सडक निर्माण पूरा नहुदा पार्किङ योजना अलपत्र

 विकाश पराजुली

बुटवल, जेठ १२ । निर्माणधिन  बुटवलको ६ लेन सडक समयमा नै पुरा हुन नसक्दा यसको प्रभाव जहातही परेको छ । डिभिजन सडक कार्यालयले यही असार मसान्त सम्म सक्ने गरी कार्य अगाडि बढाएको भएपनि सडक निर्माण पुरा नहुने देखिएको छ ।
जसले गर्दा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरीले यस क्षेत्रमा पार्किङ समस्या हटाउन ल्याएको नया कार्ययोजना समेत प्रभावित भएको छ ।


बढ्दो शहरीकरणसंगै सवारी साधनका चाप पनि बढ्दै गएपछि बुटवल क्षेत्रमा पार्किङ समस्या दिनानु दिन बढ्दै गएको छ । दिनप्रतिदिन सवारी साधनको चाप बढ्दै गएकाले पार्किङ समस्यालाई दिर्घकालीन रुपमा समधान गर्न पार्किङ स्थल निर्माणका लागि नया“ कार्य योजना प्रहरीले ल्याएपनि सडक निर्माण पुरा नहुदा अलपत्र बनेको छ । अव्यवस्थित रुपमा पार्किङ गर्दा दुर्घटनाको सम्भावनासंगै पैदल यात्री एवं साना सवारीहरुलाई आवाज जावतमा कठिनाई भएको भन्दै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले पार्किङ स्थलको पहिचान गरी पार्किङ स्थल निर्माणका लागि नया कार्य योजना तयार गरेको भएपनि सडक निर्माण पुरा नभएपछि प्रहरीले सडक निर्माणको कार्य पुरा भएपछि योजनालाई अगाडि बढाउने बताएको छ ।
‘हामीले योजना अगाडि सारेका छौ तर सडक निर्माणको काम बाकी छ, काम बा“की हुदा हुदै योजना अगाडि बढाउदा त्यो प्रभावकारी हुन सक्दैन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी शुसिल कुमार यादवले भने । पार्किङ समस्या बुटवलको मुख्य समस्या जस्तै भएकाले आफुहरुले यो योजनालाई अगाडि बढाएको उनले बताए ।
प्रहरीले एक महिनामा पार्किङ स्थलको पहिचान गरी रेखाङकन कार्य गर्ने बताएपनि अहिले त्यो काम रोकिएको छ । पार्किङ स्थल बनेपछि मानिसहरुले तोकेको स्थानमा पार्किङ नगरे प्रहरीले जरिमाना समेत गर्नेछ । मोटरसाईकल, कार तथा अन्य सवारी साधनलाई प्रहरीले पार्किङ स्थलमा पार्किङ गर्न राख्नेछ । त्यस्तै रिक्सा पार्किङका लागि निश्चित स्थान तोकिदिने बताइएको छ । पार्किङ स्थल बनेपछि प्रहरीले अप्रेशन थाली चालकलाई जागरुक बनाउने छ । त्यस्तै ठुला सवारीको साधनको हकमा कार्यालय समय बाहेक अन्य समयमा लोड तथा अनलोड गर्ने व्यवस्था गरिने प्रहरीले जनाएको छ ।
बुटवलको गोलपार्क क्षेत्रमा सडक निर्माण पुरा नभएको, अमरपथमा सडक मर्मत नभएको र नेपालगञ्ज रोडमा पनि सडक निर्माण पुरा नभएकाले अहिले पार्किङ योजना अगाडि बस्न नसकेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीÔक ज्ञानु पाण्डेले बताए ।
राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्म मुख्य राजमार्गमा निर्माणको काम पुरा भएपनि एकै पटक काम गर्दा सजिलो हुने र पटक–पटक यसो गर्दा कार्यान्वयमा समेत ग्राहो पर्ने भएकाले सवै क्षेत्रमा कार्यान्वयन हुने गरी योजनालाई अगाडि बढाइने उनको भनाई छ । त्यस्तै प्रहरीले मुख्य राजमार्ग बाहेक सहायक राजमार्गको खुल्ला स्थानमा पार्किङ स्थल बनाउने योजना राखेको छ ।अहिले बुटवलमा मुख्य राजमार्गको सडक किनार मै पार्किङ भइरहेको छ । पार्किङको समस्या बढ्दै गएपछि नगरपालिकाले समेत घरको नक्सा पास गर्दा सवारी पार्किङ स्थल भएमा मात्र पास गर्दै आएको छ ।
पार्किङ स्थलको पहिचान भएपछि दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ । अहिले बुटवलको मिलनचोक, चौराहा, अस्पताललाईन, ट्राफिक चोक, अमरपथ, हाटबजार क्षेत्रमा पार्किङको मुख्य समस्या रहेको छ ।
प्रहरीले अव्यवस्थित फुटपाथ भत्काएर सडक फराकिलो बनाए पनि सडकको पार्किङ भने हटाउन सकेको छैन । बुटवलको अस्पतालाईन र ट्राफिक चोकमा अस्तव्यस्त पार्किङले सवारी आवाज जावतमा समस्या परेको प्रहरी स्वयम बताउछ ।  पार्किङ स्थल लेखेको स्थानमा पार्किङ नगरी प्रायले अव्यवस्थित रुपमा पार्किङ गर्ने गरेका छन् ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.