दर्शक छैनन् दृष्टिविहीन क्रिकेटमा


 विकाश पराजुली

बुटवल, बैशाख १३ । जुन सुकै प्रतियोगितामा पनि दर्शकहरुको राम्रँे साथ पाउने खेलाडीहरुले दृष्टिविहीन क्रिकेट संघ लुम्बिनीको आयोजनामा बुटवलमा सुरु टी–२०क्षेत्रिय महिला दृष्टिविहीन  क्रिकेट प्रतियोगितामा भने खेलाडीले दर्शकको साथ पाउन सकेका छैनन् ।
शुक्रबार लुम्बिनी बाणिज्य क्याम्पसको खेल मैदान पुग्दा न  दर्शकहरु देखिन्थे न त खेलाडीहरुलाई सहयोग गर्ने स्वयसेवकहरु नैे । खेलाडीहरुले बल हान्दा न दर्शकहरुले हुटिङ गर्थे न त चौका र छक्का भन्ने आवाज नै सुनिथ्यो । सेता छमछमी बज्ने बलको साहारमा क्रिकेट खेल्दै गरेका खेलाडीहरु जबजब चौका प्रहार भयो भने बाहिरको बल ल्याउन आफै दौडनपर्ने बाध्यता थियो । सामान्य खेल मैदान भएकाले पनि खेलको रौनक नपाएजस्तो लाग्नु कुनै अस्वभाविक नभएपनि बाहिर गएको बल खेलाडी आफैले जनतन ल्याउने, खेलाडीलाई सित्तल छहारीमा बस्ने व्यवस्था नहुनु व्यवस्थापनको कमजोरी मानिएपनि सानो लगानीमा काठमाण्डौका दृष्टिविहीन खेलाडीहरुलाई रुपन्देही सम्म ल्याउनु र एक अर्का बीच प्रतिस्पर्धा गराउनु लुम्बिनी नेत्रहीन संघलाई कम चुनौती भने छैन् ।
स्थानीय निकायको केही सहयोगबाट गरिएको यस्तो प्रतियोगिता गर्दा खेलाडीहरुको क्षमतामा बृद्धि हुने भएपनि उनीहरुको हौसलाका लागि दर्शक नहु“दा खेलाडीहरु आफुहरुलाई समाजले हेर्ने दृष्टिकोणमा अझै पनि परिर्वतन नआएको बताउछन् ।
बलको वितमा आवाज आउने बस्तु जसले बल कहा“नेर आयो भने पत्ता लगाउन सकिने र त्यसैको मद्दतले बल हान्नु पक्कै पनि कमजोर कुरा होइन । आ“खा नदेख्दा अन्धकार बन्ने संसार आवजकै भरमा खेल खेल्नु कम चुनौती भने छैन् । बलिङ गर्दा बल घुमाएर मात्र फाल्न सक्दैनन् उनीहरु तर रेफ्रि र विकेट किपरको मद्दतले बललाई कुन दिशामा प्रहार गर्ने भन्ने उनीहरुलाई थाहा छ ।
बुटवलको गर्मी घट्ने क्रममा छैन, उल्टै बढ्ने क्रममा छ, विहाननैदेखि गर्मीले अत्ताउछ । तर गर्मीको प्रभाव नै नगरी खेलाडीहरु खेलका लागि तयार भएका हुन्छन् । आफ्नो क्लवको व्यानर भुइमा विच्छाएर खेलाडीले प्रहार गरेको बललाई आवाजको मद्दतले रन लिन सहयोग गर्ने उनीहरु खेल मैदानको किनारमा त्यसमा पनि धुलैमा बसेर सर्मथन गरेका देखिन्थे । खेलाडीले रन लिदा तथा राम्रो बलिङ गर्दा थपडी बजाएर साथीहरुलाई हौसला दिने उनीहरु भन्दा अरु कोही मैदानमा देखिदैनथे । यस्तोको बीचमा पनि खेलकुद प्रतियोगिता भने भएको छ । दृष्टिविहीनहरुको क्रिकेट क्लव गठन भएको धेरै समय भएको छैन । राष्ट्रिय टुर्नामेन्ट कमै भएपनि अन्तर्राष्ट्रिय प्रतियोगिता भने अझै भएको छैन् । लुम्बिनी दृष्टिविहीन क्रिकेट संघकी खेलाडी सिता दर्नालले  आफु जस्तै खेलाडीहरुले मज्जास“ंग क्रिकेट खेलेको र चौका र छक्का प्रहार गरेको देखेपछि क्रिकेट खेलतर्फ इच्छा जागेको बताईन ।  त्यस्तै बागमती दृष्टिविहीन क्रिकेट संघकी कप्तान सुनिता घिमिरेले राष्ट्रिय स्तरमा दृष्टिविहीनका ठुला प्रतियोगिताहरु आयोजना नहुदा दृष्टिविहीनहरुको क्षमता बढ्न नसकेको बताईन ।
अहिले सम्म २ वटा राष्ट्रिय स्तरको खेलमा सहभागी जनाईसकेको उनीहरुको टीम २०६९ सालबाट क्रिकेट खेल्न थालेका उनको भनाई छ । उता,  नेपाल नेत्रहीन क्रिकेट संघका केन्द्रीय अध्यÔ पवन घिमिरेले दृष्टिविहीन भएका खेलाडीहरुको पनि क्रिकेट एकेडेमी स्थापना गर्नुपर्ने  बताए । ‘सीमित साधन र स्रोतका भरमा प्रतियोगिता सञ्चालन गर्न ग्राहो हुन्छ उनले भने त्यसैले राज्यले यसलाई अन्य प्रतियोगिता जस्तै समान देखेमा दृष्टिविहीन क्रिकेट खेलाडीहरु पनि अगाडि बढ्न सक्छन् ।’
दृष्टिविहीन क्रिकेट खेल्दा खेलमा कम्तीमा पनि वि वान का (केही नदेख्ने) ४ जना हुनुपर्छ त्यस्तै वि थ्रि (२० मिटर सम्म देख्ने ) पनि कम्तीमा ४ जना खेलाडीहरु हुनुपर्छ त्यस बाहेक धेरै खेलाडीहरु हुनु हुदैन । दृष्टिविहीनहरु पनि कम छैनन भन्ने दरिलो आधारको रुपमा प्रस्तुत भएका यस्ता खेलाडीहरु कास्की, चितवन, लुम्बिनी, बागमती, बा“के र कञ्चनरपुरमा रहेका छन् । कञ्चनरपुरमा महिला टीम तयार भएको छैन भने बा“की सवै जिल्लामा पुरुष तथा महिला दुवैको टिम बनिसकेका छन् ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.