सार्वजनिक शौचालय फोहोर र दुर्गन्धित


 विकाश पराजुली


बुटवल, जेठ ६ । बुटवलमा रहेका सार्वजनिक शौचालयको उचित व्यवस्थापन नहु“दा फोहोर र दुर्गन्धित भएका छन् । व्यवस्थापनको जिम्मा पाएका निकायले रेखदेख र व्यवस्थापन नगर्दा सार्वजनिक शौचालय फोहोर र दुर्गन्धित भएका हुन् ।
बुटवल नगरपालिकाले केही शौचालयहरुलाई ठेक्कामा दिएको छ भने केही शौचालयहरु समुदायले रेखदेख  गर्दै आएका छन् । बुटवल नगरपालिकाले मासिक ४० हजार रुपैया“मा ठेक्का दिएको बुटवल बसपार्कमा रहेको सार्वजनिक शौचालयबाट फैलिएको दुर्गन्धले त्यस क्षेत्रमा स्थानीय एवं यात्रुहरुले निकै सास्ती पाएका छन् । ‘शौचालय वरिपरि नाक नथुनी उभिनैं सकि“दैन ।’ यात्रु समीक्षा पोख्रेलले भनिन् । ६ महिना अघि शौचालय मर्मत गरेको भएपनि पुनः अहिले त्यसको दुर्गन्ध वरिपरि फैलिएको छ । शौचालय भित्र प्रर्याप्त पानी, विजुलीको समेत व्यवस्था हुन सकेको छैन ।
बसपार्कको प्रवेशद्धारमा पुग्दा–नपुग्दै शौचालयको गन्ध जोकोहीले पनि महशुस गर्छन् । स्थानीयले शौचालयबाट फैलिएको दुर्गन्धले आफूहरु निकै पीडित भएको बताउ“छन् । गुल्मी टिकट काउन्टरमा भेटिएका तम्घास घर बताउने गोकुल रानाले शौचालयको दुर्गन्धले टिकट काट्ने बेलासम्म बस्न गाह्रो भएको बताए ।
‘शौचालयमा छिर्ने कुरा त परैको कुरा हो, यहा“ आउदा त यस्तो हुन्छ, न सफा हुन्छ न त पानीको व्यवस्था नै छ ।’ उनले भने । सार्वजनिक शौचालयमा पानी समेत राम्रोस“ग नभएको उनले बताए । शौच र दिशा गरे वापतको पैसा लिने गरेपनि उचित व्यवस्था हुन नसक्दा अहिले बसपार्क क्षेत्र पूरै दुर्गन्धित बनेको छ । बसपार्कको शौचालय पदम काउछाले नगरपालिकासंग मासिक शुल्क तिर्ने गरी ठेक्कामा लिएका हुन् ।
बुटवल नगरपालिकाका अधिकृत विजयदेव भुर्तेलले शौचालयको सरसफाई गर्ने काम ठेक्का लिने ठेकेदारको भएको बताए । ‘बसपार्कमा दुर्गन्ध धेरै फैलिएको छ, त्यसलाई व्यवस्थापन गर्ने ठेकेदारले हो, के भएको छ हामीले हेर्छौ ।’उनले भने–‘पहिले पनि यस्तै समस्या आएको थियो ।’ मानिसहरुको बढी भिडभाड हुने भएका कारणले पनि अन्य सार्वजनिक शौचालय भन्दा बुटवल बसपार्कमा रहेको शौचालय सबै भन्दा बढी फोहोर र  दुर्गन्धित भएको उनले बताए ।
शौचालयमा जा“दा महिलाहरुलाई त अझ झनै गाह्रो हुने गरेको अनिषा थापाले बताईन । ‘ शौचालयमा जान हामी जस्ता महिलालाई त झनै गाह्रो छ, सुरक्षित पनि छैन, शौच गर्न पनि गाह्रो छ’ उनले भनिन्—‘पैसा मात्र बढी लिने तर व्यवस्थापन भने नगर्नेलाई किन कारवाही हु“दैन?’ बुटवलको बसपार्क मात्र नभई राजमार्ग चौराहामा रहेको सार्वजनिक शौचालयको अवस्था पनि उस्तै रहेको छ । चौराहामा रहेको शौचालयमा पनि उचित व्यवस्थापन हुन नसक्दा मुख्य राजमार्ग नै दुर्गन्धित बन्दै गएको छ । 
शौचालयमा गएर शौच गर्ने समय सम्म पनि सर्वसाधरणहरुलाई मुस्किल पर्ने सर्वसाधारणहरु बताउ“छन् । बुटवल–१३ देविनगरका नारायण लम्सालले पैसा तिरेर शौच गर्दा पनि दुर्गन्धले सकस हुनु विडम्बना भएको बताए । ‘शौचालयमा शौच गर्न भन्दा दश रुपैयाको समोसा खाएर होटलमा जानै ठीक लाग्छ । शौचालयमा जान दुर्गन्धले गाह्रो छ ।’उनले भने ।
आम्दानी हात पार्ने नगरपालिकाले अवस्था कस्तो छ भनी अहिलेसम्म शौचालयको अवस्था हेरेको छैन । नगरपालिकाले वडा नं. १ गणेश स्थान माथि रहेको शौचालय समुदायले जिम्मा लिएको छ । त्यस्तै बुटवल ३ झोलुङे पुलको दा“या साईडमा रहेको शौचालय पनि समुदायले जिम्मा लिएको छ भने बा“या साईडमा रहेको शौचालय बन्द छ । मैनावगरमा रहेको शौचालय पनि समुदायले हेर्दै आएको छ । बुटवल नगरपालिकाले बसपार्क, चौराहा र हाटबजारमा रहेका शौचालयहरुलाई मात्र ठेक्कामा दिएको हो । बुटवल दीपनगरमा रहेको शौचालयबाट शौच बापत पैसा लिने सोही पैसा त्यसको रेखदेखको लागि खर्च गर्दै आएको छ । बसपार्कमा रहेको शौचालयबाट नगरपालिकाले मासिक ४० हजार रुपैया प्राप्त गर्छ । त्यस्तै हाटबजारमा रहेको शौचालयबाट मासिक ३ हजार ७ सय ५० र चौराहाबाट मासिक ३ हजार ५ सय रुपैया ठेकेदारस“ग लिदै आएको छ । नगरपालिकाले ठेक्का दिएपछि शौचालयको रेखदेख, व्यवस्थापन र सफा सुधर राख्ने जिम्मा ठेकेदारको भएपनि ठेकेदारले पैसा मात्र लिने तर सरसफाईमा भने ध्यान दिएको पाईदैन ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.