लाइसेन्स वितरण फेरि अन्यौलमा
विकाश पराजुली
बुटवल, जेठ १५ ।
मोटरसाईकलको चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन खुला भएको दुई महिना पछि पुनः वितरण अन्यौलमा परेको छ ।
यातायात व्यवस्था विभागको लामो प्रयासपछि यातायात व्यवस्था कार्यालय लुम्बिनीले लाइसेन्स वितरण सुरु गरेको थियो । तर अहिले कार र मोटरसाइकलको ट्रायल एकै पटक सञ्चालन गर्न मिल्ने गरी ट्रायल सेन्टरमा पूर्वाधार निर्माणको काम अगाडि बढाइएकाले लाइसेन्स वितरण अन्यौलमा परेको कार्यालयले जनाएको छ । त्यस बाहेक कार्यालय प्रमुख नहदा पनि समस्या थपिएको हो ।
यातायात व्यवस्था विभागको लामो प्रयासपछि यातायात व्यवस्था कार्यालय लुम्बिनीले लाइसेन्स वितरण सुरु गरेको थियो । तर अहिले कार र मोटरसाइकलको ट्रायल एकै पटक सञ्चालन गर्न मिल्ने गरी ट्रायल सेन्टरमा पूर्वाधार निर्माणको काम अगाडि बढाइएकाले लाइसेन्स वितरण अन्यौलमा परेको कार्यालयले जनाएको छ । त्यस बाहेक कार्यालय प्रमुख नहदा पनि समस्या थपिएको हो ।
दुई महिना अघि आएका कार्यालय प्रमुख लेखनाथ ज्ञवाली मन्त्रालयमा सरुवा भएपछि अहिले कार्यालय प्रमुखविहीन छ । जसले गर्दा अन्य काम कारवाही पनि प्रभावित भएको कर्मचारीहरु बताउ“छन् ।
आवेदन फाराम बन्द भएको ८ महिना पछि बुटवलमा खुलेको ट्रायल परीक्षा अब कहिले हुन्छ भन्न नसकिने कार्यालयका शाखा अधिकृत बालकृष्ण हुमागाईले बताए । ‘पहिले पुर्वाधार निर्माण पूरा भएको मोटरसाईकल ट्रायल स्थान अहिले भत्काइएको छ । त्यसैको नजिक कारको पनि ट्रायल सेन्टर बनाउने हो ।’ उनले भने, ‘कहिले बन्छ र आवेदन खुल्छ यसै भन्न सकिन्न ।’ पहिले निर्माण भएको मोटरसाईकलको ट्रायल सेन्टरको दाया“ साईडमा पुनः निर्माण कार्य अगाडि बढाइएको हो । कार्यालयले एक महिना पुगिसक्दा पनि यस बारेमा सेवाग्राहीलाई कुनै सूचना दिएको छैन ।
अब नया“ मापदण्ड अनुसार ट्रायल सेन्टर बनेपछि विभागबाट स्वीकृत लिएपछि मात्र ट्रायल सञ्चालन गरिने उनले जनाए । ट्रायल सेन्टर निर्माणपछि विभागबाट अनुगमन र स्वीकृत लिनुपर्ने छ । दुई पटकसम्म मोटरसाईकलको लाइसेन्स नया“ पूर्वाधार निर्माण पछि वितरण गरेको यातायात कार्यालयले अब कारको ट्रायल सेन्टर निर्माण पछि एक पटक कारको र एक पटक मोटरसाईकलको आवेदन खुल्ला गर्ने बताएको छ । तर ठुला सवारी साधनको भने आवेदन अनिश्चित छ ।
यातायात व्यवस्था विभागले स्थानीय निकायस“ग समन्वय गरी ‘ट्रायल’ का लागि पुर्वाधार निर्माण्ँ गर्ने भनेपनि ड्राईभिङ स्कुल संघले बुटवल नगरपालिकास“ग जग्गा लिजमा लिई पुर्वाधार निर्माण्ँ गर्न लागेको हो ।
यसैबीच यातायात व्यवस्था कार्यालय लुम्बिनीमा लाईसेन्सको नविकरणका लागि धेरै समय खर्चिनु परेको सेवाग्राहीले गुनासो छन् ।
मंगलबार यातायात व्यवस्था कार्यालय लुम्बिनीमा यो संवाददाता पुग्दा सेवाग्राहीले लाईसेन्स नविकरणका लागि बढी समय खर्चिनुपरेको भन्दै गुनासो पोखे । गुल्मी चारपालाबाट लाईसेन्स नविकरणका लागि आएका अर्जुन मगरले विहान १० बजे आएपनि विभिन्न कारण देखाउदै कार्यालयले छिटो छरितो रुपमा सेवा नदिएको गुनासो गरे । कार्यालयका शाखा अधिकृत हुमागाईले सफ्टवेयरको माध्यमबाट काम गर्नुपरेकाले केही ढिलो हुने गरेको स्वीकार गरे । अन्य यातायात व्यवस्था कार्यालयहरुले दुई दिन लगाएर लाईसेन्स दिएको भएपनि आफुहरुले एकै दिनमैं लाईसेन्स वितरण गर्ने गरेको उनको भनाइ छ ।
उनले राजश्वमा लाईनमा बस्नुपर्ने, कार्ड प्रिन्ट र स्टीकर टास प्रक्रिया नैं लामो भएकाले केही समय लागेको बताए । अहिले कार्यालयले दैनिक २ सय जनाको लाईसेन्स नवीकरण गर्दै आइरहेको छ ।
0 comments