मापदण्ड विपरीत डिभाईडरमा अशोकका विरुवा

सडक कार्यालयले फूल रोप्ने तयारी गर्दै

 विकाश पराजुली


बुटवल, बैशाख २९ । निर्माणाधिन अवस्थामा रहेको बुटवलको ६ लेन सडकको बीचमा रहेको डिभाईडरमा एक गैर सरकारी संस्थाले मापदण्ड विपरीत अशोकका विरुवाहरु रोपेको छ । डिभिजन सडक कार्यालयसंग फुलका विरुवाहरु रोप्ने भन्दै मौखिक सहमति गरेको बायो सलुसन (एनजिओ) ले डिभाईडरको बीचमा अशोक नामको विरुवा रोपेको हो ।
डिभिजन सडक कार्यालयसं“ग फुलका विरुवा रोप्ने भनेपनि बायो सलुसनले अशोक नामको विरुवा रोप्दा समेत डिभिजन सडक कार्यालयले विरुवालाई त्यहा“बाट हटाउन अझैसम्म पहल गरेको छैन । बुटवलको राजमार्ग चौराहादेखि बसपार्कसम्म बायो सलुसनले अशोक नामको विरुवा डिभाइडरको बीचमा लगाएको छ । अशोक नामको विरुवा रोपेपछि बायो सलुसनले विरुवा संरक्षणका लागि राखेको बारमा सानो अंशमा आफ्नो प्रचार राख्न पाएपनि उसले आफ्नो प्रचार सामग्री नराखी बर्जर पेन्टलाई अनाधिकृत रुपमा प्रचार सामग्री राख्न दिएपछि डिभिजन सडक कार्यालय र पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बर्जर पेन्टका प्रचार सामग्री हटाएको थियो ।  बर्जर पेन्टका प्रचार सामग्री हटाएपछि पुनः राख्न पाउनुपर्छ भन्दै बायो सलुसनले डिभिजन सडक कार्यालयमा निवेदन समेत  दिएको बुझिएको छ । तर सडक कार्यालयले प्रचार सामग्री हटाएपनि अशोक नामको विरुवालाई त्यहा“बाट हटाउन अझै सकेको छैन् । कार्यालयले मापदण्ड विपरीत विरुवा रोपेको भन्दै अब विरुवा रोप्न उसलाई स्वीकृत नदिने बताएको छ । विरुवा रोपेपछि त्यसको संरक्षण र संबद्र्धन गर्ने जिम्मा स्वयको हुने भएपनि बायो सलुनसले विरुवा मात्र रोपेको र प्रचार गर्न मापदण्ड विपरीत बर्जरलाई दिएपछि बायो सलुसन र डिभिजन सडक कार्यालय बीच चिसो बढेको बताइएको छ । डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर धनिराम चौधरीले अब बायो सलुसनलाई विरुवा रोप्न र प्रचार सामग्री केही राख्न नदिने बताएका छन् । ‘फुलहरु रोप्ने भनेर मौखिक रोप्नुस भनियो पछि अशोक नामको विरुवा रोपे त्यो रोप्नु हु“दैन, प्रचार सामग्री पनि अनाधिकृत रुपमा बर्जरलाई दियो अब उसलाई दिदैनौ उनले भने ।’
अशोक नामको विरुवा डिभाईडरमा रोप्दा पछि ठूलो हुने र डिभाईडर समेत भत्कने गर्दछ । त्यस्तै विरुवा बढेपछि दुर्घटना पनि बढ्ने भन्दै सडकले अशोक नामको विरुवा रोप्न प्रतिबन्द लगाएको उनले बताए । अहिले रोपिराखेका विरुवाहरु धेरै सुकिसकेका छन् भने लगाइएको तार बार पनि ढली सकेका छन् ।
डिभिनज सडक कार्यालयले २ बर्ष अघि बायो सलुसनलाई डिभाइडरको बीचमा फूलहरु रोप्न भन्दै मौखिक सहमति गरेको थियो । पछि सहमति उल्टाउदै बायो सलुसनले आफू अनुकूल कार्य गरेपछि प्रचार सामग्री हटाइएको हो । डिभिजन सडक कार्यालयले अब बर्षा सुरु भएपछि डिभाईडरको बीचमा फूलका विरुवाहरु रोप्ने तयारी गरेको छ । डिभाईडरको बीचमा फूलहरु रोपी सडकलाई हराबरा बनाउने योजना सडक डिभिजनले लिएको छ । ‘अहिलेको समयमा फूलहरु रोप्दा सुक्ने डर हुन्छ, त्यसैले बर्षाको समयमा रोप्ने योजना बनाएका छौ, चौधरीले भने त्यसपछि बुटवलको मुहार फेरिनेछ ।’
सडकको डिभाईडरमा अहिले पनि गुप्ता नर्सरी लगायतका अन्य विभिन्न गैर सरकारी संघ संस्थाहरुले फूलका विरुवा रोप्ने भन्दै कार्यालयमा निवेदन दिएको कार्यालयले जनाएको छ । यस अघि  फूल रोप्न दिएको संस्थाले मापदण्ड विपरीत कार्य गरेपछि  अहिले डिभिजन सडक कार्यालयले बैठक बसी कस्ता फुलहरु रोप्ने दिने, कुन ठाउ“मा प्रचार सामग्री राख्न दिने भन्ने बारेमा निर्णय पछि मापदण्ड तयार गर्ने योजना बनाएको छ ।
डिभाईडरको बीचमा फुल रोप्नेले त्यसको संरक्षण र प्रबद्र्धन गर्नुपर्ने सडक कार्यालयले जनाएको छ ।
सहरको सुन्दरतालाई आकर्षण गर्न डिभाईडरमा लगाईने फुलहरुले पनि महत्वपूर्ण भुमिका खेल्ने विश्वास डिभिजन सडक कार्यालयले लिएको छ ।  त्यस्तै कार्यालयले सडक विस्तारको क्रममा हटाएका विरुवाको स्थानमा अन्य विरुवाहरु रोप्ने योजना समेत बनाएको बताइएको छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.