रुपन्देहीमा दैनिक लाखौं मूल्यको मासु खपत


७५ प्रतिशत मासुका लागि भारतबाट पशु आयात

 विकाश पराजुली


बुटवल, जेठ ११ । रुपन्देही जिल्लामा दैनिक लाखौं मूल्य बराबरको मासु खपत हु“दै आएको छ । पछिल्ला बर्षहरुमा मासुको खपत बढ्दै गएको व्यवसायीले जनाएको छ । हरेक वर्ष मासुको खपत २५ प्रतिशतले वृद्धि भैरहेको जनाइएको छ । जिल्लामा दैनिक १० लाख भन्दा बढी मूल्यको मासु खपत हुदै आएको व्यवसायीहरु बताउ“छन् । जिल्लामा खपत हुने मासुका लागि, विराटनगर, नेपालगञ्ज र भारत पशु आयात हुने गरेको छ ।
बजारमा कुखुरा मासुको बिक्री बढी छ । कुखुराको बजार नेपालले नै धानेको भएपनि खसी, र रा“गा भारतबाट आयात गर्ने गरिएको छ । अहिले रुपन्देही जिल्लामा दैनिक २० टन कुखुराको मासु मात्र खपत हु“दै आएको मासु व्यवसायी संघ रुपन्देहीले जनाएको छ । कुखुराको मासुको मूल्य हाल बजारमा प्रतिकेजी ३ सय ४० रुपैया“ रहेको छ । यसरी हेर्दा कुखुराको मासु मात्र दैनिक ६ लाख भन्दा बढीको खपत हुने देखिन्छ ।
त्यसैगरी जिल्लामा दैनिक ७ सय के.जी. खसीको मासु खपत हुने गरेको छ । जसको मूल्य दैनिक ४ लाख रुपैया“ भन्दा बढी पर्दछ । मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले खसीको मासुका लागि सबैभन्दा बढी भारतबाट खसी बोका आयात हुने गरेको बताए । ‘पहिले सबै खसी भारतबाट ल्याउनु पर्दथ्यो तर अहिले नेपालमा २५ प्रतिशत उत्पादन हुन्छ, त्यसैले भारतबाट ७५ प्रतिशत खसी ल्याउनुपर्र्छ ।’ उनले भने । पशुपालनका लागि मुख्यतः कामदारको समस्या छ । युवा पुस्ता दैनिक वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरह“दा यहा“ कामदारको समस्या भएकाले बाख्रापालन कम हुने गरेको पशुविद् डा. लक्ष्मण ढकालले बताए । त्यस्तै जिल्लामा रा“गा÷पाडाको मासु दैनिक १३ सय के.जी. खपत हु“दै आएको छ । जसको मुल्य २ लाख भन्दा बढी पर्न जान्छ । रा“गा पनि भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । जिल्लामा माछाको व्यापार पनि वृद्धि हु“दै आएको छ । दैनिक १५ सय के.जी. माछा रुपन्देही जिल्लामा खपत ह“ुदै आएको संघले जनाएको छ । माछामा नेपाल आत्मनिर्भर समेत बन्दै गएको छ । रुपन्देहीमा छपियाले माछाको धेरै मागलाई धानेको छ । केही अपुग माछा पोखरा बाट ल्याउने गरिएको व्यवसायीहरु बताउ“छन् ।
बंगुरको मासु पनि जिल्लामा करिब १ लाख भन्दा बढीको दैनिक खपत हु“दै आएको छ । बंगुरको मासु कुनै बेला बढी खपत हुने गरे पनि अहिले भने यसको खपत क्रमशः घट्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । बंगुरको मासुमा १० प्रतिशतले गिरावट आएको छ ।

यसैबीच मासु व्यवसायी संघ रुपन्देहीले विनादर्ता तथा न्युनतम मापदण्ड पनि पालना नगरी व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई दर्ता प्रक्रिया पूरा गरी  मापदण्डका साथ सञ्चालन गर्न अनुरोध गरेको छ । केही पसलले जोख्ने का“टा र काट्ने हतियार राखी पसल सञ्चालन गर्दा गुणस्तरहीन मासु बिक्री गरिएको भन्दै संघले विनादर्ता र मापदण्ड पालना नगरी सञ्चालन गरिएका व्यवसायीहरुलाई कारबाही गर्ने बताएको छ । जिल्ला पशु सेवा कार्यालयस“ग समन्वन गरी अटेर गर्ने व्यवसायीलाई कारबाही गरिने संघका अध्यक्ष पौडेलले जानकारी दिए ।
अहिले संघले जिल्लामा मासु पसलहरुको यकिङ तथ्याङ संकलन गर्ने कार्य गरिरहेको छ । जसबाट मापदण्ड पालना गरेका पसलहरुको संख्या, मापदण्ड पूरा नगरी सञ्चालन गरिएका पसलहरु र विनादर्ता सञ्चालन गरिएका पसलहरुको तथ्याङ निकालिने पौडेलको भनाइ छ । जिल्लामा करिव २ हजार भन्दा बढी मासु व्यवसायी छन् । त्यी मध्ये ५ सय व्यवसायीहरु वैध रुपमा सञ्चालन हु“दै आएका छन् भने बा“की अबैद्य रुपमा सञ्चालन हुदै आएका छन् ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.