गर्दा समेत प्रहरी चनाखो नभएको अर्का स्थानीय नारायण लम्सालले बताए ।
बुटवलका विभिन्न स्थानमा यसैगरी ठेला तथा फुटपाथ पसल राखिएको स्थानमा सेकुवाको नाममा अवैध मदिराको व्यापार हुदै आएको छ । ‘सर्वसाधरण्ँहरुको मदिरा नियन्त्रण्ँमा लिई नष्ट गर्ने काम यही प्रहरीले गर्छ तर, सेकुवा बेच्नेहरुले प्रहरीकै आ“खा अगाडि धुवा उडाउदै अवैध मदिरा बेचिरहेका छन् तर पनि केही गर्दैन उनले भने ।’
हुन पनि अपरान्ह ५ बज्दैगर्दाबुटवलको बसपार्क अगाडिपट्टि दिनहु जसो धुवा  उड्दै मदिराको कारोवार हुने गर्दछ । यता व्यापारीहरुले भने आय आर्जनको अन्य कुनै स्रोत नभएपछि सेकुवाको व्यापार गर्नुपरेको बताउछन् । बसपार्कमा व्यापार गर्ने सबै व्यवसायीहरुले सेकुवासंगै मदिरा विक्री गर्छन् भन्न मिल्ने एक व्यवसायीले बताए । उनले यदाकदा कसैले सेकुवा मात्र पोल्ने गरेपनि धेरै जसो व्यवसायीले सेकुवा मात्र कसैले नखाइदिंदा मदिरा पनि संगै बेच्ने गरेको उनले बताए ।
बसपार्क Ôेत्रमा ट्राफिक प्रहरीदेखि मादक पदार्थ सेवन (मापसे) चेक गर्ने प्रहरीहरु हुन्छन् भने डिभिजन सडक कार्यालय परिसरमा सशस्त्र प्रहरीको सवारी साधन सधै पार्किङ हुन्छ । ईलाका प्रहरी कार्यालय, पश्चिम Ôेत्रीय ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका सवारीसाधन पनि बसपार्कको सडक हुदै कयौं पटक ओहोरदोहोर गर्छन् । तर कसैले पनि अहिलेसम्म यस्तो अवैध मदिराको व्यापार रोक्ने पहल अझै सम्म कसैले गर्न सकेको छैन । प्रहरीले केही समय अघि त्यस क्ष्ँेत्रबाट केही मदिरा नियन्त्रणमा ल्याई नष्ट गरेको भएपनि अहिले पुनः व्यवसायीहरुले खुल्याम रुपमा मदिरा विक्री गर्दै आएका छन् ।
ईलाका वन कार्यालय अगाडि रहने केही ठेलाहरु प्रहरीको निशानामा पर्ने गरेपनि सेकुवाको नाममा हुने अवैध मदिराको नियन्त्रण्ँमा कसैको ध्यान जान नसकेको स्थानीयको भनाइ छ । अवैध मदिराको कारोबार बसपार्कमा मात्र सीमित छैन । राजमार्ग चौराहाको प्रहरी विट आसपास, कालिकानगर, योगिकुटी, ट्राफिकचोक, गोलपार्क लगायतका सडक किनाराबाट हुदै आएको छ । बुटवलमा सेकुवाको आवरणमा एक सय बढी स्थानमा सडक किनारबाटै अवैध रुपमा मदिरा विक्री हुदै आएको छ । ‘रक्सी त सार्वजनिक स्थानमा बेच्नै पाइदैन । यसमा प्रहरीले कडाई गर्नुपर्छ ।’ स्थानीय विमला अर्यालले भनिन् प्रहरीले कडाई गरेमा यस्ता मदिराको व्यापार सजिलै रोक्न सक्छ ।’
 ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिनेश कुमार आचार्यले सडक क्षेत्रमा अबैध मदिरा विक्री वितरण हुने गरेको भए त्यस्ता व्यवसायीलाई कारबाही गरिने बताए ।
 ‘नियमसंगत रुपमा अबैध मदिरा विक्री वितरण गर्न पाईदैन, यदि त्यहा“ यस्तो भएको छ भने म हेर्छु ,उनले भने । उनले यदि अझै पनि त्यस्तो कारोवार भएको भेटिएमा कानुन अनुसार कारबाही गरिने बताए । उनले बसपार्क लगाएतका अन्य क्ष्ँेत्रमा पनि यसको नियन्त्रणका लागि आफु लागि पर्ने जानकारी दिए ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.